Sunday, January 16, 2022

सिकाइको कमजोर धरातल

 एक प्रतिष्ठित निजी उच्चमाध्यमिक विद्यालयमा ‘ग्रोथ माइन्डसेट’ शीर्षकमा गोष्ठी आयोजना गरिएको थियो गोष्ठीमा सय अभिभावक सय जना शिक्षकशिक्षिका थिए गोष्ठीका संयोजकले फोन गरेर गोष्ठीमा प्रमुख वक्ता बन्न प्रस्ताव रँख्दै भनेका थिए, ‘प्रवचनलाई साढे एक घण्टा समय उपलब्ध हुनेछ।’ यस्तो कार्यक्रममा म स्लाइड प्रस्तुत गर्ने गर्छु सय जना श्रोतालाई डेढ घण्टा त्यस्तो गहन विषयमा प्रवचन दिनु चानचुने थिएन

सर, केही समयअघि यस्तै कार्यक्रममा एक जना डाक्टरसाबले स्लाइड प्रस्तुत गर्दा अभिभावकले खल्लो अनुभव गरे प्रवचनतिरै जाँदा कसो होला?’

प्रस्तुतिबारे चिन्ता नलिनोस् बरु श्रोता सभाकक्षको व्यवस्थापन मिलाउनुस्,’ मैले भनेँ

समकालीन नेपालका विज्ञ पगरी गुथेका अधिकांश अध्येतालाई वक्ता बन्न निम्तो आउँछ तर, श्रोताको स्तर र रुचि पर्वाह नगर्दा पहिलो निमन्त्रणा अन्तिम बन्न पुग्छ यस्तो पटके प्रवचनको बजार ठूलो

गोष्ठीमा मलाई मेरा समकक्षीले बिगारेको छवि सुधार गर्नुपर्ने थप चुनौती थियो एक दिनअघि नै विद्यालय पुगेँ कार्यक्रम हुने प्रज्ञा–कक्षको निरीक्षण गरेँ पर्दाको आकार, ध्वनि संयन्त्र जाँच गरेँ

कार्यक्रम हुने दिन म आधा घण्टाअघि विद्यालय पुगेँ माइक, प्रोजेक्टर आदि जाँच गरेँ प्रस्तोताको बोली पछाडिसम्म सुनिन्छ कि सुनिँदैन भनी निक्र्योल गरेँ यसैबीच प्राथमिक तहका संयोजकले शिक्षिकाको एक समूहसँग परिचय गराए उनी मभन्दा अग्ला अर्थात् फिटका रहेछन्

केही दिनअघि मसँग काम गर्ने एक अस्ट्रेलियन नागरिकले आफ्नो कद १९५ सेन्टिमिटर अग्लो भन्दा म आश्चर्यमा परेका थिएँ मेरो यी ‘छफिटे’ मित्रलाई उनीसँग तुलना गर्न मन लाग्यो

, मिसहरूलाई प्रश्न— छ फिट भनेको कति सेन्टिमिटर हो?’

मिसहरूले मुखामुख गरे कसैले फ्याट्ट उत्तर दिन सकेन एक शिक्षिकाले मोबाइल निकालिन् ‘क्यालकुलेटर चलाउन नपाई,’ मैले भनेँ

प्राथमिक तहमा गणित र विज्ञान पढाउनेसहित गरी लगभग १५ जनाको समूहले यति सामान्य प्रश्नको उत्तर दिन नसक्नु संयोग थिएन यो हाम्रो शिक्षा क्षेत्रको विकराल रूप देखाउने समुद्रमा डुबेको बरफको टुप्पो मात्र थियो मैले उनीहरूलाई हीनताबोध नहुने किसिमले फिटलाई सेन्टिमिटरमा बदल्ने तरिका सिकाएँ फिटलाई पहिले इन्चमा त्यसपछि सेन्टिमिटरमा लग्दा १८० सेन्टिमिटर हुन्छ भनेर हिसाब निस्कियो

आर्ट अफ लिभिङ’ अर्थात् जीवन कलाको विषयमा प्रवचन दिन भारतवाट एक प्रशिक्षक आएकी थिइन् त्यस्तो महत्त्वपूर्ण कार्यक्रममा विद्यालयका ञ्चालक, प्राचार्य वा सहप्राचार्यको उपस्थिति थिएन मलाई निमन्त्रणा दिने संयोजकसमेत थिएनन् यसले कार्यक्रम कर्मकाण्ड पूरा गर्ने सोचले प्रेरित थियो भन्ने स्पष्ट थियो

मैले प्रस्तुतिको सुरुमा मैले भनेँ, ‘यस्तो विषयमा उत्कृष्ट प्रस्तुति गर्न अनुसन्धान जरुरी पर्छ मैले अध्ययन गरेको विषय शिक्षणशास्त्र होइन मेरो प्रस्तुति तीन दशक लामो अध्यापन दुई सन्तानको अभिभावकत्व बहन गरेको अनुभवबाट सिकेका महत्त्वपूर्ण पाठहरूमा केन्द्रित हुनेछ।’

मैले नेपाल, भारत, थाइल्यान्ड, जापानका विश्वविद्यालयसँग जोडिएका मेरा अनुभव उल्लेख गरेँ ‘अहिले उच्च शिक्षा हासिल गरिरहेका विद्यार्थीले विद्यालयमा सिक्नुपर्ने धेरै पाठ या छुटाएको भेटिन्छ या उनीहरू गलत सिकाइको सिकार भएका हुन्छन् केही विद्यार्थी सामान्य विश्लेषणात्मक क्षमतासमेत प्रयोग गर्न सक्दैनन् अधिकांशका हस्तलिपि नबुझिने र नराम्रा हुन्छन् भूगोल सामान्य ज्ञानको कुरा धेरै परको भयो,’ मैले भनेँ

इन्जिनियरिङ विषय लिई स्नातक तह अध्ययन गर्ने विद्यार्थीले परीक्षामा सोधिएका केही प्रश्नका जवाफ उदाहरणका रूपमा प्रस्तुत गरेँ—

क्याम्पसको वरपर पाइने रूखको व्यास ३० किलोमिटर हुन्छ सुश्री परीको जुत्ताको लम्बाइ २४ फिट ‘म्यान होल’ मान्छे बस्ने ठाउँ हो वातावरण इन्जिनियरिङ भनेको इन्जिनियरिङको एक शाखा हो जसमा वातावरणसम्बन्धी अध्ययन गरिन्छ तरल अवस्थामा नभएको फोहोरमैलालाई ‘ठोस फोहोरमैला’ भनिन्छ।’

यो दृष्टान्तले शैक्षिक धरातल रसातलमा रहेको इंगित गर्छन् कतिपय शिक्षक यस्ता ‘अर्थ बर्थ’ का उत्तरलाई समेत ठीक–बेठीक छुट्याउन सक्दैनन् किनभने सिकाइ बुझाइमा रचनात्मक हिसाबमा औंलो ठड्याउने परिपाटी विकास भएन शिक्षकहरू विद्यार्थीको कापीमा रातो कलमले केर्ने या साहस गर्दैनन् या त उनीहरू पनि विपरीतधर्मी सिकाइको सिकार भई जड–जागिरेको पगरी गुथेर बसेका हुन्छन्

कक्षा १ का विद्यार्थीले पढ्ने ‘मेरो नेपाली किताब’ मा ‘झबाट झन्डा’ भन्ने बुझाउन झन्डाको चित्र देखाइएको छ तर, त्यो झन्डाको रङ श्यामश्वेत छ हामीले विद्यार्थीलाई ‘कालो झन्डा’ देखाएर नेपालको शान रंगीन झन्डा चिनाउने प्रयास गर्‍यौं यो क्रम पाँच दशकसम्म चल्यो

बालबालिकाको आचरण र अभिभावकको कर्तव्यसँग जोडिएको विषय सम्बोधन गर्दै केही दिनअघि फेसबुकमा पढेको एक प्रसंग सुनाएँ—

एक रात अर्जुनले अनौठो सपना देखेछन् एउटा गाईले आफ्नो नवजात बाच्छोलाई प्रेमले चाटिरहेको थियो गाई बाच्छोको प्रेममा यति डुबेको थियो कि चाट्दाचाट्दै बाच्छोको कोमल छालासमेत देखिन थालिसकेको थियो गाईलाई होसै थिएन बिस्तारै बाच्छाको शरीरवाट रगत निस्किन थाल्यो अन्त्यमा, बाच्छो बेहोस भएर भुइँमा ढल्यो।’

