Wednesday, April 26, 2017

कुलपतिज्यू, आज पनि पढाई भएन



यो अशुभ समाचार सार्वजनिक गर्दा मलाई निको लागेको छैन तर यो सत्य हो, सम्माननीय कुलपतिज्यू !आज पनि विश्वविद्यालयमा पढाइ भएन । हजारौं विद्यार्थीले घाम तापेर समय कटाए । केहीले चौरमा रुमाल लुकाइ खेले । केही सिनेमाहलतिर लागे । केही दिँउसै घर पुगे र मलिन अनुहार लगाएका अभिभावकहरूको एउटा अर्को अनियमित प्रश्नको उत्तर फेरि एकपटक यसरी दिएआज विश्वविद्यालयमा तालाबन्दी भयो, पढाइ भएन । 

आफूले जीवनभर पसिना बगाएर कमाएको सम्पत्तिले तिरेको आफ्ना सन्तानको पढाइ शुल्क बालुवामा पानीसरह खेर गएको आफ्नै आँखा अघि देखेर हजारौं अभिभावकको मन फेरि एकपटक कुँडियो । आफ्ना छोराछोरीको उज्ज्वल भविष्यको कल्पनामा डुबेका उनीहलाई एक पटक फेरि ठेस लागेको अनुभूति भयो ।    

शिक्षक नआएर होइन । कर्मचारी नआएर पनि होइन । विद्यार्थी पनि आएकै थिए । कक्षा कोठा वा अन्य सुविधाको अभावले पनि होइन । आज कुनै सार्वजनिक बिदा पनि थिएन । भूकम्पजस्तो कुनै प्राकृतिक विपद आएको पनि होइन तर पनि विश्वविद्यालय बन्द भयो । यसरी विगत केही महिनामा पटकपटक कहिले पूरै दिन त कहिले आंशिकरूपमा विश्वविद्यालय बन्द भएको छ ।  पछिल्लो पटक लगातार एकसाताभन्दा बढी विश्वविद्यालय ठप्प भएको छ ।    

किन बन्द हुन्छ त यसरी विश्वविद्यालय

आकस्मिकरूपमा विश्वविद्यालय या कलेजहरू बन्द हुने केही कारण छन् । यसमध्ये एउटा होराजनीतिक संगठनहरूको बन्द आहृवान ।  विगतमा बन्द र हड्तालको मारमा सबैभन्दा धेरै शैक्षिक संस्था नै परेका छन् । कुनै राजनीतिक संगठनले आफ्नो अभिष्ट पूरा गर्न भोलिपल्ट बन्दको आहृवान गरेको अपुष्ट समाचार अघिल्लो दिन सञ्चार माध्यममा सार्वजनिक हुन्छ । अब भोलि के हुने हो भन्ने अन्योल पठनपाठनसँग सम्बन्धित सरोकारवालामाझ सिर्जना हुन्छ । भोलि विश्वविद्यालय लाग्छ कि लाग्दैन ?’ कसैले भन्न सक्दैन । विश्वविद्यालयको प्रशासन हेर्ने विशिष्ट पदाधिकारीहरू समेत यस्तो बेलामा मोवाइल फोन स्वीच अफ गरेर बस्छन् । उनीहरू बन्दको प्रतिकार गर्ने त परै जाओस्, कुनै वैकल्पिक उपायबाट पठनपाठन कायम राख्ने रणनीति बनाउन समेत अक्षम हुन्छन् । इन्टरनेटमार्फत खुला विश्वविद्यालय समेत सञ्चालन भएको यो समयमा पठनपाठनका वैकल्पिक उपायहरू अवलम्बन गर्नु कुनै चामत्कारिक काम होइन तर यस्तो हुँदैन । पदाधिकारीहरू  जडताको शिकार हुन पुग्छन् । भोलिपल्ट अनिश्चयको बन्दी भएर विद्यार्थीहरू बस स्टपमा पुग्छन् । बस आए चढ्छन्, नआए घर फर्किन्छन् । यसरी बस चालकले वा सडकले निर्णय लिन्छआज बस चल्दैन, यसैले विश्वविद्यालय लाग्दैन । 

पद र हैसियतको वर्णानुक्रममा पुछारका ती कनिष्ट कर्मचारीले गरेको निर्णय सिरानतिर सर्दै जान्छ । यथार्थमा विश्वविद्यालय लाग्दैन । कक्षाकोठाहरू रित्ता हुन्छन् । प्रयोगशालाहरू निर्जनस्थलमा परिणत हुन्छन् । विद्यार्थी, शिक्षक र कर्मचारीको हजारौं व्यक्तिघण्टा बेकाममा नाश हुन्छ । यसरी अकर्मण्यताको जगेर्ना हुन्छ जसले मुलुक र समाजलाई फेरि एकपटक केही बित्तापछि धकेल्छ । 

बन्दको दोस्रो कारण स्थानीय बासिन्दाको स्वार्थ र विश्वविद्यालयबाट अनावश्यक लाभ लिने प्रवृत्ति हो । स्थानीयले सोचेकोजस्तो नहुँदा र विश्वविद्यालयले पनि सर्वमान्य सिद्धान्तमा आधारित निर्णय लिन नसक्दा यी दुई पक्षबीचको विवादले उग्ररूप लिनपुग्छ । स्थानीयका नातेदार र सन्तानलाई विश्वविद्यालयले रोजगारी दिनुपर्ने, परिसरको पर्खाल निर्माण गर्दा स्थानीयलाई लाभ हुनुपर्ने, राजमार्ग र विश्वविद्यालय परिसरलाई जोड्ने सडकको चौडाइ बढाउन नहुने, स्थानीयका चियापसल छेउमा बसबाट यात्रु चढ्ने ओराल्ने गर्नुपर्नेजस्ता माग र शर्तहरू स्थानीयवासीले राख्दै आएका छन् । यस्ता माग पूरा गर्ने उद्देश्यले  तालाबन्दी गर्ने, सडकमा बस चल्न नदिने आदि हुने गरेको छ ।    

