Wednesday, January 13, 2010

टेलिफोन शिष्टता

पेशागत कामको सिलसिलामा एकजना मित्रलाई टेलिफोन गरें दुई तीन घण्टी पश्चात नै टेलिफोन उठ्यो महिलाको स्वरले हेलो भन्यो मैले यतावाट भने फलानो अफिसबाट नवराज खतिवडा बोल्दैछु, कृपया फलानो सरलाई पाउन सकेसम्म टेलिफोनगर्दा सबैभन्दा पहिला मेरो परिचय दिने गर्छु यसमा दुईवटा फाइदाहरु हुन्छन् पहिलो टेलिफोन उठाउने मान्छेले मलाई तपाइँ कहाँ बाट को बोल्नु भएको भनेर सोध्दैन उसंग मेरो कम समयमात्र अलमल हुन्छ खोजेको मान्छेसंग सहजै सर्म्पर्क हुन्छ दोस्रो यसले टेलिफोन उठाउने व्यक्तिलाई मनोवैज्ञानिक तवरमा एउटा निश्चिन्तता प्रदान गर्दछ उसले मेरो कुराकानीलाई गम्भिर प्रकृतिको दर्जामा राख्छ प्राथमिकता पनि दिन्छ मेरो यस्तो मान्यता विपरित ती महिला टेलिफोनमा खित्का छोडेर हाँसिन मेरो टेलिफोनको कुराकानीको इतिहासमा यो एकदमै अनौठो कुरा भयो मैले ती महिला हाँसेको कारण जान्न चाहेँ, उनले भनिन् तपाईले पहिलानै आफ्नो नाम ठेगाना भनेको हुनाले अचम्म लागेर हाँसेकी । हेलो भन्नासाथ दिइएको मेरो परिचयले उनलाई मलाइ उनी हाँसेकोमा अनौठो लागे जस्तै अचम्म लागेछ

केही दिन अगाडिको अर्को घटना हो, एक जना जापानी मित्रसंग हामीले नेपालमा अत्याधुनिक सरसामानको आयात गरेका छौ तर ती सामानहरुको समुचित प्रयोग गर्ने तौरतरिका अर्थात स्थानिय वातावरण सुहाउँदो सफ्टवेयरको सिर्जना गर्ननसकेको बारेमा छलफल हुँदा मैले टेलिफोनको उदाहरण दिएको थिएँ अधिकांश टेलिफोनकर्ताको मुलभुत उदेश्य आफ्नो कुरा टेलिफोन उठाउने मान्छेले छोटो समयमा स्पष्ट बुझोस भन्ने हुन्छ ब्यापारिक हिसाबमा वार्तालापले आफनो कुराको सकारात्मक नतिजा ल्याओस भन्ने हुन्छ तर टेलिफोनमा सभ्य शिष्ट तरिकाले कसरी कुरा गर्ने भन्नेबारे दुर संचारले कुनै शिक्षा दिन्छ, बिद्यालयमा नै यो सिकाइन्छ, घरमानै यस प्रकारको चेतना प्रदान गरिन्छ धेरैजसो टेलिफोन गर्ने मान्छेले आफ्नो परिचय दिनु कता हो कता उल्टै टेलिफोन उठाउने मान्छेलाई तपाइँ को बोल्नु भएको भनेर प्रश्न गर्छ एक पटक यस्तै भयो, मेरो घरमा कसैले फोन गर्यो भन्यो तपाईँ को बोल्नु भएको मैले आफ्नो नामको बदलामा प्रतिप्रश्न राखेँ तपाईले कसलाई खोज्नु भएको तर उसले पुनः आफ्नो प्रश्न दोहोर्यायो त्यसपछि मैले नम्र भएर भने रहेर्नुहोस टेलिफोन तपाईले गर्नु भएको हो, यसकारण सामान्य सिद्धान्त अनुसार सबैभन्दा पहिला तपाइँको कर्तव्य तपाइँको परिचय दिनु हुन आउँछ मैले यति भने पछि उसले लाइन काट्यो टेलिफोन उठाए पश्चात पटक पटक सुनिने अर्को चलनचल्तिको वाक्य रयो कहाँ पर्यो हो आक्कल झुक्कल अलमलिएर यसो भन्नु सामान्य हो तर अधिकांश फोनहरुको वार्तालाप यसरी शुरु हुनु असामान्यनै हो मलाई फोन गर्ने व्यक्तिले रयो कहाँ पर्यो भन्नासाथ त्यो व्यक्तिलाई फोन वार्तालापको सामान्य सिद्धान्त थाहा नभएका मान्छेहरुको समुहमा राखिहाल्छु दोस्रो फोन कहाँ गरेँ भन्ने पनि निधो गर्न नसक्ने व्यक्ति व्यावहारिक आत्मविश्वासको हिसावमा अति कमजोर दर्जामा पर्छ भन्ने निर्क्यौल पनि निकाल्न सकिन्छ कतिपय संवादहरुमा टेलिफोनकर्ताले हेलो पश्चात प्रश्न गर्छ चिन्नु भयो मलाई नकारात्मक जवाफ पाएमा के सम्झनुहुन्थ्यो मलाइ भनेर गनगन गर्न शुरु गर्छ