नि:सर्त मायाले उच्च जोखिम बोकेको हुन्छ भन्ने सन्देश दिने यो ‘गाई–बाच्छा’ को कथालाई आजका अभिभावकको चालचलन र सर्वसुलभ आधुनिक प्रविधिसँग तुलना गर्दै भनेँ, ‘आफ्ना सन्तानलाई अधिक माया गर्ने बेहोसी लहडले ससाना बाबुनानीलाई स्मार्ट फोन, आइप्याडलगायतका ग्याजेट्स दिन्छौं त्यहीं माया धेरै भएर विषको रूप धारण गरेको उनीहरूको सिकाइ बुझाइ प्रभावित भएको उनीहरू एकांगी स्वभावका भएका छन्।’

मैले कोही एक जना सहभागी उठिदिन भनेँ उनलाई एउटा प्रश्न सोध्न चाहन्थें तर, कसैले पनि उठ्ने आँट गरेन त्यसपछि मैले भनेँ, ‘अहिले तपाईंहरूका लागि नमुना बन्ने अवसर छ भरे घर गएर आज तिम्रो विद्यालयमा भएको कायक्रममा प्रश्नको उत्तर दिएर अरूले आँट नगरेको काम गरेँ भनेर आफ्नो बाबुनानीलाई सुनाउन सक्नुहुन्छ हिम्मत कसरी जुटाउने, मौका कसरी हात पार्ने भन्नेबारेमा बालबालिकाले अभिभावकबाट सहजै धेरै सिक्छन्।’

एक सहभागी उठिन् उनका दुई सन्तान रहेछन सानो कक्षामा पढ्दो रहेछ ‘सानो छोरालाई कुन जन्मदिनमा स्मार्ट फोन उपहार दिने विचार गर्नुभएको ?’ सोधेँ

दस कक्षासम्म नपुगुन्जेल उसलाई स्मार्ट फोन नदिने विचार गरेकी छु।’

तर, अरूका बुबाआमाले दिन्छन् साथीहरूले फोन उपहार पाएपछि उसले तपाईंलाई दबाब दिन्छ कसरी झेल्नुहुन्छ?’

सपाट उत्तर उनीसँग थिएन विषय आफैंमा पेचिलो थियो अध्ययन अनुसन्धान गर्नुपर्ने यस्तै विषयमा हो

हाम्रा अभिभावकका समस्या ‘अवास्तविक महत्त्वाकांक्षा’ सँग जोडिएका छन् यो विषयमा सन २०१७ को अर्थशास्त्र विषयका नोबेल पुरस्कार विजेता रिचर्ड थेलरले गहन अनुसन्धान गरेका छन् उनका अनुसार सबै अभिभावक आफ्नो सन्तान कक्षामा प्रथम होस् भन्ने महत्त्वाकांक्षा राख्छन तर, एउटा कक्षामा एक जना मात्र प्रथम हुन्छ यसले अभिभावकमा आफ्नो सन्तान कमजोर भएको भ्रम पैदा हुन्छ भ्रमले तनाव सिर्जना गर्छ

कार्यक्रममा एक जना अभिभावक चार कक्षामा पढ्ने छोरोसहित उपस्थित थिए ती अभिभावकले हात उठाए तर, मैले उनको छोरोलाई सोधेँ, ‘यो विद्यालयबाट सबैभन्दा नजिकको सरस्वतीको मन्दिर कुन हो?’

उसलाई जानकारी थिएन उसका बुबा पनि अनभिज्ञ थिए शिक्षकशिक्षिका–अभिभावक कसैलाई पनि जानकारी रहेनछ त्यहाँ सामाजिक शिक्षा पढाउने शिक्षिका पनि थिए जबकि त्यस विद्यालयवाट लगभग सय मिटरको दूरीमा सरस्वतीको प्रख्यात मन्दिर

अभिभावकले आफ्ना बालबालिकासँग ‘उत्तम समय’ बिताउनुपर्छ उनीहरूलाई आफूले काम गर्ने कार्यालय, नजिकका प्रख्यात आस्थाका केन्द्र वा पर्यटकीय केन्द्रमा घुमाउन लैजानुपर्छ उनीहरूसँग विविध विषयमा छलफल गर्नुपर्छ समग्रमा, उनीहरूका क्रियाकलापमा अभिभावकले पनि नियमित रूपमा अनुशासित भएर संलग्न हुनु अपरिहार्य छ यसले बालबालिकाको सिकाइ व्यक्तित्व विकास प्रभावकारी बन्छ

लेखक नेपाल विकास अनुसन्धान प्रतिष्ठानसँग आबद्ध छन्

प्रकाशित : मंसिर २६, २०७५

कान्तिपुर दैनिक

Tuesday, January 11, 2022

कोरोना भाइरसको अन्तर्य

 

चैत ८ गते शनिबार । बिहान ८ बजेको हुँदो हो । म जारको पानी ल्याइदिनु भन्ने सन्देश दिन छिमेकी पसलमा पुगेँ । पसल धनी दम्पतीले कोरोनाको कुरा निकाले । हामी रोकथामका उपायको चर्चा गर्न थाल्यौँ ।

रंगमञ्चमा एकाएक डोको बोकेकी एक अधबैँसे महिला उदाइन् ।

‘हरियो मकै लिनुस् । राम्रो छ ।’

मेरो ध्यानाकर्षण भयो । मैले उनलाई हातले इशारा गरेँ, ‘यता अलि वर आउनोस् न ।’

मेरो आशय मकै हेर्ने र किन्ने थियो । ती बिक्रेताको उदयले शनिबार दिउँसोको खाजामा मकै उसिनेर खाने विचार पलाएको थियो । उनले त मैले नसोचेको प्रतिक्रिया दिइन् ।

मकै बिक्रेता अघि आइनन् । पछि पो सरिन् ।

‘किन डराउनु भयो त ?’

मैले आश्चर्यमिश्रित तरिकाले सोधेँ ।

‘सबै डराएका छन् । तपाईं फेरी उल्टो नजिक आइज भन्नुहुन्छ ।’

उनले मुखौटो अर्थात मास्क लगाएकी थिइन् । मैले उनलाई पसलबाट एक घर पर रहेको मेरो निवास लिएर आएँ । अछाम रहेछ उनको घर । मैले मौकाको फाइदा उठाएर कोरोना भाइरसको कुरा निकालेँ ।

‘कत्रो हुन्छ नि कोरोना ?’

‘खै भुसुनो भन्दा नि सानो हुन्छ रे !’

उनले रोचक जवाफ दिइन् । मकै विक्रेता महिलासँग भेट भएको आज पाँच दिन भयो । समयको यो अन्तरालमा भाइरस सम्झिनासाथ महिलाले अनुमान गरेको ‘भुसोनो भन्दा सानो’ कथनले मलाई धेरै पटक बिउँझायो । भुसुनो र भाइरसको तुलनाले मष्तिष्कमा एक किसिमको हलचल ल्याइदियो ।

केही समयअघि नेपालका वरिष्ट वैज्ञानिक डा. दिनेश भुजुको सौजन्यमा म त्रिभुवन विश्वविद्यालय अन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थानका ४६ जना विद्यावारिधि तहका विद्यार्थीलाई पढाउन कीर्तिपुर पुगेको थिएँ । उनीहरुसँगको अन्तक्रियाले मलाई मेरो गुरुत्व फेरि सलबलाएको महसुस गरायो । त्यहाँको चमेना गृहमा भेटिएका बायोटेक्नोलोजीमा स्नातकोत्तर तहका विद्यार्थीलाई मैले सोधेको थिएँ, ‘कपालको रौँको मोटाइ कति हुन्छ ?’