तेस्रो, आपराधिक गतिविधिले विश्वविद्यालयमा प्रवेश पाउनु पनि बन्द र हड्तालको कारक रहेको छ । उदाहरणका लागि विश्वविद्यालयका वरिष्ठ पदाधिकारीको कार्यालय तोडफोड गर्ने लठैतहरूको समूहमध्येको अभियुक्तलाई फौजदारी अभियोगमा प्रहरीले थुनामा राख्छ । लगत्तैअभियुक्तको रिहाइका लागि बाहृय शक्तिको आडमा विश्वविद्यालयमा तालाबन्दी हुन्छ । विश्वविद्यालय प्रशासन राजनीतिक समीकरण मिलाउने अभिष्ट अघि राखेर स्थानीय प्रशासनलाई दबाब सिर्जना गरी अभियुक्तको रिहाइका लागि पहल गर्छ ।  यस्तै, गैरप्राज्ञिक एक अर्को प्रकरणमा विद्यार्थी प्रतिनिधिको निर्वाचन पनि पर्छ । प्रतिनिधिको चयनका लागि मतदानपछि मतगणना भइरहेको हुन्छ । मतदाता विद्यार्थी दर्शकदीर्घामा हुन्छन् । एउटा उम्मेदवारले हार्ने लगभग पक्का भएपछि ऊ हिंसात्मक बन्छ । उसका लठैत साथीहरूको गुहारमा ऊ प्रतिद्वन्द्वीलाई हातपात गर्छ । निर्वाचन गराउने शिक्षकमाथि पनि प्रहार गर्छ । विद्यार्थी आफ्नैअघि भएको यस्तो अकल्पनीय घटनाको साक्षी हुन पुग्छन् तर कानुन हातमा लिएर गुण्डागर्दी गर्ने विद्यार्थी र उसका सहयोगीलाई फौजदारी अभियोग लगाएर कारबाही गर्न विश्वविद्यालय प्रशासन अक्षम हुन्छ । यो दण्डहीनताको पराकाष्टा र अराजकताको विरोधमा बहुसंख्यक विद्यार्थी लाग्छन् । विश्वविद्यालयमा तालाबन्दी हुन्छ । विद्यार्थीको पठनपाठन एकपटक फेरि दाउमा पर्छ र अन्य शैक्षिक गतिविधिहरू ठप्प हुन्छन् । 
चौथो, सरस्वतीको मन्दिरमा आसुरी प्रवृत्तिको खुलेआम प्रवेश हुन्छ । मदिरापान गरेर विद्यार्थी विश्वविद्यालयको प्रज्ञा भवनमा सम्पन्न भइरहेको स्वागत कार्यक्रममा खुलेआम हुल्लडबाजी गर्छन् । उनीहरू शौचालयभित्रै मदिरापान गर्नेसम्मको हर्कत गर्छन् । प्रज्ञा भवनका दर्शकदीर्घाका कुर्सीहरू तोडफोड गरिन्छन् । अधिकारप्राप्त प्रशासकहरू निरीह बन्छन् । उनीहरू मैले केही देखिनँ, वा मैले केही सुनिनँभन्ने अभिनय गर्छन् । अराजकताको विगुल फुकेर राजनीतिक अभिष्ट पूरा गर्ने मठाधीश कित्ताका नायकहरूको आत्मबल बढ्छ । उनीहरूको खलनायकत्व र विपरीतधर्मी राजनीतिक पुँजीको सेयर मार्केट बढ्छ । विद्यार्थी यो सामान्य शैक्षिक मर्यादा र अनुशासनको समेत खिल्ली उडाइएको घटनाको विरोधमा उत्रिन्छन् । फेरि एकपटक शैक्षिक हड्ताल र तालाबन्दीको घेरामा विश्वविद्यालय पर्छ ।      

यसरी बाहृय र आन्तरिक दुवै कारण विश्वविद्यालय बन्द हुनका लागि जिम्मेवार छन् । विश्वविद्यालय एक सार्वभौम निकाय हो । कतिपयले यसलाई राज्यभित्रको राज्य’  भनेर पनि परिभाषित गर्ने गरेका छन् । प्राज्ञिक गतिविधि सञ्चालनका लागि राज्यको मूल कानुनले दिएको यो विशिष्ट अधिकारका बारेमा विश्वविद्यालयका कतिपय पदाधिकारीलाई ज्ञानसमेत छैन । किनभने अधिकांश पदाधिकारीहरू विज्ञान, इन्जिनियरिङ जस्ता कुनै खास विधामा डिग्री लिएका व्यक्तिहरू हुन्छन् । उनीहरू विश्वविद्यालय ऐनकानुनको पालना गर्ने गराउने वा सुशासन कायम गर्नेमा भन्दा अरू नै विषयमा बढी चासो राख्छन् । यसर्थ कतिपय अवस्थामा यो सार्वभौमसत्ता र अधिकारको कित्ताको दुरुपयोग गर्दै विश्वविद्यालयको ऐन कानुनविपरीत गरिने क्रियाकलाप र निर्णयहरू पनि बन्द र तालाबन्दीका कारक भएका छन् । उदाहरणका लागि, कतिपय विश्वविद्यालयका ऐनले राजनीतिक विद्यार्थी संगठनलाई मान्यता दिएको छैन । ऐनले अध्ययनरत भएका विद्यार्थीलाई सेमेष्टर, वर्ष वा रोल नम्बरका आधारमा मात्र पहिचान गर्छ । कुनै बन्द वा हड्ताल भएपछि नाइके विद्यार्थी विश्वविद्यालयले तोकेको परिचयलाई पैतालाले थिचेर राजनीतिक विद्यार्थी संगठनको अध्यक्ष वा प्रचलित ऐन कानुनले मान्यता नदिएका संघसंस्थाका राज्य प्रमुखवा इलाका प्रमुखआदिको पगरी गुथेर सिंहरूप धारण गरी उपकुलपति वा अन्य पदाधिकारीसँग वार्ता गर्ने दुस्प्रयास गर्छ । पदाधिकारीहरू समेत आफ्नै तहबाट समस्या समाधान हुने मनसाय बोकेर टेबलमा राख्नै नमिल्ने राजनीतिक एजेण्डामा तथाकथित विद्यार्थीका नाइकेहरूसँग छलफल गर्न उद्यत हुन्छन् ।  राजनीतिक अभिष्ट बोकेको सम्झौता पत्रमा विद्यार्थीका नाइकेहरू विशिष्ट पदाधिकारीकै बराबरीमा सहीछाप गर्छन् । पटकपटक गरिएका यस्ता सम्झौता र वार्ताहरूको विपरीतधर्मी नजिर बन्दै जान्छ र कालान्तरमा विश्वविद्यालय एउटा अवैधानिक र अमूर्त दस्तावेजहरूको बन्धक बन्छ । प्राज्ञिक गतिविधिसँग सिधै ताल्लुक नराख्ने यस्ता वार्ता, सम्झौता, आन्दोलन, बन्द र हड्तालको दुश्चक्रको साङ्लोले विश्वविद्यालयलाई धराशयी बनाउँदै लगेको छ ।   

एउटा चिनियाँ भनाइ छअघि बढ्नका लागि पहाडभन्दा जुत्ताभित्र अड्किएको ढुंगा तगारो बन्छ । कतिपय अवस्थामा बाहृय कारकभन्दा पनि विश्वविद्यालयभित्रकै आन्तरिक परिपाटी र पदाधिकारीहरूका अदूरदर्शी निर्णय नै अराजक परिस्थिति सिर्जना गर्ने र अनिच्छित परिणामका जिम्मेवार देखिन्छन् । उदाहरणका लागि, विद्यार्थी युनियन वा प्रतिनिधि निर्वाचनसँग सम्बन्धित काम कारबाहीको जिम्मेवारी भर्खरै सेवामा प्रवेश गरेको नवआगन्तुक शिक्षकलाई वा कुनै प्रशासनिक अनुभव नभएको व्यक्तिलाई दिने गरिन्छ । प्रशासन हाँक्न नसक्ने र व्यवस्थापकीय क्षमता नभएको विशुद्ध प्राज्ञिक व्यक्तिलाई जबर्जस्ती यस्ता गैरप्राज्ञिक जिम्मेवारी सुम्पने काम भएको छ । विज्ञान र इन्जिनियरिङका अध्येतालाई राजनीतिक गतिविधिमा निगरानी राख्न र विद्यार्थी संगठनका नेता वा राजनीतिक दलका छोटे नेताहरूसँग वार्तामा सामेल हुन बाध्यात्मक परिस्थिति सिर्जना गरिन्छ ।  
विश्वविद्यालयमा इन्जिनियरिङ, प्रविधि वा विकास निर्माणको अलावा प्रशासन कसरी चलाउने, व्यवस्थापन कसरी गर्ने वा समस्या कसरी सम्बोधन गर्ने भन्ने विषयमा समेत अध्यापन र अनुसन्धान हुने गर्छ ।  