टेलिफोनमा कसरी कुरा गर्ने भन्ने देखि लिएर बिहान सबेरै वा राती अबेर कसैको घरमा फोन गर्नु हुदैन भन्ने कुराको विकसित जापानी समाजमा राम्रो चेतना राती अबेर कसैको फोन आएमा पक्का पनि कुनै अत्यन्त जरुरी काम परेको सम्झन्छ, फोन उठाउने मान्छेले फोन गर्नेले पनि सबैभन्दा पहिला आफ्नो परिचय दिन्छ आफूले राती अबेर कुरा गर्नु परेकोमा माफी माग्छ अनि मात्र भद्र भाषामा कामको कुरा गर्छ

मेरो हालको पेशा कलेजमा पढाउनु हो मेरा बिद्यार्थीको कहिलेकहि राती वजे कहिलेकहि विहान बजे तिर फोन आँउछ टेलिफोन गर्नुपर्ने कारण बिद्यार्थीको व्यक्तिगत विषय हुन्छ कसै कसैले कार्यालय सम्बन्धित कुरा पनि घरमा गरेमा बढि प्रभावकारी हुने मान्यता राखेको पाएको छु कसै कसैले कार्यालय सम्बन्धित कामको लागि पनि तपाईको आवासको फोन नम्बर पाउन भनेर सहजै भन्छन् यी सबै उदाहरणहरुसंग गासिएको बिषय भनेको कुन संयन्त्र या सुविधाको कसरी प्रयोग गर्ने भन्ने शिक्षाको अभाव हो टेलिफोन हामीसंग भएको धेरै भएको छैन् यसलाई सभ्य तरिकाले कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुरा कहि कहि बाट सिक्नु जरुरी टेलिफोन गर्ने मान्छेको कर्तव्य सबैभन्दा पहिला अभिवादनको कुनै शब्दवाट शुरु गरेर आफ्नो परिचय दिनु हुन आउंछ लामो कुरा गर्नु पर्ने भए सम्वन्धित मान्छेसंग सम्पर्क भए पछि संग समय भए नभएको यकिन गर्नु जरुरी हुन आँउछ सकेसम्म राती अबेर बिहान सबेरै कसैको घरमा फोन गर्नु उपर्युक्त हुदैन् गर्नै परे पनि सबैभन्दा पहिला अबेर फोन गर्नु परेकोमा क्षमा याचना गर्दै छोटो सान्दर्भिक कुरा गर्नु उचित हुन आउँछ

मेरा अर्का एक इन्जिनियर मित्र हुनुहुन्छ, समसामयिक विषयहरुको वार्तालापको सिलसिलामा एक पटक वहाँले भन्नु भयो रकुन समाज कति विकसित भन्ने कुरालाई मेरो कारणले अरुलाई कुनै व्यावधान उत्पन्न हुने हो कि भन्ने बिषयमा मान्छेहरु कति संबेदनशिल छन् भन्ने कुराले नाप्न सकिन्छ मैले टेलिफोनको यो विषयमा पनि एक व्यक्तिको अर्कोसंग सर्म्पर्क हुँदा को संवेदनशिलता लागु हुने देखेको छु