मलाई व्याक्टेरियाको आकारलाई कपालको रौँको मोटाइ अर्थात व्याससँग तुलना गर्नु थियो । विद्यार्थीहरुले ब्याक्टेरिया वा भाइरसजस्ता सूक्ष्म किटाणुको आकार माइक्रोमिटरले नापिन्छ भन्ने त बुझेका थिए तर तिनको मापनको अन्दाज गर्ने सकेका थिएनन् ।

धेरै विद्यार्थी र पेशाधर्मीहरुले सूक्ष्म किटाणुका बारेमा पढेका हुन्छन् तर धेरै कमलाई मात्र यिनको आकारका बारेको व्यावहारिक ज्ञान हुन्छ ।

प्रोटोजोआ, ब्याक्टेरिया र भाइरस आदिलाई समग्रमा नेपाली भाषामा किटाणु भनिन्छ । यस्तै, ब्याक्टेरियालाई जीवाणु र भाइरसलाई विषाणु । विद्यालयदेखि नै यी विषयमा पढाइ हुन्छ ।

अहिले कोरोना भाइरसले संसारमा तहल्का मच्चाएको छ । यो विश्वव्यापी माहामारी अर्थात प्यान्डेमिकको प्रभावले कुनै व्यक्ति, समाज वा राष्ट्र अछुतो छैन ।

हजारौँको ज्यान गइसकेको छ । लाखौँ संक्रमित भएका छन् । विश्वमा नै अब के हुने हो भन्ने सन्त्रास फैलिएको छ ।

यसकारण यो लेखमा माथि उठाइएका विषयवस्तुको सेरोफेरोमा कोरोना भाइरसको आकार र यसले कसरी सामान्य व्यक्तिलाई संक्रमित बनाउँछ भन्ने बारेमा केही चर्चा गर्ने प्रयास गरिएको छ ।

सर्वप्रथम, कोरोनाले बटुलेका शब्दको हिज्जेमा विचार गरौँ । कोरोना भाइरस डिजिज २०१९ को छोटकरी रुप कोभिड—१९ हो । कोरोना भन्ने नाम चाहिँ विश्व स्वास्थ्य संगठनले जुराएको हो ।

कोरोनाको प्रकृतिसँग मिल्ने योभन्दा पहिले विश्वमा देखापरेका रोगहरुमा सार्स र मर्स पर्दछन् । सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोमको छोटो रुप सार्स हो ।

यो सबैभन्दा पहिले सन् २००३ मा एशियामा देखिएको थियो । मिडल इस्ट रेस्पेटरी सिन्ड्रमको छोटो रुप मर्स हो । सन् २०१२ मा सउदी अरेबियामा शुरु भएको मर्स रोग २७ वटा मुलुकमा फैलिएको थियो ।

कोभिड—१९ लगायतका तिनै किसिमका संक्रमणहरु कोरोना भाइरसका कारण भएको बताइएको छ । यो भाइरसको मुख्य स्रोत चमेरो भएको र मान्छेलाई संक्रमण गर्नुअघि कुनै अर्को जनावरलाई माध्यम बनाउने अनुमान गरिएको छ ।

अब प्रश्न उठछ— यो संसारलाई नै हल्लाउन सक्ने क्षमता राख्ने विषाणुको ज्यान कत्रो होला ?

यसलाई बुझ्न अघि हाम्रा नाङ्गा आँखाले कति सानो वस्तुलाई स्पष्ट देख्न सक्छन् भन्ने विषयमा चर्चा गरौँ ।

मकै बेच्ने महिलाको भनाइ एक अर्थमा सही ठहर्छ । हाम्रा आँखाले सम्भवतः देख्न सक्ने सबैभन्दा सानो किरा भनेको भुसुनो नै हो ।

एक कविले त मुक्तक नै लेखेका छन्—
‘आँखामा भुसुनो पसे झिक्न साथी चाहिन्छ ।’
स्पष्ट छ, भुसुनो सानो जीव भएको हुनाले आँखामा पसेमा निकाल्न असाध्य नै कठिन हुन्छ ।

भुसुनालाई अंग्रेजीमा ‘नाट’ (पहिलो अक्षर जी उच्चारण हुँदैन) भनिन्छ । यसको आकार सालाखाला २ मिलिमिटर जति हुन्छ ।

तोरी वा कोदोको दाना भुसुनोकै आकारको हुन्छ । बालुवाको कण पनि यस्तै सानो हुन्छ ।

आँखाले भुसुनो भन्दा पनि सानो चिज देख्न सक्छ । जस्तै— कपालको रौँ, सियोको टुप्पो वा ब्लेडको धार ।

हाम्रो शरीरको सतहमा भएका आँखाले देख्न सकिने वस्तुमा कपालको रौँ, नाकको रौँ वा हात पाखुरामा हुने रौँहरु र आँखाका परेला हुन् । घडी वा मोबाइलको प्रचलनअघि हाम्रा हजुरबा हजुरआमाहरुले झिसमिसेलाई इंगित गर्दै भन्ने गर्थे— नाडीका रौँ देखिए, अब उज्यालो भयो, काममा निस्किए हुन्छ ।

कपालको रौँको मोटाइ वा तोरीको दाना भुसुनोको आकारभन्दा लगभग २० गुणा कम हुन्छ । यो भनेको ०.१ मिलिमिटर अथवा १०० माइक्रोमिटर हो ।

सियोको टुप्पोको व्यास वा ब्लेडको धार वा फोटोकपी गर्ने सेतो कागतको मोटाइ पनि कपालको रौँको मोटाइकै हाराहारीमा हुन्छ ।

सामान्यतया ब्याक्टेरिया अर्थात जीवाणुको आकार १ माइक्रोमिटर जति हुने भएकोले सियोको टुप्पोमा १०० वटा जीवाणु अटाउँछन् भनेर बुझ्न सकिन्छ ।

भाइरस अर्थात विषाणुको आकार भने न्यानोमिटरमा नापिन्छ । अहिले महामारी फैलाइरहेको कोरोना भाइरसको आकार भने ५० देखि २०० न्यानोमिटर रहेको पुष्टी भएको छ ।

यो हिसाबमा जीवाणुभन्दा यो औसतमा दश गुणाले सानो भयो । यसको अर्थ सियोको टुप्पोमा १००० वटा विषाणु अटाउन सक्ने भयो । अथवा एउटा भुसुनो बराबर २००० वटा जीवाणु वा २०,००० वटा विषाणु हुन सक्ने भयो ।

यसलाई सजिलोको लागि बुझ्न भुसुनो, जीवाणु र विषाणुका आकारलाई हात्ती, खरायो र स्याउसँग दाँज्न सकिन्छ । हात्तीको तौल ५ टन जति हुन्छ र यसको कद ५ मिटर जति अग्लो हुन्छ । यो हिसाबमा हात्तीको अघि माउ खरायोजत्रो देखिन्छ भुसुनोको अघि जिवाणु पनि त्यत्रै देखिनु पर्ने हो ।

हाम्रा आँखाले कपालको रौँभन्दा साना वस्तु देख्न सक्दैनन् । यस्तै माउ खरायोको अघि स्याउ जति सानो देखिन्छ, जीवाणुको अघि पनि विषाणु त्यति नै सानो देखिन्छ । यो काम माइक्रोस्कोपले मात्र गर्न सक्छ ।

अहिले सञ्चारमाध्यममा देखाइएका कोरोना भाइरसका तस्विरहरु माइक्रोस्कोपको सहायताद्वारा हजारौँ गुणा ठूलो पारिएका हुन् ।

यसरी कोरोनाको संक्रमणमा परेका वा सामान्य रुघाखोकी लागेका बिरामीको शरीरमा संवाहक व्यक्ति वा जनावरको माध्यमबाट विषाणुहरु प्रवेश गर्छन् ।

संक्रमित व्यक्तिको सम्पर्कमा आएका सामान्य व्यक्तिहरुको श्वासप्रश्वास प्रणालीको मुख्य अंग फोक्सोमा रहेका वायुथैलीमा यी विषाणुले प्रवेश पाउँछन् । हाम्रो फोक्सोमा रहेका करौँडोको संख्याका वायुथैलीहरु आकारमा विषाणुभन्दा अलि ठूला हुन्छन् ।

वायुथैलीको काम रगतका नलीले बोकेर ल्याएको कार्वनडाइअक्साइड ग्रहण गर्ने र अक्सिजनलाई रगतमा पठाउने हो । विषाणुले वायुथैलीभित्र रहेका प्रोटिनका अंशमा आक्रमण गरी आफ्नो वृद्धि गर्ने काम गर्छन् ।