विश्व प्रसिद्ध विडम्बनाको सिद्धान्त बरटान्ड रसेल पाराडक्समा उद्धृत गरिएकोहजमले आफ्नो कपाल आफैं नकाट्नेदृष्टान्तले प्राज्ञिक निकायमा झन् मूर्तरूप लिएको पाइन्छ । यसर्थ आफ्नै कक्षाकोठामा अध्यापन गराइने मूल पाठ्यक्रममा समावेश भएका अति सामान्य सिद्धान्तहरूको प्रयोग गरी आफ्नै टेबलमा लम्पसार परेको समस्यासमेत सम्बोधन गर्न नसक्नु प्राज्ञिक थलोमा एक भीमकाय विडम्बना भएको छ । कानुन विषय नै अध्यापन गराउने प्राध्यापक वा द्वन्द्व समाधानको अनुसन्धान गर्ने अध्येतालाई यस्ता विवादमा सरिक गराएरराजनीतिजस्ता आफ्नो कित्ताइतरका विषयलाई निस्प्रभावी बनाउने कार्यमा विश्वविद्यालयका पदाधिकारीहरू चुकेका छन् । विद्यार्थी युनियनको वा प्रतिनिधिको चुनावमा निर्वाचन आयोगको सहयोग लिने वा स्थानीयहरूको माग सम्बोधन गर्न नेपाल मध्यस्थता परिषदजस्ता निकायको मध्यस्थता गराउनेजस्ता काम गर्दा कुनै ठूलो धनराशि खर्च नहुने र व्यर्थको विनाशपनि नहुने यथार्थको विपरीत कामहरू भएका छन् । यसो हुनमा पदाधिकारीहरूको व्यक्तिगत स्वार्थ, ‘आफैं बोक्सी आफैं झाँक्रीहुने प्रवृत्ति र सफल नतिजाको जशआफूले मात्र लिई लोकप्रियता हासिल गर्ने अभिष्ट जिम्मेवार छन् ।         

विश्वविद्यालयको मूल कार्यालयमा र प्रज्ञा भवनमा विगतमा पदभार सहृमालेका कुलपतिहरूको लहरै तस्वीर राख्ने प्रचलन छ । इतिहासले कसको पालामा विश्वविद्यालयले अभूतपूर्व प्रगति ग¥यो वा कसको पालादेखि मर्यादा र सुशासन कायम भयो कुराको भन्ने निक्र्योलसमेत गर्नेछ । नेतृत्वपङ्क्तिको दूरदर्शी निर्णय र सकारात्मक हस्तक्षेपबाट संसारमा कतिपय विश्वविद्यालय सुशासन कायम गरी कालान्तरमा लोकप्रियताको अग्रसूचीमा पुगेका छन् । 

कुलपति महोदय ¤ हाम्रा लागि पनि यो अवसर संघारमा आइपुगेको छ । विश्वविद्यालयको सर्वोच्च निकायको हैसियतले यहाँको सकारात्मक हस्तक्षेप र पहलले आगामी दिनमा विश्वविद्यालयमा सूचारुरूपले पढाइ हुने वातावरण सिर्जना गर्न सक्दा हजारौं विद्यार्थीको भविष्य उज्ज्वल हुनेछ । यसले समग्र मुलुकलाई विकास पथमा केही बित्ताले अघि सर्न सघाउनेछ । यहाँको गुन अभिभावकले जीवनपर्यन्त बिर्सने छैनन् । भविष्यका पुस्ताले भित्तामा सजाइएको तस्वीर हेरेर संकटमा परेको विश्वविद्यालयलाई उद्धार गर्ने महानायकको रूपमा यहाँको मूल्यांकन गर्ने छ भन्नेमा कसैको दुई मत हुँदैन । 

(लेखक काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक हुन् । लेखमा प्रस्तुत विचार निजी हुन् ।)  
साभार :  http://ehimalayatimes.com/bichar-sahitya/7582

Saturday, March 11, 2017

खाँदबारीमा मावली नाताले जुराएको चिया

खाँदबारीमा शनिबार हाट लाग्छ भन्ने सुन्दै मलाई रमाईलो लागि सकेको थियो । म लगायत 'विद्युत उर्जा विकास' विषयसँग कुम जोडेका एक दर्जन जति साथीहरु शुक्रबार दिउँसोको बुद्ध एयरको उडानवाट तुम्लिङ्टार अवतरण गरेका थियौँ ।  औपचारिक कार्यक्रम शनिबार दिनभरि नै आयोजना गरिएको थियो ।

यसकारण मेरो "हाट भर्ने दाउ" तुहिने हो कि भन्ने चिन्ता थियो । तर हामी बसेको होटल र हाट लाग्ने टुँडिखेल मैदान केही मिनेटको पैदल दुरीमा रहेकाले म खुशी थिएँ । नेपालका पूर्वी पहाडी जिल्लाको शानको रुपमा परिचित हाट लाग्ने परम्पराका केही लोभलाग्दा विशेषताहरु छन । बिहान सबेरैदेखि नै बेलुकासम्म चहलपहल हुने त्यो 'मेला' जस्तो 'भेला' मा कुनबे गए ठीक होला भन्ने प्रश्न जन्मियो ।

"हाटमा कुन समयमा सबैभन्दा धेरै मान्छे भेला हुन्छन ?"

मेरो हाट भर्ने र धेरै मान्छे भेला हुने समय मिलाउन सक्दा 'सुनमा सुगन्ध' हुने ठानेर यो प्रश्न चिया पसलमा भेटिएका स्थानीयलाई सोधेको थिएँ ।

"धेरै भेला हुने भनेको त विहान आठ बजे तिर हो ।" 

हाम्रो कार्यक्रम साढे आठमा सुरु हुने योजना थियो । त्यतिन्जेलसम्मको समय मेरै नियन्त्रणमा थियो । म बिहान साढे पाँच बजे नै तयार भएर निस्किएँ । खाँदबारीको मूल सडकले जीवन पाईसकेको थियो । म हाट लाग्ने ठाँउ 'टुँडिखेल' को ठेगाना सोद्धै अघि बढेँ । केही कदम हिँडेपछि सडकको देब्रेतिरको एउटा चिया पसलमा उल्लेखनीय चहलपहल देखियो । म सरासर चिया पसलमा पसेँ । 'भुक भुक' गर्दै ठूलो भाँडोमा दूध उम्लिरहेको थियो । छेउमा माग अनुसारको चिया पाकिरहेको थियो ।

"ए ! भाइ यो दूध पाउडरको हो ?"