हुन हाम्रो समाजमा मैले गरेको सोर्है आना ठीक मेरो भलोमा मात्र चिन्तित हुनु जरुरी भन्ने मान्यता विकसित भइरहेको यसरी हेर्दा समाजमा मौलाइरहेको मान्यता प्रतिको मेरो दृष्टिकोण विद्वान मित्रको टिप्पणिमा समानता पाउँछु टेलिफोनसंग सम्बन्धित मेरो अर्को अनुभव पनि यहाँ उल्लेख गरौं एउटा व्यावसायिक सन्चार सेवामा लाइनमा थिएँ एक जना महानुभाव कतै टेलिफोन गर्दै थिए उनको सर्म्पर्क हुन सकेन, बदलामा कम्प्युटरले तपार्इँले डायल गरेको नम्वर मिलेन भनेको सुनियो उनले प्रतिक्रिया जनाए रहे प्रभु मसंग भएको नम्बर यही हो, मैले अर्को नम्बर कहांबाट ल्याउँ। र हामी तिर हेर्दै उनले दुरसन्चारको कम्प्युटर ब्रिग्रिएर त्यसो भएको अनुमान लगाए पछि थाहा भयो ति माहानुभावले नम्बरनै गलत डायल गरेका रहेछन् यस्ता विषयहरु धेरै छन् जहाँ एक व्यक्तिले अर्को व्यक्तिलाई कसरी व्यबहार गर्ने भन्ने कुराले महत्वपर्ण भूमिका खेलेको हुन्छ अझ त्यसमा पनि टेलिफोन, इमेल जस्ता अत्याधुनिक सुविधाहरुको उपयोग कसरी गर्दा उचित हुन्छ भन्ने विषयमा चेतना कतै कतैवाट आउनु जरुरी देखिन्छ

२००६-११-१४ काठमाण्डौ

Friday, January 8, 2010

जलेको टायर र बल्न नसकेको नेतृत्व

"ए! तल झर । यो चटकी बन्द गर । टायर बाल्न मान्छे भेला भएको मौका छोपेर चटकी देखाउन पाईदैन ।"

सवारी साधन नचलेको बुझेपछी म कोटेश्वरबाट पैदल कार्यालय आउदै थिएं । एउटा अनुसन्धान परियोजनाको प्रतिवेदन दुई दिन पछि जापान पठाउनै पर्ने अनिवार्यताले मलाई सताएको थियो । बाल कुमारीमा टायर बलेको रमिता छोडेर चटकको आनन्द लिईरहेको हुलको केन्द्रबिन्दुमा दुई अग्ला घोचामा उभिएका चटकीलाई कुनै हुल–पात्रले दिएको आदेश थियो त्यो । बालकुमारी पुल पुग्नु अघि मोटर साईकलमा कोटेश्लरतिर बाट आईरहेका एक दम्पतीलाई हुल–पात्रहरुले रोकेर अघि नबढ्न धम्की दिए । सवारी चलाईरहेका पुरुषले परिचय पत्र देखाए । त्यसको कुनै असर देखिएन् । साईकलमा एक भारी पानीका जार बोकेर बालकुमारीतिर लागेको एउटा नवयुवकले झण्डै पिटाई खायो । त्यो जमातमा कुनै विज्ञानले काम गरेको देखिएन् न त कुनै सर्वमान्य सिद्धान्तको नै पालना भएको ।

बलेको टायरबाट निस्केको अत्यन्तै बिषालु ग्यासको विचहुदै चक्रपथ छोडेर म बालकुमारी बाट मंगलबजार निस्कने दाहिने सडकतर्फ लागें । मेरो वातावरण विधाको अध्ययन अनुसन्धानको ज्ञान र कार्यानुभवलाई बिषालु ग्यासको मुस्लोले हास्य पात्र बनाएको थियो । जानाजानी वीच सडकमा टायरको थुप्रोमा बलेको आगो तापेर रमाएको जमात देखेर म स्तब्ध भएको थिएं । आजको यो अकस्मात उब्जिएको टायर बाल्ने कालो दिन, यसले खोसेको चटकीको कमाई गर्ने दाउ लगाएतका अन्य विषय र यो दिन सिर्जना हुनुका पछि रहेका कारक निर्णयहरु र ती निर्णय गर्ने समाजका अगुवाहरुका बारेमा विभिन्न भावनाहरु मेरो दिमागमा अविरल बग्न थाले ।

नेपाल जस्तै आर्थिक रुपले विपन्न अफ्रिकी मुलुक घानामा भोलिका समाजका अगुवा अर्थात नेताहरुलाई शिक्षा र तालिम दिन खोलिएको एउटा मानविकी विषय पढाईने विश्वविद्यालयको बारेमा जानकारी दिन केही समय अघि तयार पारिएको भिडियोको सम्झना ताजा भएर आयो । त्यसमा भनिएको छ: समाजमा देखिएका हरेक समस्याका तीनवटा कारण छन्–भ्रष्टाचार, कमजोर संस्थागत संरचना र ती व्यक्तिहरु जो सरकारी निकाय वा अन्य संस्थाहरुमा पदासिन छन् । यसमा सबैभन्दा पछिल्लो कारण अतिनै महत्वको छ किनभने सरकारी निकाय वा अन्य संस्थाहरुमा पदासिन सम्भ्रान्त व्यक्तिहरुले लिएका असामान्य र विस्मयकारी ढगंका खराव निर्णयहरुको कारणनै आज हाम्रो मुलुकको सामाजिक, आर्थिक र राजनैतिक अवस्था पूर्ण रुपले ध्वस्त हुने विन्दुको नजिक पुगेको छ ।