सरुवा रोगका विशेषज्ञ डा. विलियम स्काफनरले यो कुरालाई सरल ढङ्गले बुझाएको कुरो न्यु योर्क टाइम्सले केही दिन अघि छापेको थियो । उनले कोष र विषाणुको संवादशैली कल्पना गरेछन् । वायुथैलीमा पुगेर कोषको प्रोटिनलाई आक्रमण गरेको कोरोना विषाणुले भन्छ रे—

‘तिम्रो यथास्थितिको काम अब बन्द गर । अब मेरो वृद्धि गर्ने काममा सहयोग गर ।’

यसरी कोषमा कोरोनाले सिर्जना गरेको विषम परिस्थितिका अघि शरीरको प्रतिरोध क्षमता निहीह भयो भने विषाणुको वृद्धि हुन्छ ।

विषाणुको संख्यात्मक वृद्धिसँगै वायुथैली र रक्तकेशिकाको बीचको पर्दा च्यातिन्छ अनि वायुथैलीको वरिपरि र यिनकै भित्री सतहमा पानी जम्मा हुन्छ । अन्ततोगत्वा वायुथैलीहरु काम गर्न नसक्ने अवस्थामा पुग्छन् ।

यसरी कोरोना कहरको अन्तर्य बुझ्दै जाँदा यसको रोकथाम र प्रतिघातका लागि अहिलेसम्म सशक्त मानिएका एकान्तबास र हुलमुलबाट जोगिने तौरतरिकामा सबैको ध्यानाकर्षण भएको छ ।

अहिले नेपाल लगायत विश्वका अधिकांश मुलुकका नागरिकहरु बन्दघर वा बन्दकोठामा आफूलाई सीमित राख्न बाध्य भएका छन् । यस अर्थमा हाम्रा गाउँघरका करेसाबारी, फूलबारी, आँगन, सिकुवा, मजेरी र गाईगोठका संरचना सहितका घरहरुको सम्झना खासगरी शहरका बन्द कोठामा बस्न बाध्य भएका सर्वसाधारणले गरेका छन् ।

गाउँघरमा ‘म घरमा छु’ भन्नुको अर्थ र शहरमा ‘म घरमा छु’ भन्नुको फरक अहिले हामीलाई अनुभूति भएको छ । पातलो जनसंख्या हुनु र एउटा घरबाट अर्को घरको दूरी पर्याप्त हुनुको महत्व हामीलाई कोरोनाले बुझाएको छ ।

काठमाडांै लगायतका अन्य शहरमा बनेका झ्याल नभएका, प्राकृतिक हावा नचल्ने, आँगन नभएका बन्द घरमा ‘कोरोना कहरको बन्दी’ हुनुको पीडा एकातिर छँदैछ । यसको निकास कसरी हुने भन्नेमा अर्को प्रमुख चिन्ता छ ।

यस्तै बेलामा हो आफ्ना अभिभावकसँग सल्लाहा लिएर आत्मविश्वासको आयतन बढाउने । शनिबार बिहान मकैवालीसँग कुरा भयो । दिउँसो आमासँग फोनवार्ता भयो । मैले आमालाई सोधेँ, ‘यस्तो माहामारी पहिला कहिले भएको थियो ?’

आमाले भन्नु भयो, ‘किन नहुनु । अपुर्वे खटिरोले सारा संसार सोतर भएको थियो । हाम्रै एक आफन्तका पाँचजनाको परिवारमा दुई जना स्वाहा भएका थिए । बिराम सर्ने डरले बितेका मान्छेको सदगति गर्नसमेत मुश्किल भएको थियो ।’

आमाको तात्पर्य बिफर रोगको महामारी थियो भन्ने मैले बुझेँ । मेरो अनुमानमा २०१२—१३ सालतिरको घटना होला ।

यस बारेमा यकिन गर्न ‘नेपालमा महामारीको इतिहास’ विषयमा गुगल खोजी गरेँ तर जानकारी पाउन सकिनँ । मलाई आमाको आत्मविश्वास देखेर केही सान्त्वना मिलेको आभास भयो ।

साभार :  https://www.khabarhub.com/2020/25/145368/


Wednesday, December 15, 2021

सूत्राधारको बाघचिप्ली दुर्घटना

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रे जिल्लाका धरतीपुत्र एवं तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको काभ्रेकै धरतीमा बेजोडको तारिफ गरे । मुलुकको बागडोर सम्हालेको दुई तिहाइको सरकारको बलिया हस्ती मानिने नेताका बारेमा प्रमुख कार्यकारीले गरेको त्यो टिप्पणी अझै धेरैको मनमा गढेको छ । 

‘काभ्रे प्रतिभा जन्माउने ठाउँ हो । प्रतिभा जन्माउने जिल्ला हो । यो कुरा क्रमशः प्रकट हुँदै गएको छ । आज देशमा राजनीतिक तुलो राख्ने हो भने तुलाको एकातिर गोकुल बाँस्कोटा अर्कातिर अरू सबैजस्तो भएको छ । सरकारको विरोध गर्नुप¥यो भने गोकुल बाँस्कोटातिर हेर्नेबित्तिकै चुप लाग्छन् ।’

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्रीको उनकै गृह जिल्लामा सरकार प्रमुखले गरेको यस्तो तारिफलाई उनको नेतृत्वयात्रामा कोशेढुंगा भएको अनुमान धेरैले गरे । काभ्रे जिल्ला नेपालका ७७ मध्ये खास जिल्लाको रूपमा मानिन्छ । नेपालको विविधता मिसिएको भूगोलसँग जोडेर काभ्रे, स्याङ्जा, झापा र जुम्लाजस्ता जिल्लाका बासिन्दालाई अरूभन्दा चलाख ठान्ने परम्परा रहिआएको छ । ठट्टा गर्दा लोकले काभ्रे जिल्लाका सर्वसाधारण समेतलाई प्रधानमन्त्रीले दिएको जस्तो उपमा दिने गरेको छ ।

‘काभ्रेलीले जन्मदै नौ कक्षा पास गरेको हुन्छ’ भनिन्छ तर प्रधानमन्त्रीले गोकुलको वृत्तिविकासमा अभिवृद्धि गरेको यो मूल्यको चेक साटिन पाएन । नियतिको खेलले अर्कै रूप लियो । राजनीतिक सगरमाथाको चुचुरोमा पाइला टेक्न लागेका गोकुलको जीवनमा एकाएक हिमपहिरो गयो । उनी गल्र्यामगुर्लुम ढले । सेक्युरिटी प्रेसको खरिद प्रक्रियामा लेनदेनको कुराकानी गरेको श्रव्यदृश्य सामग्रीको सार्वजनिकीकरणपछि उनले मन्त्रिपदबाट राजीनामा दिए । प्रधानमन्त्रीले भने जस्तो भएन । असन्तुलित उत्तोलकझैँ गोकुलतराजु एकाएक आकाशमार्गमा उछिट्टियो । 

गोकुलको चिप्लेटी दुर्घटनालाई नेपाली जनमानसमा भिजेका दुई खेलसँग तुलना गर्न सकिन्छ । पहिलो हो बाघचिप्ली । यो खेलमा पानी परेको बेला चिप्लो सतहमा शरीरको सन्तुलन मिलाउँदै चिप्लेर मजा लिइन्छ । भिरालो सतह भयो र रातो माटोको चिप्लेटी भयो भने त्यसले थप आनन्द दिन्छ । विशेष महŒवको कुरा व्यक्त गर्न ‘बाघ’, ‘सिंह’, ‘शेर’ आदि शब्द प्रयोग गरिन्छ । सिंहदरबार, समशेर आदि यस्ता शब्द हुन् । ‘बाघचिप्ली’ शब्दको आशय पनि त्यस्तै हुनुपर्छ । त्यसो त बाक्लो हिउँले ढाकिएका क्षेत्रहरूमा खेलिने साहसिक खेल स्की पनि बाघचिप्ली जस्तै हो । 