जीवनमा पहिलोपटक खाँदबारी टेकेको साँझमा मैले आम नेपालीकै लागि एक चिन्तित हुनुपर्ने विषय फेला पारेको थिएँ । हाम्रो भ्रमण कार्यक्रमको मूल आयोजक 'स्वतन्त्र उर्जा उत्पादक सँस्था' का पदाधिकारी बसेको र  हामी सबैको लागि भोजनको व्यवस्था गरिएको होटलमा यो नमिठो यथार्थ सतहमा आएको थियो । मैले चिनी नभएको दूधको चिया मगाएँ । तर चिया अलि अलि गुलियो थियो ।

"ए भाइ ! मैले त चिनी नराख्नु भनेको थिएँ नि त ?"

"सर ! यो चियामा चिनी राखेकै छैन । हामी पाउडरको दूध चलाउँछौ । यसैले सरलाई गुलियो लागेको होला ।" चिया ल्याउने भाईले उसको प्रत्युत्तरलाई जबर्जस्ती स्वभावजन्य बनाउँदै भनेको थियो ।

सँखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीमा पनि पाउडरको दूधको चिया खानु पर्ने । चियाले मलाई तताएन, चिस्यायो । केही महिनाअघि लमजुङ्को बेँसीशहरको होटेलमा कागती नपाईएको र बन्दिपुरमा सुन्तलाको ताजा जुस नपाएको अनुभूति आलो भएर आयो । थरीथरीका विचार आउन थाले । पाटन साउथ रोटरी क्लबको एक बैठकमा कृषी क्षेत्रका नामी उद्धमी एवँ क्लबका पूर्व अध्यक्ष सन्तोष कुँवरले एक रोचक तथ्य भन्नु भएको थियो ।

"नेपालमा हामी बाघ भालुको सँरक्षणमा बाक्लै लागेका छौ । तर यहाँ त अहिले अर्कै आठौँ आश्चर्य छ । दूध जस्तो अत्यावश्यक खाद्यवस्तु दिने गाईभैसी पो लोप भैरहेका छन ।" 

खाँदबारीको पाउडर दूधको चियाले मलाई सन्तोष कुँवरको अभिव्यक्ति चरितार्थ भएको लागेको थियो । त्यसकारण यो तथ्यलाई निर्क्यौल गर्ने ध्येयले मैले चिया पसलमा सिधै ठाडो पाराले सोधेको थिएँ ।

"कहाँ हुनु सर ! यो त एकछिन अघि गाँउबाट ल्याएको भैँसीकै दूध हो ।" चिया पकाईरहेको अधवैसेले भन्यो । चिया पसलका सँचालक र काम गर्ने सबै मधेसी मूलका थिए ।  

"पक्का हो त ।" मैले खेरेँ ।

"पक्का हो । शँका नमाने हुन्छ । खाँदबारीमा पनि पाउडर दूध हो ? भनेर सोध्नु पर्ने कस्ता दिन आए नि ।" अहिले भने ग्राहक बस्ने बेन्चमा बसेर चियाको चुस्की लिईरहेको महिला बोलिन ।

नेपालमा अहिलेसम्म जोगिएर रहेको सँस्कृतिमध्ये यो एउटा हो । आत्मकेन्द्रित पटक्कै नहुने । नचिनेका नजानेका मान्छेको हुलमा पनि भै-परिआएको परिवेशमा आफ्नो कुरा स्वभाविक भएर राख्न आँट गर्ने । मैले मेरो ध्यान महिला र उनी सँगै चियापान गरिरहेका पुरुषतर्फ मोडे । साहजीलाई एक कप चियाको अर्डर गरेँ ।

"कहाँ पर्यो त नि हजुरहरुको घर ?"

"ईलाम हो ।"

"लौ जा ! मावली पर्नु भयो । अब आज मैले चियाको पैसा तिर्नु नपर्ने भो ।"

मेरो बोलीले भुँई नछुँदै चिया पसलका केही ग्राहकको ध्यान चुम्बकले झै तान्यो । "पैसा नतिर्ने कुरो" सुन्ने जति सबै मजैले हाँसे ।

"झोलिका देउतालाई चिया त के घरै लगेर मेजमान गरौला नि ।" ईलामे मामाले पुर्वेली भाका टिपे ।

"हुन्छ नि । अनि ईलामको मान्छे खाँदबारी के कामले आउनु भयो त ?"

"मेरो माइती चैनपुर हो नि ।" अहिले भने माइतीघरको मोहले महिलालाई जगायो । कुरो स्पष्ट थियो । उनीहरु दम्पती थिए ।

"ए अचम्म, चैनपुरकी चेलीले त्यत्रो टाढाका हाम्रा मामालाई झुक्याउने आँट कसरी गरिछन त ?"

मेरो यो उद्गारले राम्रै बजार पायो । अब रेष्टुरेन्टमा हाम्रो बोलीले अन्य आवाजहरुलाई सर्ल्लक्कै निलेको थियो । 

"देखेको हैन लेखेको हुन्छ भनेको यहि हो नि त भान्जा बाबु ।"

साईनोको जुईनो कसिन माईजुले । उनी के कम, माईती गाँउमा पनि फूर्तिफार्ति नगर्ने को पो चेली होला र ? 

"माइतीको कुकुर पनि प्यारो" भन्ने त उखानै छ ।  

"हजुरको चै घर कहाँ हो ?"

"जन्म पाँचथरको स्याब्रुम्बा, हुर्केको मोरङ्को उर्लावारीमा अहिले काठमाण्डौको कोटेश्वरमा छोराछोरीको घरमा बस्छु ।"    

हिजोआज मलाई यस्तो 'तीन ठामे' ठेगाना  दिँदा रमाईलो लाग्छ । मेरो कामको बारेमा पनि उनीहरुले सोधे । हामी एक छिन गफमा डुब्यौँ । म भैँसीको दूधको चियाको मजा लिँदै थिएँ । कतै सुनेको सम्झिएँ ।
"मोमो खायो भने गोठ मासिने कृयाकलापमा सहयोग पुग्छ । खीर खायो वा दूध पियो भने गोठ सप्रिने ।"
हुन पनि अहिले भोज भतेरमा पनि मदिराजन्य पेय पदार्थ र माँशाहारी परिकारले अड्डा जमाउन थालेको छ । सेल रोटी, खीर, ढकने र सिकर्नी जस्ता हाम्रा मौलिक परिकार पनि सन्तोष कुँवरले घरपालुवा जनावर लोप हुन थाले भने जस्तै हराउन थालेका छन ।    

आखिर छुट्टिने बेला भयो ।

"वहाँ सरको चियाको पैसा म दिन्छु ।"

मामाले साहुजीलाई ईशारा गरे ।

"पर्दैन, पर्दैन । मैले त रमाईलो पो गरेको ।"