नेपालको सन्दर्भमा माथिको प्रसंग कति नजिक छ त्यसको विश्लेषण गर्ने जिम्मा म पाठकलाईनै छोड्दछु । मेरो चिन्ताको विषय भनेको नेतृत्व अर्थात अगुवाइको हो । अहिलेका निर्णयकर्ताहरु समाजका अगुवा अर्थात नेतृत्व पङ्क्तिमा उभिएका व्यक्तिहरु हुन । मैले यंहा उल्लेख गर्न खोजेको राजनैतिक नेतृत्व मात्र होईन् । सरकारी वा गैरसरकारी निकायका कर्मचारी, डाक्टर, ईन्जिनियर, वकिल, पत्रकार आदि पनि समाजको यो सभ्रान्त वर्गमा पर्छ जो आफ्ना समकालिनहरुको भीडको लगभग पांच प्रतिशतको प्रतिनिधित्व गर्दछ । जसले आज आफ्नो कार्यकक्षमा बसेर लिएको निर्णयले या त मुलुक उन्नति तिर एक पाईला अघि बढ्छ या मुलुकलाई एक अंश पीडा थप्दछ । ईन्धनको पटक पटक बृद्धि गरिएको मुल्य खराब निर्णयमा नपर्नु पर्ने यथेष्ठ कारणहरु निर्णय गर्ने अधिकारीहरुका कार्यकक्षमा उपलब्ध फायलमा लिपिबद्ध होलान्। कुनै संवेदनसिल निर्णयको जनमानसबाट कस्तो प्रतिकृया आउछ र त्यसको सामना कसरी गर्ने भन्ने पुर्वतयारी नभएको अराजक भीडले बालेका टायरहरु र छेवैमा बसेका मुकदर्शक प्रहरीहरुले संकेत गरेको देखियो । टायर बाल्ने जमातको नेतृत्व या त चिया पसलमा दिनहु विना काम हल्लिरहेका वा निर्जन ठाउ तिर भौतारिरहने युवाहरुले गरेको पाईयो । माथि उल्लेखित पांच प्रतिशत संभ्रान्तको कुनै अशं त्यहा देखिएन् । ईन्धनको मूल्य बृद्धि गर्ने अधिकारीहरुले प्रतिकृयाको सामना गर्ने व्यवस्थापनको न त कुनै झलक त्यहां देखियो । न त भोलिको नेपालमा यसरी सरकारी निर्णयको अग्निदाह हुदा विकराल परिस्थिति सिर्जना हुन सक्छ भनेर पुर्व सावधानी स्वरुप टायर नबाली विरोधका मैत्रीपुर्ण गतिविधी सन्चालन गर्न तम्सिएका कुनै राजनैतिक नेता नै । यसैले यसरी राजनैतिक र सामाजिक पूंजीले भरिपूर्ण एजेण्डाहरुको अग्नि दाह भैरहदा पनि बल्न नसकेको नेतृत्वले नेपालमा अगुवा हुनको लागि अथाह अवसर छ भन्ने कुरालाई ईगित गर्दैन त ? अवश्य पनि गर्दछ । दश या बीस बर्ष पछि राजनैतिक या गैर राजनैतिक नेतृत्व लिने र नेपाली समाजमा देखिएका कसिंगरहरु बढार्ने द्रृढ अठोट भएका अगुवाहरुको सिर्जना गर्नका लागि आजका युवाहरुलाई सहि तालिम र शिक्षा दिन जरुरी छ । नेपालमा नेतृत्व लिनका लागि र काम गर्नका लागि अथाह अवसरहरु विद्दमान छन भन्ने कुराको अनुभुति दिलाउनु आजको आवश्यकता हो । नेतृत्व लिएर लाखौ मानिसहरुको दिनचर्यामा परिवर्तन ल्याउन सक्ने एउटा निर्णय लिनु सक्नु भनेको असामान्य कुरा हो । आजका युवाहरुलाई यस दिशामा निर्देशित गर्न पहल भए भोलिको परिकल्पना गरिएको नया नेपालमा चुनौतिहरुको सामना गर्ने अगुवाहरुको अभाव हुने छैन भन्ने बिषयमा दुई मत नहोला ।

नोभेम्बर १९, २००८ (लेखक नेपाल विकास अनुसन्धान प्रतिष्ठानसंग आबद्भ छन् ।)