शरीरको सन्तुलन मिलेन वा अप्रत्याशित रूपमा कुनै अवरोध आयो भने स्की वा बाघचिप्ली जस्ता खेलहरूले ज्यानै लिने वा अंगभंग हुनेसम्मको क्षति गर्न सक्छन् । अमेरिकामा मात्र सालको ४०–५० जना स्की खेलाडीको ज्यान जाने गरेको छ । यसकारण बाघ वा सिंहको जस्तो शक्ति भएका र आँट पनि भएकाले मात्र बाघचिप्ली वा स्कीको मजा लिन सक्छन् । गोकुल प्रकरण पनि बाघचिप्ली वा स्की खेलमा हुनेजस्तो एक भीषण दुर्घटना हो ।  

त्यस्तै प्रकृतिको अर्को लोकप्रिय खेल ‘सर्प–सिँढी’ हो । यसलाई ‘लुँडो’ पनि भन्छन् । यसमा भने वरदान र अभिशापलाई इंगित गर्ने दुई महत्वपूर्ण परिस्थिति पाइन्छन् । यो खेलमा एकदेखि सयसम्म लेखिएका कोठाहरूमा गोटी सार्दै लानुपर्छ । सिँढीको फेद भएको कुनै कोठामा गोटी प-यो भने त्यो वरदान सावित हुन्छ । सिँढी चढेर छलाङ मार्दै गोटी एकै चोटी ठूलो अंक भएको कोठामा पुग्नसक्छ तर यसको विपरीत लामो सफलता हासिल गरिसकेको गोटी सर्पको मुख भएको कोठामा प-यो भने त्यो अभिशाप सिद्ध हुन्छ र पहिरोमा परेर बगेजस्तो सानो अंक भएका कोठामा गोटी आइपुग्छ । 

यसरी १०० अंक भएको कोठामा पुगेर विजेता बन्न सर्पका मुख भएका धेरैवटा कोठाहरू नाघेर जानुपर्ने हुन्छ । प्रायःजसो ९८ वा ९९ मा एउटा यस्तो विशेषता भएको मूलखड्गो हुन्छ किनभने त्यहाँ सर्वाधिक लम्बाइको सर्प मुख बाएर बसेको हुन्छ । त्यो खड्गो काट्न सक्ने भाग्यमानीमात्र विजेता हुन सक्छ ।

सर्प–सिँढी खेलको अभिशापको प्रतीकको पछिल्लो उदाहरण बनेका छन् बाघजस्तो डुक्रिने क्षमता भएका काभ्रेका धरतीपुत्र गोकुल बाँस्कोटा । धेरैले उनलाई प्रधानमन्त्रीका सबैभन्दा नजिकका विश्वासपात्र ठान्थे । बालकोटस्थित ओलीनिवास नै उनको निवास थियो । नोबेल पुरस्कार विजेता डेनियल कानेम्यानले विश्वप्रसिद्ध पुस्तक ‘थिंकिङ फास्ट एण्ड स्लो’ मा आफ्नो थातथलोको महत्वको बारेमा व्याख्या गरेका छन् । उनका अनुसार जसको मैदान हो उसैले खेल जित्ने सम्भावना प्रबल रहन्छ । यो सिद्धान्त मान्छे र जनावर दुवैमा लागु हुन्छ । नेपाली जनजिब्रोको उखान ‘वनको बिरालो घरको बाघ’ ले पनि त्यस्तै भन्छ । सरकारका प्रवक्ता र प्रधानमन्त्रीका दाहिने हात भएकाले गोकुल आफूलाई धेरै शक्तिशाली ठान्थे । 

उनको यो उन्मादी रजाइँको एकाएक पटाक्षेप भएको छ । उनी पनि सम्भवतः ९९ नम्बरको कोठामा मुख बाएको सर्पको शिकार भएका छन् । चार दशकको चट्टानजस्तो राजनीतिक इतिहासको पृष्ठभूमिमा उभिएका उनी सर्प–सिँढीको ९७ नम्बरको कोठामा पुगेर इन्द्रासनमाझैँ विराजमान थिए । उनले चालेको गोटीले ३ अंक पल्टाएर उनी सय नम्बरको कोठामा पुगेका भए आफूलाई चक्रवर्ती नै भएको ठान्थे होलान् तर त्यस्तो भएन । उनले चालेको कदमले अंक २ लाई सतहमा ल्यायो । 

यसकारण गोकुल ९९ नम्बरको कोठमा पुगे जहाँ सर्प मुख बाएर बसेको थियो । त्यो काल कोठरीमा पसिसकेपछि ‘इन्द्रका बाउ चन्द्र’ को कवचले पनि काम गर्न सक्ने कुरो भएन । बालकोटको बाघको खोरले थाम्न सक्ने कुरो भएन । एकाएक देउपुर मन्डनवासी जनताले अनुत्तीर्ण भएको अनुभूति गरे । गोकुललाई मत दिने जनताले अप्रत्यासितरूपमा ‘औंसीको कालो रात’ अनुभव गरे, जो उनीहरूको कल्पनामै थिएन । 

मित्रराष्ट्र भारतका इन्जिनियरिङ विषयका एक प्राध्यापकले उनलाई सम्मानको दोसल्ला प्रदान गर्ने स्वजनहरूलाई सम्बोधन गर्दै भनेका थिए, ‘सम्मान तीन किसिमका हुन्छन् । पहिलो, जन्मदै लिएर आएको सम्मान । दोस्रो, जीवनकालमा आर्जन गरेको सम्मान । तेस्रो, आफ्ना सन्तान, अनुयायी वा विद्यार्थीका कारणले सिर्जित सम्मान ।’

राणाकाल र शाही शासनकालमा जर्नेल वा राजकुमारहरू जन्मदै सम्मान लिएर आउँथे । यसो हुन कारक हुन्थ्यो उनका पिता पुर्खाको पौरख वा प्रसिद्धि । कसैले जन्मदै ‘नाति जर्नेल’ को पदवी पाउँथे वा राजा बितेपछि उनको जेठो छोरो स्वतः श्री ५ महाराजधिराज हुन्थ्यो । दोस्रो, आफ्ना पौरखले सत्कर्म वा कुकर्म जे गरे पनि पाउने सम्मान वा दुर्नाम हो । 

सत्कर्म गरेर त्यो सम्मान पाउने राजनेताहरूमा पृथ्वीनारायण शाह, बिपी कोइराला वा मदन भण्डारी पर्छन् । सबैभन्दा ओजस्वी भनेको तेस्रो किसिमको सम्मान हो । विद्यालयमा वा विश्वविद्यालयमा अध्यापन गर्ने गुरुहरू गर्वका साथ भन्ने गर्छन्, ‘फलानो मन्त्री वा सांसदलाई मैले पढाएको हुँ ।’ अर्थात छोराको प्रसिद्धिले बाबुआमालाई सम्मान मिल्छ । अनुयायीको प्रतापले नेतालाई । पूर्व विद्यार्थी प्रतिष्ठाले गुरुलाई । 

गोकुल साप–सिँढीरूपी राजनीतिक खेलको कोठा नम्बर १०० मा पुगेका भए यसले ओलीलाई ठूलो सम्मान प्राप्त हुन्थ्यो । तर, ‘बाउको बिँडो थाम्ने’ अथवा बाउआमाभन्दा पनि धेरै यश कमाउने पात्रहरू नेपालको इतिहासमा धेरै कम छन् । यसको विपरीत बाउआमाको प्रतिष्ठा खोलामा बगाएर खलनायकको भूमिकामा कुख्याति कमाउनेहरूको संख्या भने अनगन्ति छ । पूर्वराजा ज्ञानेन्द्रका छोरा पारस, पूर्व माओवादी नेता प्रचण्डका छोरो प्रकाश अहिले आएर ओलीको धर्मपुत्र भनिएका गोकुल यो सूचीको अग्रपंक्तिमा आउने पात्र बनेका छन् । 

नेपाली राजनीतिमा भ्रष्टाचार, यौन दुराचार अधिकार दुरुपयोगरूपी सर्पहरूको शिकार भएर राजनीतिक जीवनमा कहिल्यै फेरि नउठ्ने गरी भासिने नेताहरूको सूची लामो हुने क्रम जारी छ । पूर्वसभामुख कृष्णबहादुर महरा र प्रदेश ३ का पूर्वमन्त्री केशव स्थापितको राजनीतिक पुँजी स्खलन हुनुको कारण अतिशय यौनजन्य क्रियाकलापका आरोप थिए । नेकपाका नेता विष्णु पौडेललाई जग्गा किनबेचको सर्पले डस्यो । हालसालै गोकुल र केही दिनअघि उपप्रधानमन्त्री विजय गच्छदार भने भ्रष्टाचार प्रकरणमा फसे । 