मेरा क्षणभरमा नै नाता लागेका मामा र माईजु बाहिरिए । मेरो चिया सकिए पछि मैले चियाको मोल तिर्ने जमर्को गरेँ । साहुजी अटेसमटेस गरेनन । आखिर उस्को पनि त व्यपार-धर्मको कुरो थियो ।  

मेरो शीर फेरि एक पटक नुहियो । नेपाली हुनु र आफ्नै भूगोलमा चर्नुको मजा यही छ । अहिले म अमेरिका वा अष्ट्रेलियमा भएको भए यसरी अपरिचितसँग तुरुन्त कुनै नाता जोडेर उनकै आतिथ्य सत्कार पाउनु भनेको शायद आकाश खस्नु बराबर हो । विदेशमा भएका मेरा समकक्षी मित्रहरु भन्दा मलाई केही दु:ख अवश्यै बढी होला । तर हरेक बस्ती बस्तीमा भेटिएका प्रत्येक नेपालीसँग भेटिने यो आत्मियताको खजाना अमूल्य छ । यो स्वर्गिय आनन्दको अघि वाँकी सुखहरु सबै तपसिलका भएका छन । मेरा अभिन्न मित्र सूर्यमान शाक्यले भनेको सँझिन्छु ।

"विदेशमा एक थोक मात्र राम्रो छ, अरु केही पनि राम्रो छैन । त्यो एक थोक हो,  पैसा । नेपालमा त्यो एक थोक चैँ राम्रो छैन तर अरु सबै थोक राम्रो छ ।"  

हाटमा पुग्दा बिक्रेता र सामान ओसार्नेको बाहुल्यता भेटियो । खरिद गर्ने खासै थिएनन । कोही माटो मिलाउँदै थिए । कोही घोचा गाड्दै थिए । केहि हिजो बेलुका परेको पानीले बनाएका स- साना दह पन्छाउँदै थिए । 

जापानको कानागावा प्रिफेक्चरको हायामा भन्ने ठाउँमा  भरेको हाटको प्रसँग ताजा भएर आयो । तीन चोटीसम्म खराब मौसमका कारण हाट सरेको थियो । चिसो मौसममा वर्षा भयो भने हाट लाग्न असम्भव प्राय: हुन्छ । हाट लाग्नको लागि खुला ठाउँ र राम्रो मौसम पूर्व शर्तहरु हुन । तेस्रो पक्ष भनेको सँस्कृति हो । हाटबजारको आवश्यकता बुझेर यो ठाँउमा यो बार या यो तिथिमा कसैले सुरु गर्नु पर्छ । अनि कसैले सुरु गरेको राम्रो ठानेर अरुले निरन्तरता दिनु पर्छ । मेरो स्याब्रुम्बाले यासोकमा भर्ने हाट औसी पूर्णिमामा लाग्थ्यो । 'हाट जाने' भने पछि उम्रेदखि खुम्रेसम्म आफ्नो दिनचर्यालाई थाती राखेर भए पनि हुरुक्क हुन्थे । नेपालमा हाट लाग्नको लागि बर्षको नौ महिना मौसम सफा हुनु एउटा कारण हो । जापानमा बर्षातको ठेगान हुँदैन । तर पश्चिम नेपालमा पनि पूर्वको जस्तै मौसम हुने भएता पनि यो 'हाट सँस्कृति' को विकास नभएको पाईन्छ ।  

हाटमा बेच्न राखिएका सुन्तला मेरा लागि प्रमुख आकर्षणका केन्द्र थिए । भाग लगाएर बेच्न राखिएका सुन्तलामा ध्यान गयो । चार दानाको जग बनाएर ती माथि तीन दाना खप्टेर पिरामिड आकारका भागहरु लोभलाग्दा थिए । सुन्तला बेच्ने एक युवा थिए ।   

"कति दाम हो भाइ सुन्तलाको ?"

"भागको सय रुपैयाँ हो ।"

"किलोको हिसाबले लिन मिल्दैन ।"

"मिल्दैन । यहाँ त भागको हिसाबले बिक्रि हुन्छ ।"

मेरो कुरा र सोधाईले शायद युवा व्यापारीले 'यो ग्राहक खाँदबारीको रैथाने होईन" भन्ने ठहराए होला । मैले केही मोलमोलाई गर्ने सुर झिकेँ ।

"भागको नब्बेमा देउ न भाइ ।"

"हुँदैन । भागको सय नै पर्छ ।"

"उसो भए भागमा एक दाना थपि देउन ।"

"त्यो पनि हुँदैन ।"

मैले तीन भाग लिएँ । कर गरेर एक दाना चै थप्न लगाएँ । मेरो 'दुब्लाएको माग' भने पुरा भयो । दिउँसो जलविद्युत परियोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन विषयमा मेरो प्रस्तुति थियो । भारतको एक कम्पनीको लगानी मा अरुण नदीमा बाँध बाँधेर ९०० मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने कार्य अघि बढेको विषयलाई मेरो प्रस्तुतीमा मैले सुन्तलाको किनबेच सँग जोडेँ ।

"सुन्तलाको खरिदमा युवा व्यापारीको भाग विक्रि पद्धति मैले स्वीकार्नु पर्यो । 'किलोको हिसाब' ले मात्र किन्छु भन्ने अडान राखेको भए हाम्रो किनबेचको मिलन बिन्दु फेला पर्ने थिएन । उनको मन जितेर मैले एक दाना सुन्तला भए पनि थप पाएँ । त्यसैगरी प्रवर्तक कम्पनी र स्थानीयको बीचमा मन जित्ने समझदारी भएमा जलविद्युत आयोजना निर्माण कार्य समयमा सकिन्छ । एउटाले अर्कोको पद्धतिको आदर नगर्दा र आआफ्नै अडानमा बस्दा व्यवधान उत्पन्न हुन सक्छ ।"

मैले हाटमा बयरको धुलो, कैलो तिल, टिमुर र लहरामा फल्ने सानो टमाटर किने । सानो टमाटरको चटनी भने पछि म हुरुक्कै हुन्छु । पाकेका टमाटरको सिलौटामा काँचै पिँधेको चटनी छ भने मलाई अरु सितन नभए पनि हुन्छ । मेरो दिवगँत पिताश्रीलाई पनि यो परिकार औधी मन  पर्थ्यो ।

भोलिपल्ट खाँदबारीबाट हिँड्नु अघि म झोला किन्न गएँ । पसलमा एक अधवैसे महिला थिईन ।

"दिनको पचास हजार सम्मको बिक्रि त हुँदो हो ।" मैले उनको मनशाय बुझ्न शब्दको पासो फ्याँके ।

"कहाँ हुनु । पाँच हजारको भयो भने भाग्य ।"

उनले बिक्रि राम्रो नहुनुका दुई कारण दिईन-लामो दुरी तय गरेर आउने ग्राहक घटे र पोके ब्यपारीहरुले सस्तोमा हाटमा सामान बेच्न थाले । नेपालमा नाम मात्रको सरकार हुनुको पीडा यही छ । ती बिक्रेता जस्तै स-साना व्यपारीलाई सहयोग हुने गरी कुनै नीतिगत परिवर्तन ल्याउन सके कति राम्रो हुने थियो । 

फर्कने क्रममा विमानस्थलको द्वारमा सवा खोलाको एक पेरुङ्गो सुकुटी माछा, एक पोको कागती र एक मुठो साग किने । कागती किन्दा पनि रमाईलो भयो ।

"कति हो एक पोको कागतीको ?"

"दुई सय ।"

"एक सय पचासमा दिनुन ।"

"मेरो हैन । यो कागतीको मालिक्नीले मलाई बेच्न जिम्मा दिएर गएकी छिन । दुई सयमा एक रुपैया पनि कम नगरिदिनु भनेकी छन् ।"

"उसो भए दुई दाना थपि दिनु न त ?"

"पोका पोका पारेका छन । एक जनालाई थपेपछि अर्को पोकाको हिसाबै मिल्दैन नि ।"

उनले 'चट्टान' जस्तो नपग्लिने,  प्लास्टिक जस्तो नबाँङ्गिने ब्यपार पद्धति बनाएकी रहिछन । मलाई सकस भयो ।

"उसो भए यो पोकाका दुईवटा साना कागती अर्को पोकाको अलि ठूलासँग साट्छु ।"

साहुनी मौन बसिन । मेरो जित भयो । मैले कागती किने ।  

अहिले तुम्लिङ्टारको मनकामना मन्दिर पर्यटक र तिर्थालुलाई मुख्य आकर्षण केन्द्र बनेको रहेछ । हामीले विमानस्थल पुग्नु अघि मन्दिरको दर्शन गरेका थियौँ । दर्शन गर्न जाँदा पूर्व आयुक्त सूर्यनाथ उपाध्याय, आयोजक सँस्थाका अध्यक्ष शैलेन्द्र गुरागाई र म एउटै गाडीमा थियौँ ।  खेम गुरुङले गाएको अत्यन्तै चर्चित गीत "वारी जमुना पारी जमुना" को प्रसँग चल्यो ।

"जमुना भनेर अरुण नदीलाई भनिएको होला ।"

मैले मनकामना मन्दिर परिसरमा भेटिएका स्थानीयलाई सोधेँ । उनीहरुको व्याख्या हाम्रो अनुमान भन्दा फरक थियो ।

"मनकामनाको अहिलेको यो मन्दिर पहिला अरुणको किनारमा थियो । त्यहाँ एउटा जमुनाको रुख थियो । नदी पारी पनि जमुनाको ठूलो रुख थियो । खेमले गीतमा यिनै दुई जमुनाका रुखलाई जोडेका हुन ।"

मलाई भने खेमको गीतका अन्य दुई हरफले ध्यानाकर्षण गरे ।
एकादशी बजारैमा फन्के रोटी थालमा
कसको छोरा कसको छोरी पर्यो माया जालमा  

एकादशीमा लाग्ने हाटमा पाईने फन्के रोटीको मजा लिँदै 'माया जाल' मा कति तन्नेरी र तरुनीहरु परे होला । मैले खाँदबारीमा भेटेका मामा र माईजुले पनि कुनै हाट बजारमा नै 'पिरतीको डोरी' बुनेका थिए होला । नभए चैनपुरले ईलामलाई कसरी सजिलै भेट्न सक्छ र ?

"फेरि भेट भए यही कुरा जोडेर अर्को एक कप चिया जुराउने थिएँ ।"

मैले मन मनमा कल्पना गरेँ । तर अफसोच ! त्यो दिन शायद यो जुनीमा फेरि आँउदैन होला ।
Published by Ujyaaloonline
http://ujyaaloonline.com/news/70704/tea/

Saturday, January 21, 2017

अलबिदा दादाजी




रोटरी क्लबको बैठक सकेर हिँड्दा साँझको सात बजिसकेको थियो । पुसको महिना । अघिल्लो दिन परेको हिँउदे झरि । कठ्याङग्रिएको काठमाडौं उपत्यका । म पुत्ररत्न सिरिनसँग कारमा पुल्चोकबाट युएन पार्कको बाटो हुँदै कोटेश्वरतिर जाँदै थिएँ । चालकको सिटमा ऊ थियो । हामी दुवैलाई कति बेला घर पुगौं भन्ने लागिरहेको छभन्ने मलाई लागेको थियो । तर त्यस्तो भएन । भाटभटेनी सुपरमार्केट पुगेपछि गाडी रोक्दै उसले भन्यो ।
मलाई पाटन ढोकाको किताब पसलमा दुईवटा छन्दका कविताको किताब किन्नु छ । एटियमबाट पैसा निकाल्ने हो कि ?’
दिउँसो मेरो खल्ती रित्तिएको उसले बुझेको थियो । यसर्थ एटियमबाट पैसा निकाल्ने काममा मेरो विमति थिएन । तर त्योभन्दा पनि एकाएक उदाएको कविताको किताब खरिद योजनाले मेरो ध्यानाकर्षण भएको थियो । मुम्बईमा अर्थशास्त्रमा स्नातकोत्तर गर्ने विद्यार्थी जसले राम्रो कम्पनीमा स्थायी जागिर पनि पाइसकेको छ, उसको यो छन्द कविता मोह ?
मैले यस विषयमा केही अनुमान गर्न सकेको भए तापनि भोलिपल्ट बिहान फेसबुक खोलेर हेर्दा सबै कुरा छर्लङ्ग भयो ।
हजुरले नै मलाई नेपाली कविताबाट कसरी आनन्द लिने भन्ने तरिका सिकाइ दिनुभयो । तपाईं सम्झनामा सदैव रहिरहनु हुनेछ ।
यस्तो सन्देशसँग जोडिएर भानुभक्तिय रामायणको सुन्दरकाण्डका श्लोकहरू वाचन गरिएको भिडियो सिरिनको फेसबुक पेजमा अपलोड गरेको पाएँ । शार्दुलविक्रिडित छन्दमा लय मिलाएर गाइएका श्लोकहरूमा तलका हरफहरू पनि थिए ।

राक्षसका बीचमा बसी जिउनु धिक् मर्नु निको मर्दछु ।
चुल्ठो लामु छ झुन्डिनाकन यहाँ डोरी त यै गर्दछु ।। 