आखिर किन सर्पका शिकार हुन्छन् त राजनेता बनेर मुलुककै कायापलट गर्न सक्ने पात्रहरू ? समाजमा भेटिने खास विशेषता भएका व्यक्तिहरूका बारेमा महाभारत ग्रन्थमा एउटा श्लोक छ । 

शतेषु जायते शूर, सहस्रेषु च पण्डितः ।

वक्ता दशसहस्रेषु, दाता भवति कोटिषु ।।

श्लोकका अनुसार अनियोजित भीडका एक सय जना मान्छेमा एउटा शूरो भेटिन्छ । एक हजारमा एउटा विद्वान भेटिन्छ तर असल वक्ता दशहजारमा एकमात्र हुन्छ । यी पात्रभन्दा पनि दाता विरलै भेटिन्छ जो करोडमा एक हुन्छ । असल नेता वा चामत्कारिक नेता पनि दाताकै तहमा हुन्छ । यसको मतलब नेपालको अहिलेको जनसंख्याको हिसाबले तीन जनामात्र करिस्म्याटिक वा चामत्कारिक नेता हुनसक्ने भए । सम्भवतः नेपालको कायापलट गर्न सक्ने नेता रंगमञ्चमा नदेखिनुको कारण यही हुन सक्छ । 

‘नेतृत्व कौशल’ विषयका अध्येताहरू शास्त्रले भनेको माथिको दृष्टान्तलाई सत्य मान्छन् किनभने यो प्रकृतिको नियम हो । अधिकांश साधारणजनको चिन्तन र आचरण औसत हुन्छ । उनीहरूसँग ‘जोखिम मोल्ने’ वा ‘काममा नचुक्ने’ क्षमता अदभूत हुँदैन । चामत्कारिक नेताले यी विशेषताहरूको गहना लगाएको हुन्छ । ऊ अनुशासित हुन्छ । नित्य साधनालाई आफ्नो दिनचर्याको अभिन्न अंग बनाउँछ । यसैले सामान्य गृहस्थी गर्ने पात्रहरू लाखौं करोडौंको संख्यामा भेटिन्छन् । 

उनीहरूसँग दाता वा नेताको जस्तो अद्वितीय क्षमता हुँदैन । गोकुललाई उनका धर्मपितासमेत मानिएका नेता केपी ओलीले सर्प–सिँढी खेलमा जस्तै ‘तथास्तु’ को जलप लगाएका सिँढी चढाइदिएकोले उनी इन्द्रासनको मजा लिने ठाउँसम्म पुगेका रहेछन् । यो अहिले जगजाहेर कुरो हो तर चामत्कारिक नेताहरू आफ्नै मिहिनेत र बुद्धि प्रयोग गरेर त्यस्ता सिँढी चढ्छन् । कसैको निगाह र आशीर्वादले होइन । 

राजनेताहरूका मौलिक आनीबानी र शैली हुन्छन् । जापानमा लामो समय प्रधानमन्त्रीको पदमा टिकेका जुइचिरो कोइजुमीको लामो कपाल धेरै चर्चामा थियो । नेपालका केही नेताहरूको भने आफूले प्रयोग गर्ने मौलिक थेगोका कारण विशेष चर्चामा छन् । नेकपाका अध्यक्ष प्रचण्डले ‘मने’ थेगो प्रयोग गर्छन् । कांग्रेसका नेता शेरबहादुर देउवाको थेगो ‘भन्देखिलाई’ हो । गोकुलले प्रयोग गरेको ‘हेप्नी’ भन्ने शब्द खुब चर्चामा रहृयो । उनले सरकारको बचाउ गर्दै भनेथे ‘दुई तिहाइको सरकारलाई हेप्नी ? नटेर्नी ?’

देउसी कार्यक्रमको आयोजना गर्ने सिस्नु पानी नेपालले ‘दुई तिहाइ सरकारलाई हेप्नी हो ?’ भन्ने बोलमा देउसी गीत नै बनाएर धेरैलाई हँसाएको थियो । अब त्यो इतिहास भएको छ । गोकुल प्रकरणपछि बालकोटका बासिन्दाले गोकुललाई ‘बालकोटको बाघखोर’ छोड्न भनेछन् भन्ने खबर छापामा आएको छ । बालुवाटारमा यसै विषयलाई लिएर प्रदर्शन गरेको साझा पार्टीको एउटा प्लेकार्डमा गोकुल थेगोको परिवर्तित रूप थियो । ‘जनतालाई हेप्नी ?’

माथि उल्लेख भएजस्तो सर्प–सिँढी खेलको मौलिकता भनेको विजेता बन्न लागेको गोटी पनि सर्पले खायो भने त्यो पुछारमा आउन सक्नु हो । पुछारमा आएको गोटीमाथि प्रतिद्वन्द्वी खेलाडीको गोटी प¥यो भने पहिलो काटिन्छ र खेलको आरम्भमा पुग्छ । यसरी त्यो काटिएको गोटी चलाउने खेलाडीले फेरि १ वा ६ ल्याएर आफ्नो गोटी ब्युँताउनुपर्ने हुन्छ । गोकुल अहिले सर्पको आक्रमणले पुछारमा मात्र पुगेका छन्, खेलबाट बाहिरिएका छैनन् । 

नेपाल हो, गैँडाको जस्तो रक्षाकवच भिरेका खेलाडीहरू प्रायद्यजसो खेलबाट बाहिरिँदैनन् । नैतिक र चारित्रिक हिसाबमा पतन भएका पात्रहरूलाई अर्को चुनावमा जनताले सर्वस्वसहित जमानत जफत गराउने वा चारभञ्ज्याङ कटाउने प्रथा प्रचलनमा छैन । गोकुल वा अन्य नैतिक रूपले स्खलित भएका नेताहरूको हकमा यो लागु होला कि नहोला, त्यो हेर्न बाँकी नै छ । 

नेपालको पहिलो महिला प्रधानमन्त्री को हो ?

लोकसेवा आयोगले लिने परीक्षाहरूमा सामान्य ज्ञानका प्रश्नहरू सोधिन्छन् । यस्ता प्रश्नहरू प्रायजसो इतिहास, भूगोल वा राजनीतिक व्यवस्थासँग जोडिएका हुन्छन् । कल्पना गरौँ ! नेपालको इतिहासको एउटा यस्तो प्रश्न सोधियो– नेपालको पहिलो महिला प्रधानमन्त्री को हुन् ?

सरकारी सेवामा प्रवेश गर्न योग्य उम्मेदवारहरू चयन गर्ने नेपालको एक मात्र स्वतन्त्र निकायको प्रश्नावलीमा उक्त प्रश्न अहिलेसम्म नपरेको हुन सक्छ । लोकसेवा आयोगको मात्र नभएर हाम्रो मुलुकमा विद्यालयदेखि उच्च शिक्षासम्म प्रचलित परीक्षा प्रणालीले सिर्जनात्मक चेत होइन, स्मरण शक्तिको जाँच गर्छ ।

दुई वर्षदेखि कोभिड–१९ को प्रकोपले विश्व नै आक्रान्त बनेको छ । नेपालमा पनि यसको ठूलो असर परेको छ । नेपाल सरकारले २०७७ साल चैत ११ गते पहिलो लकडाउन घोषणा गर्‍यो । नेपाली जनताले राजनीतिक अभिष्टका कारण विभिन्न स्वार्थ केन्द्रले आह्वान गरेका ‘नेपाल बन्द’ को चपेटामा परी स्वतन्त्ररूपले गर्न पाइने आफ्ना गतिविधिमा रोक लगाइएका कुसंस्कार भोग्दै आएका थिए ।

कोरोना भाइरसको प्रसार रोक्न सरकारले नै ‘नेपाल बन्द’ आह्वान गर्‍यो । पूर्वजहरूले कहिल्यै नब्योहोरेको त्रासदी भोग्नुपर्‍यो । यातायात ठप्प भयो, बजार बन्द भयो, अर्थतन्त्र चौपट भयो ।