भिडियोको पुछारमा छन्दफरदादाभन्ने शीर्षक हृयास ट्याग गरिएको थियो । रातो बंगला स्कुलका अन्य पूर्व विद्यार्थीले फेसबुक सञ्जालमा दादाजी अर्थात् कमल दीक्षितको सम्झनामा यसरी कविता वाचन गरी सम्प्रेषण गरेका रहेछन् ।
त्यही दिन दिउँसो समकालीन सृजनात्मक लेखनको मियो घोष्ट राइटिङ् नेपालको समूहमा मिसिएर म र सिरिन पाटनढोकास्थित दीक्षित निवास पुगेका थियौं । समवेदना प्रकट गर्न आउने आगन्तुकहरूका लागि निर्धारित गरिएको स्थानमा अटाईनअटाई मान्छे थिए । दादाजीकी छोरी रूपा जोशीले केही रचना वाचन गरेर किरियापुत्रीलगायत अन्य श्रोतालाई सुनाइरहेकी थिइन । त्यो सामग्री दादाजीले नै लेखेको संस्मरणात्मक निबन्ध रहेछ । हरेक दिन तीनवटा रचना वाचन गर्ने निधो गरिएको रहेछ । घोष्ट राईटिङ्का हामी एक बीस संख्याका सदस्यहरू पनि श्रोता गणमा मिसिएका थियौं । रूपाजी पछि प्राडा माधवप्रसाद पोखरेलले पनि एउटा अर्को निबन्ध वाचन गरेर सुनाउनुभयो । पछि थाहा भयो ती निबन्धहरू कदीको सम्झेको बिर्सेकोपुस्तकबाट लिइएका रहेछन । मृत आत्माको चिरशान्तिको कामना गर्न र आफन्तजनलाई शोकाकुल स्थितिबाट सामान्य अवस्थामा फर्कन सघाउनका लागि यस्तो बेलामा गरुड पुराणश्रवणको प्रचलन नेपाली समाजमा विद्यमान छ । तर संसार छोडेर गएका व्यक्तिले नै लेखेको रचना वाचन गरेर दीक्षित परिवारले अझ विशिष्ट काम गरेको अनुभूति मलाई भएको थियो ।
तर यो दृष्टान्तले मेरो मनमा एउटा तर्क भने जन्मियो
आफ्नो जीवनकालमा साहित्य लेखन नगरेका वा अन्य पेशामा लागेका व्यक्तिहरूको काज क्रियामा त यो सम्भव नहुने भयो । वाह कलमको शक्ति वाह साहित्य लेखनको कमाल ∕’
कमल दीक्षित स्रोत व्यक्ति भएको घोष्ट राईटिङ्ले आयोजना गरेका दुईवटा कक्षामा विद्यार्थी भएर बस्दाका अविष्मरणीय अनुभूतिहरू छन् । उहाँको जाज्वल्यमान अनुहार, प्रत्युत्पन्न मति र भैपरि आउने परिवेशलाई रोमाञ्चक बनाउने अद्वीतिय कलाको अहिले पनि झलझली सम्झना आइरहेको छ ।
यो जाडोको समयमा यति बिहानै हजुरलाई दुःख दियौं हामीले ।कक्षा सुरु हुनै लाग्दा आयोजकले भनेका थिए ।
यस्ता चन्द्रमा जस्ता मुहार भएका छात्राहरू अगाडिको बेन्चमा बसेका छन् । यस्तो रौनक भएको कक्षामा पढाउन पाउनु नै ठूलो कुरो हो । बिहान, दिउँसोको के कुरा भयो र ?’
कतिको प्रत्युत्तरले हामी सबै मन्त्रमुग्ध भएका थियौं ।
साहित्य लेखन र पुस्तक सङ्ग्रह नै कदीको जीवनको अनुराग रहेछ । कक्षामा उहाँले अमेरिकामा आयोजना गरिएको रोटरी ईन्टरनेशनलको सम्मेलनमा सहभागी हुन जाँदाको एक प्रसंग सुनाउनुभयो ।
कामल हृवाट यु डु ईन फ्याक्ट ?’ एक अमेरिकनले कदीको पेशाको बारेमा यसरी रैथाने उच्चारण शैलीमा सोधेका रहेछन् ।
आई लिभ बुक्स ।मुस्कुराउँदै कदीको जवाफ आएछ ।
हृवाट ?’ उत्तर सुनेर ती विदेशीले विस्मय भावमा जिब्रो काडेछन् ।
आई रिड बुक्स । आई राईट बुक्स । आई पब्लिस बुक्स । आई कलेक्ट बुक्स । मिनिङ् आई लिभ बुक्स ।
आफ्नो कर्मसाधनाको ईन्द्रासनमा दशकौ बिताएर अथाह अनुभव सगाँलेका पेशाधर्मीको जस्तो अत्यन्तै शालीन जवाफ पाएर विदेशी मित्र दँग परेछन् ।
साहित्य लेखनमा भर्खर शिशु कक्षामा प्रवेश गरेका तर उमेरले नेटो काटिसकेका हामी वृद्ध विद्यार्थीलाई उहाँका केही सुझाव र टिप्पणीहरू मननयोग्य थिए । टिपोट गर्न भ्याइएका केही यस प्रकार थिए
श्रीमद्भागवत गीतामा भनिएको छस्वधर्मो निधनम श्रेयः परधर्मो भयाभयः । यसकारण तपाईंको बारेमा अथाह जानकारी भएको व्यक्ति तपार्इं आफैं हो । आफ्नो विषयमा लेख्नु होस् ।

मदन पुरस्कार स्थापना नभएको भए कमलमणि साहित्यकार हुने थिएन ।
साहित्य लेखनका विगत १५० वर्षको महान् शिल्पी बालकृष्ण सम हुन् ।
कमल दीक्षितलाई बुझ्न ७७ वटा पुस्तक पढ्नुपर्छ ।
साहित्यकारमा एउटा अहं हुनुपर्छ । म लेख्न जान्दछु । मेरो लेखनमा पूर्णता छ । मैले लेखेको हुन्छ । पक्कै पठनीय हुन्छ । मेरो लेख पढ्ने भोक समाजमा छ । मेरो लेखनले स्थान पाउँछ । लेखकले यस्तो ठान्नुपर्छ ।
मैले धेरै अघिदेखि पालेर राखेको एक प्रश्न थियो । आफू प्राविधिक कित्ताको विद्यार्थी भएकोले साहित्यका कतिपय कथनहरू अजिबका लाग्थे र अझै पनि लाग्छन् । मैले मौकामा चौकाको दाउ हान्ने सुर झिकेँ ।
मेरो गणितमा एकमा एक घटाउँदा एक नै बाँकी रहन्छ । यो कसरी हुन्छ ?’
महाकवि लक्ष्मीप्रसाद देवकोटाको पागल कवितामा उल्लेखित गणित र विज्ञानका स्थापित मान्यताहरूलाई नै हाँक दिने यो अभिव्यक्तिलाई कसरी बुझ्ने ? म अन्योलमा थिएँ । प्रश्नको तीर दीक्षित गुरुतिर फ्याँकेर म अधैर्य भएर उत्तरको पर्खाइमा बसेँ ।
तपाईंको थर के हो ?’
खतिवडा । ब्राहृमण पुत्र हुँ ।
उसो भए संस्कृत केही बुझ्या होला । ॐ पूर्णमदं पूर्ण मिदंभन्ने मन्त्र थाहा छ ?’
थाहा छ । ॐ पूर्णमदः पूर्णमिदं पूर्णात्पूर्णमुदच्यते । पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ।।
मैले न्वारानदेखिको बल निकालेर भने ।
बस एकमा एक घटाउँदा एक हुन्छ भनेको यही मन्त्र हो ।
म खुशीले पागल जस्तै भएँ । अनि पूर्णताको अर्थ लगाउने त्यो मन्त्रको सरल व्याख्या सम्झेनदीमा लोटा लिएर जानु होस् । नदीको पानीले लोटा भर्नु होस् र भन्नुहोस्
यो लोटामा पानी भरिएको पूर्णता त्यो नदीको पूर्णताबाट आयो । तर यस्तो भए तापनि नदी अझै पूर्ण नै छ ।
मेरो इन्जिनियरिङको विद्यावारिधिसम्मको पढाइले छुन नसकेको ज्ञान पाएको अनुभूति भएको थियो । त्यसै दिन मैले मेरा गुरुको समूहमा आदरणीय कमलमणि दीक्षितलाई राखेँ । कक्षाको केही दिनपछि म हानिएर ढोकैमा क्याफे परिसरमा रहेको उहाँको कार्यालयमा पुगेँ । अभिवादन गरेँ ।
मलाई यतिले पुग्दैन । कृपया शिरमा हात राखेर आशीर्वाद दिनु ।
सम्भवतः मेरो माग अनौठो थियो । उहाँलाई सम्झाउनु परेन ।
त्यो पूर्णता विषयमा प्रश्न गर्ने घोष्ट राईटिङ्को मेधावी छात्र होइन त तपाईं ?’
म धन्य भएको थिएँ । उहाँले मलाई सहजै चिन्नु भयो ।
हामीले गुरु पूर्णिमाको दिनमा नेपाल विकास अनुसन्धान प्रतिष्ठान (नेविअप्र) मा एउटा कार्यक्रमको आयोजना ग¥यौं । कदी गुरुलाई प्रमुख अतिथिको निम्तो दियौ ।
यो त आश्चर्य भयो । अहिलेसम्म नभएकै काम भयो । कमल दीक्षितलाई गुरु पूर्णिमाको अतिथि ?’ उहाँले नेविअप्रको सभाकक्षमा प्रवेश गर्दै भन्नुभयो ।
शिष्यात इच्छेत पराजयम् । हजुरको गुरुत्वले यो वाक्यको मर्म चरितार्थ गरेको जस्तो लागेकोले निमन्त्रणा गरेका हौँ ।नेविअप्रका प्रमुख डा. जयकुमार गुरुङले भन्नु भएको थियो ।
उहाँले हामीलाई फेरि एकपटक राम्ररी हेर्नुभयो । म लगभग टोलाएको स्थितिमा थिएँ । मैले दिन नसकेको नेपाली भाषा साहित्यको संंस्कार मेरो छोराले उहाँको रातो बङ्ला स्कूलको नेपालीको एउटा कक्षाबाट पाएको थियो । मैले मेरा जिबालाई सम्झिए । मेरा ६५ वर्ष पनि नकटेका पिताश्रीलाई सम्झिए । म त्यति भाग्यमानी नाति थिइन, जो हजुरबुवासँग लामो समयसँगै बिताउन पाओस् । मेरो छोरा सिरिन पनि त्यति भाग्यमानी नाति भएन, जसले उसका हजुरबुबासँग विधाताले सबैलाई दिएका केही समानान्तर दशक बिताउन पाओस् । तर म यस्ता धरोहरको अघिल्तिर उभिएको थिएँजसले रातो बङ्ला स्कुलमा अध्ययन गर्ने सयौं नाति नातिनालाई हजुरबाले दिने संस्कार पस्किदिएका थिए । संस्कार सिक्ने उमेर हुन्छ । सम्भवतः हजुरबा र हजुरआमाले नाति नातिनालाई सिकाउने संस्कार नै सबैभन्दा ओजस्वी र दिगो हुन्छ । एकल परिवार र सीमित सन्तानमा चित्त बुझाउनुपर्ने अहिलेको समाजमा बाल्यकालमा पाउनुपर्ने माया ममता र हाँसखेलको रमाइलोबाट हामीले अधिकांश बालबालिकालाई वञ्चित गरेका छौं । यस्तो कालखण्डमा शिष्यात इच्छेत पराजयमअर्थात् शिष्यबाट पनि पराजयको ईच्छा गर्नुभन्ने अभिप्रायले शिक्षा र दीक्षा दिनु । कस्तो उदारता ? कस्तो महानता ? 
पुत्रात् इच्छेत पराजयम् । अर्थात् पुत्रबाट पनि पराजयको इच्छा गर्नु । यो पनि शास्त्रमा छ । थाहा छ ?’ कदी गुरुबाट फेरि हाम्रो परीक्षा लिएझंै सोधनी भयो ।
अहिलसम्म थाहा थिएन । अब थाहा भयो ।मैले सबैभन्दा सजिलो जवाफ दिएँ । मलाई पुत्र वा पुत्रीलाई पनि यस ढंगले शिक्षा वा संस्कार दिनुपर्छ भनेर शास्त्रले भनेको छ भन्ने थाहा थिएन ।
नेपाली वाङ्मयको उत्थान र समृद्धिका लागि आठ दशक बज्रझै ंआफ्नो उपस्थिति देखाएर एउटा नमुना जीवनयापन गर्न दादाजी सफल भए । स्रष्टा र साहित्यको अभिभावकत्व ग्रहण गरे । नेपाली भाषालाई पनि कम्प्युटरमैत्री बनाउन योगदान गरे । आगोझैं सल्किएर फेसबुकमा भाइरल बनेको छन्दफरदादाजीको हृयास ट्यागले त्यही बताएको छ । छन्दका १०१ कविताले त्यही बताएको छ । भूकम्पले भत्किए पनि बाँस र माटोको गारोको सहारामा पुनः ठडिएको मदन पुरस्कार पुस्तकालय भवनले त्यही संकेत गरेको छ । कमल दीक्षित डटकममा खुला किताबको रूपमा राखिएका ७५ वटा पुस्तकहरूले त्यही बताएका छन् ।
यो आलेखको आरम्भमा उल्लेखित श्लोकमा रामायणकी नायिका सीताले विकट परिस्थितिमा पनि आफ्नो आदर्श र सत्यनिष्ठाबाट विचलित हुन नहुने सन्देश दिएकी छन् । कुनै उपाय नभएको परिस्थितिमा बरु मृत्युवरणको विकल्प उत्तम हो भन्ने भाव पनि उनले उल्लेख गरेकी थिइन् । यही उपमा युवा कमलमणिमा पनि पाउन सकिन्छ । विद्या पुरस्कार निबन्ध प्रतियोगितामा रचना पठाएर गोरखापत्रमा छाप्ने काम नै मदन पुरस्कार स्थापना गर्ने रणनीतिअनुरूप गरिएको थियो । राणाशासनकाल जस्तो साहित्य र वाङ्मयको समृद्धिका लागि प्रतिकूल परिस्थितिमा पनि कालो बादलमा लुकेर रहेको चाँदीको घेरालाई देख्न सकेका थिए अर्जुन दृष्टिका धनी कमल दीक्षितले । राणाशासनकालदेखि साइबरकालसम्म अनवरत नेपाली भाषा साहित्यको सेवा गरी भविष्यका सन्ततिलाई समेत मार्गदर्शन गरिदिने सरस्वती साधकलाई नमन र हार्दिक श्रद्धाञ्जलि । 
पुस २१, २०७३
- See more at: http://ehimalayatimes.com/bichar-sahitya/6697#sthash.Cpvid25Q.S3TpAcdt.dpuf