तर सबै नराम्रो भएन । कोभिड–१९ को प्रलयभित्र लुकेको चाँदीको घेराले अहिलेसम्म पनि नपल्टिएका केही भीमकाय ढुङ्गाहरू पल्टायो । विश्वमै इन्टरनेटको माध्यमबाट अन्तरक्रिया गर्ने र सभासम्मेलन गर्ने काम घाताङ्कीयरूपमा वृद्धि भयो । मोबाइलबाट वित्तीय कारोबार गर्नेदेखि भर्चुअल चौतारीमा विद्यार्थीको कक्षा चलाउनेजस्ता गतिविधि ह्वात्तै बढे । अर्थशास्त्रीले ठहर गरे– विगत २० वर्षमा नेपालले सञ्चार र प्रविधिमा जुन उपलव्धि हासिल गर्नसकेको थियो त्यही बराबरको उपलव्धि कोभिड–१९ को प्रकरण अवधिमा भएको छ ।

कोभिड–१९ नियन्त्रणमा नीतिगत सहयोग पुर्‍याउँदै आएको एक सञ्जालले विश्व नारी दिवसको अवसर पारी भर्चुअल चौतारीमा ‘नेपालको द्रुत आर्थिक विकासका लागि नारी नेतृत्व’ शीर्षकमा एउटा कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा नेपालको राजनीतिमा नारी नायकत्वको अभियानसँग जोडिएको ‘पहिलो महिला प्रधानमन्त्री’ बारे यो आलेखको शीर्षक प्रश्न सोधिएको थियो ।

यसरी लोकसेवाले नसोधे पनि कोरोनाकालले राजनीतिक र गैरराजनीतिक वृत्तका केही अगुवा महिलालाई यो प्रश्नको भुँवरीमा पार्‍यो । उत्तरमा धेरै नामहरू आए । कसैले द्वारिकादेवी ठकुरानीको नाम लिए । केहीले शैलजा आचार्य हो भनेर ठोकुवा गरे । कतिपयले सुजाता कोइरालाको नाम लिए त कतिले विद्यादेवी भण्डारी पनि भने ।

नेपालको इतिहासमा सूचीकृत अब्बल महिलाहरूको पङ्क्तिमा द्वारिकादेवी ठकुरानीको नाम शीर्षस्थानमा पक्कै छ तर उनी प्रधानमन्त्री नभएर उपमन्त्री थिइन् । उनी निर्वाचित पहिलो महिला सांसद पनि थिइन् । विकिपिडियाका अनुसार ब्राह्मण परिवारमा जन्मिएकी ठकुरानीले १९९२ सालमा अन्तर्जातीय बिहे गरेकी थिइन् ।

कांग्रेस नेतृ शैलजा आचार्य पहिलो उपप्रधानमन्त्री हुन् । २०१७ सालमा राजा महेन्द्रलाई कालो झण्डा देखाएर तीन वर्ष जेल परेकी थिइन् । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता कोइराला पनि उपप्रधानमन्त्री भइन् ।

यसरी अगुवा महिला भएर पनि आफ्नो मुलुकको शासन सत्ताको शीर्षस्थानका पदहरूको भेद छुट्याउन नसक्नु र झिनोमसिनो प्रश्नको उत्तर पनि दिन नसक्नु अहिलेको युवा पुस्ताको प्रमुख समस्या हो । यसबाट एउटा निचोडमा पुग्न सकिन्छ– नेतृत्वको ठाडो भर्‍याङ चढ्नेमा हुनुपर्ने पहिलो योग्यता आफ्नो सरोकारको राजनीतिक या अन्य विषयको चेतको फराकिलो दायारा हो ।

नारी दिवसको कार्यक्रममा सहभागी राजनीतिक वृत्तमा आफ्नो वृत्ति विकासको भविष्य कोर्न तम्सेका केही युवा नेत्रीहरूलेसपाट उत्तर दिए– नेपालमा अहिलेसम्म कोही पनि महिला प्रधानमन्त्री भएका छैनन् ।

यसरी यो प्रश्नको भुँवरीमा फसेर सही उत्तरलाई आफ्नो चिन्तनको कित्तामा ल्याउन सफल उत्तरदाताले अर्को प्रतिप्रश्नको सामना गर्नुपरेको थियो ।

तपाईंको उत्तर सही छ । अब भन्नुहोस्, पहिलो महिला प्रधानमन्त्री तपाईं हुनसक्ने सम्भावना कति छ ?

यस्ता प्रश्नले उत्तरदाताको मथिङ्गल घुम्छ । प्रत्युत्पन्न उत्तर प्रायः आउँदैन । भीमसेना थापादेखि हालसम्मको २१५ वर्षमा नेपालको इतिहासमा ३८ जना पुरुषपात्रहरूको नाम प्रधानमन्त्री पदमा दर्ता हुँदा एक जना पनि नारीको नाम छैन ।

सात दशकको इतिहास भएको दलका पुरुष नेता पाँच पटक प्रधानमन्त्री हुँदा एक जना पनि महिलाले अवसर नपाउनु दुःखद आश्चर्य हो । भनाइमा आधा आकाश तर व्यवहारका कतिपय अवस्थाहरूमा पूरै आकाश ढाकेका नेपाली नारीहरू यस्तो अवसरबाट बन्चित हुनु समकालीन नेपालको ठूलो विडम्बना हो ।

लोकतन्त्र अभ्यासको तीन दशक पूरा हुँदा पनि मुलुकमा यो बिडम्वना किन यथावत छ ?

माधवी, मेरी निलिमा, सीता र द्रौपदी आदि पुस्तकका रचयिता मूर्धन्य साहित्यकार मदनमणि दीक्षितसँग कसैले जिज्ञासा राखेछ ।

‘तपाईंको लेखन किन नारीप्रधान हुन्छ ?’

परलोक हुनु केही दिनअघि घोस्टराइटिङ नामक संस्थाले आयोजना गरेको साहित्यानुरागीहरूको कक्षामा दीक्षितले उक्त प्रश्नबारे चर्चा गरेका थिए ।

सम्भवतः नारी नायकत्वको कुरा गर्दा अहिले पनि कतिपयले यो तर्क गर्लान् । नेतृत्वको खडेरी परेको बेला यसलाई लैङ्गिक विभेदको पक्षपाती आँखाले हेर्नु जरुरी छ ? हाम्रो आवश्यकता राजनेताको हो, नारी होओस् कि पुरुष । सम्भवतः दीक्षितको जवाफ नै यो आलेखको शीर्षकमा पानी छम्किन पर्याप्त हुन्छ–

दीक्षितले भनेका थिए :

म एउटा राजनीतिक चेत भएको मान्छे हुँ । मैले सडकमा निकालेका जुलुसहरू नियालेँ । त्यहाँ मैले न त अग्रभागमा, न त बीचमा, न त पुछारमा नारीहरू हिँडेको देखेँ । कहीँ कतै देखिए पनि त्यसले हाँसको बथानमा बकुल्लोको उखान चरितार्थ गर्दथ्यो । यसकारण नारी नायकत्वका बारेमा कलम चलाउन मैले उचित सम्झिएँ ।

दीक्षितका आँखाले नारीविनाको जुलुस देखे र आफ्नो दृष्टिकोण बनाए । हामीले अहिलेसम्म सरकार प्रमुखको सूचीमा नारीको नाम नदेख्नु र यो विषय प्रकारान्तले ओझेलमा पर्नुले आगामी पुस्ताले हामीलाई ‘आँखा भएका धृतराष्ट्र’ भनिदिए भने आश्चर्य नहोला ।

इतिहास साक्षी छ, अहिलेसम्म शीर्षस्थ स्थानमा पुग्नेहरूले त संघर्षको कि बिरासतको या नातागोताको भर्‍याङ चढेका छन् । उल्लिखित ठकुरानी, आचार्य, कोइराला र भण्डारीले हासिल गरेका उपलब्धिहरूको पृष्ठभूमिमा यिनै कारणहरू देखिन्छन् ।

दीक्षितले सोचेजसरी युवा नेतृत्वलाई हौसला र प्रेरणा दिँदा केही उपलव्धि त पक्कै होला तर यो विषयसँग जोडिएको अर्को पाटो पनि छ । त्यो पाटोमा केही प्रश्नहरू छन् । के आफ्नै मिहिनेत र परिश्रमले नेतृत्वको ठाडो उकालो चढ्न सम्भव छ ? कस्ता आचरण र चरित्रले त्यो उकालो यात्रामा सजिलो बनाउँछन् ?

नेपालमा भीमसेन थापादेखि हालसम्मको २१५ वर्षमा ३८ जना प्रधानमन्त्री हुँदा एक जना पनि महिला परेनन् । निरङ्कुश कालको कुरा अर्को, लोकतान्त्रिक कालमा एउटै नेता पाँच पटक प्रधानमन्त्री हुँदा पनि महिलाको पालो आएन । किन होला !

गत वर्ष फेब्रुअरीमा भारतको बनारसमा ‘भगवत गीता र रामायण : नेतृत्व कौशलका सदावहार स्रोत’ शीर्षकमा एक सम्मेलन भएको थियो । त्यसमा सिम्बायोसिस अन्तर्राष्ट्रिय विश्वविद्यालयकी प्राध्यापक सूर्य रश्मि रावतले प्रख्यात शास्त्रीय ग्रन्थ ‘सप्तशती चण्डी’ का केही श्लोकहरूका आधारमा नेतृत्व कौशलको व्याख्या गरेकी थिइन् ।

सर्वविदितै छ दशैँको नवरात्रमा पाठ गरिने यी श्लोकहरूमा दुर्गादेवीको व्यक्तित्व र रूपमा अन्तरनिहित विशेषताहरूको उल्लेख गरिएको छ । एक उदाहरण लिऊँ ।

या देवी सर्वभूतेषु छाया रूपेण संस्थिता ।

नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।

प्राध्यापक रावतले आफ्नो कार्यपत्रमा उल्लिखत श्लोकको सन्देश नेताका चरित्रसँग जोडेर व्याख्या गरेकी थिइन्–

देवीको छाया रूपजस्तै एउटा नेता जहिले पनि जनताका साथमा हुनुपर्छ । दिनको चौबीसै घण्टा र हप्ताको सातै दिन ऊ जनताको पहुँचमा हुनुपर्छ । यसो भयो भने मात्र जनताले ठान्नेछन् कि कठिन समय आत्मसात गर्ने र राम्रो कामको प्रशंसा गर्ने नेता हाम्रो साथमा छ । यो विश्वासले जनतालाई नयाँ अवसरहरूको खोजी गर्न सघाउने छ । यसरी जनताले हासिल गरेका तीतामीठा अनुभवले नेतालाई खार्दै लैजान्छ ।

ग्रन्थको सोही अध्यायमा देवी अन्य गुणहरूको प्रतीकका रूपमा पनि मानिएकी छन् । राजनेता अनेक गुणहरूबाट ओतप्रोत हुन जरुरी हुन्छ । नेता विद्वान (बुद्धी रूप), शक्तिशाली (शक्ति रूप), सहनशील (क्षान्ती रूप), स्मरण क्षमता अब्बल भएको (स्मृति रूप), श्रद्धावान (श्रद्धा रूप) र मातृवत्सल (मातृरूप) हुन जरुरी छ ।

उसले आफू र आफ्ना अनुयायीहरूलाई आवश्यक पर्ने धन सम्पत्तिको जगेर्ना गर्ने सर्वमान्य स्रोतको व्यवस्था (लक्ष्मी रूप) गर्दै जीविका (वृत्ति रूप) र दैनिक गुजारा (क्षुधा रूप) निश्चिन्त गर्नुपर्छ । गल्ती भएमा या दोष देखिएमा त्यसमा लज्जा अनुभूति हुने (लज्जा रूप) र प्राप्त भएको उपलब्धिमा सन्तोष व्यक्त गर्ने (तुष्टी रूप ) गुणहरू हुन जरुरी छ ।

यी चरित्रहरू निर्माण गर्न साधनस्रोत व्यवस्था गर्न जो कोहीले पनि सक्छ । यसको लागि ठूलो धनराशी वा लामो समय चाहिने जमाना अब रहेन । विश्व मानचित्रमा हेर्दा कतिपयले छोटो समयमै आफूलाई अब्बल नेताको रूपमा स्थापित गरेका उदाहरणहरू छन् ।

फिनल्याण्डमा ३४ वर्ष उमेरकी महिला प्रधानमन्त्री छिन् । न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले कोरोना कालमा आफूलाई विश्वकै अब्बल नेत्रीका रूपमा स्थापित गराएकी छन् ।

‘नेतृत्व कौशल’ का यी विशेषताहरूबाट नेतृत्वको सगरमाथा आरोहण सम्भव हुँदैन । मुलुकको उपल्लो कार्यकारी बन्न इच्छा राख्ने नेताले आफ्नो कार्य सूचीका मौलिक सवालहरू जनतासामु खुलस्त राख्नुपर्छ । यस्ता सवाल समसामयिक र जनतालाई पिरोलिरहेका समस्या केन्द्रित हुनुपर्छ ।

२०२० जुलाई ०७ मा ‘ह्वाट्स अप’ मा ‘चेली–माइती समूह’ नामको एउटा टोली उदायो । यो समूह गठनको पृष्ठभूमिमा थिइन् प्रदेश १ की एक सांसद । वैदेशिक रोजगारीमा गएका महिलाहरू कोभिड–१९ को कारण धमाधम नेपाल फर्कन थालेका थिए । अतिशय यौन हिंसामा परेकाहरू कतिपय युवतीहरू बेवारिसे गर्भ बोकेर फर्कन बाध्य थिए । कतिले उतै आत्महत्या गरेका थिए ।

यस्ता नेपाली चेलीहरूलाई माइती बनेर बसेको राज्य वा अन्य निकायले केही सहयोग पुर्‍याए पनि जोखिम एकरत्ति घटेको थिएन । समूहले यो समस्या चिर्न सहयोग पुर्‍याउने उद्देश्य राखेको थियो ।

नेपालका राजनीतिक अभियन्ताहरूले कार्यसूचीको पहिलो बुँदाको रूपमा राख्नुपर्ने यो महत्वपूर्ण विषय हो । महिलाका लागि उमेरको हद तोक्ने, वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाउने वा नाबालक सन्तान छोडेर जान नपाउने जस्ता नीति लागु गर्नु समस्याको समाधान होइन ।

आफ्नै मुलुकमा रोजगारी पाए, मर्यादित पेशा अँगालेर जीविकोपार्जन गर्न पाए ‘चालीस काटेसी रमाउँला’ भन्ने गीत गाउन पक्कै पनि कोही विदेश जाँदैनन् ।

नेपालका सबै दलहरूमा दास र स्वामीका शालिकहरू मूर्तिमान छन् । नेताले कार्यकर्तालाई सदस्यताको टीको लगाइदिने प्रथा छ । फरक मत राख्नेलाई किनारामा पार्ने चलन छ । यसर्थ, कुनै युवा नेताले आफ्नो कार्य सूचिमा यी स्वामीका पहाड भत्काउने बुँदा राख्न सक्छ । ऊ कालान्तरमा मूर्तिभञ्जक बनेर उदाउन सक्छ ।

नेपालमा अहिले पनि राउटे समुदाय जङ्गलमा बस्छ । उनीहरूलाई राज्यले नागरिकता पनि दिन सकेको छैन । केही दिनअघि एक राउटे युवतीको अश्लिल भिडियो बनाएर सार्वजनिक गरेको भन्ने समाचार आएको थियो । नागरिकता नहुनेको उजुरी पनि नलाग्न सक्छ । राउटे समुदायका सदस्यलाई नेपाली नागरिक बनाई राज्यको मूलप्रवाहमा ल्याउन पहल गर्ने अर्को राजनीतिक मुद्दा हुन सक्छ ।

नेपालको पहिलो महिला प्रधानमन्त्री हुने अवसर अहिले राजनीतिमा होमिएका र नेपाली नागरिकता भएका सम्पूर्ण नेतृहरूलाई खुला छ । दृढ सङ्कल्प र निरन्तरको साधनाले यो कार्य असम्भव छैन ।

(लेखक नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष हुन् ) 

साभार :  https://www.khabarhub.com/2021/17/289432/