Wednesday, January 6, 2021

कस्ताले हाँक्न सक्छन् विश्वविद्यालय ?

काठमाण्डौ विश्वविद्यालयको नयाँ उपकुलपति छनौटको प्रकृया आम चासो र वहसको विषय भएको छ । छापाहरुमा उल्लेख भए अनुरुप काठमाण्डौ विश्वविद्यालयको कल्पनालाई मूर्त रुप दिने तथा शून्यको स्थितिवाट अहिलेको वर्तमान स्वरुप सम्म डोर्‍याउने नायक प्रा. सुरेशराज शर्मालाई अप्रत्याशित रुपमा बाध्यात्मक वहिर्गमनको परिस्थिति सिर्जना गरियो । केही विश्लेषकहरु अन्य शैक्षिक सँस्थाहरुमा देखिएका उपकुलपतिको राजिनामा सम्बन्धित ताण्डव नृत्यहरुको तुलनामा यो त सभ्य नै हो भनि तर्क गर्लान् । तर सभ्य खेलको नियम सिर्जना गर्न सिकाउने थलोमा भएका यस्ता गतिविधिमा भएको अशोभनियताको लेखाजोखा ईतिहासले नै गर्ला । यस अर्थमा पनि नँया उपकुलपतिको चयनलाई काठमाण्डौ विश्वविद्यालयको ईतिहासमा एउटा कुईनेटोको रुपमा स्थापित गर्नु पर्ने आवश्यकता सम्पूर्ण सरोकारवालालाई खट्केको हुनु पर्छ । यस्तै विभिन्न दृष्टिकोणवाट हेर्दा समग्रमा अब्बल देखिएको काठमाण्डौ विश्वविद्यालयको नँया उपकुलपतिको चयन प्रकृया नेपालको प्राज्ञिक क्षेत्रमा एउटा दृष्टान्त भएर रहने हुँदा यो विषयमा गम्भिरतापूर्वक विचार विमर्श गर्नु जरुरी देखिन्छ ।    

कस्तो उपकुलपति ? यो प्रश्नको उत्तर खोज्नु पूर्व उपकुलपतिको कार्यसूचि के हुनु पर्छ भन्ने सवालको जवाफ आवश्यक पर्दछ । विश्वविद्यालयको उपकुलपतिको भनेको पूर्णकालिन प्रमुख कार्यकारी अधिकृत हो । विश्वविद्यालय एक सार्वभौम सम्पन्न निकाय भएकोले अधिकार र उत्तरदायित्व दुवैको हिसावमा उपकुलपति अझ विशिष्ट हुन्छ । यसर्थ कुलपतिको कार्यसूचिको सबैभन्दा महत्वपूर्ण पाटो भनेको विश्वविद्यालयका लाभान्वित वर्गलाई सवल र सक्षम नेतृत्व प्रदान गर्नु हो ।

विश्वविद्यालयको दैनिक प्रशासन र नियमित गतिविधि सन्चालन सम्बन्धित सर्वोपरी अधिकार प्रयोग र  निर्दिष्ट उत्तरदायित्व वहन गर्नु कार्य सूचिको दोस्रो महत्वपूर्ण पक्ष हो । यस अनुरुप पठनपाठन, परीक्षा सन्चालन जस्ता प्रत्येक दिन समयतालिकाबमोजिम सन्चालन हुनु पर्ने कृयाकलाप तोकिएको मापदण्ड वा नियम मुताविक भईरहेको छ/छैन भनी निश्चित गर्ने जिम्मा पनि उनको कार्यक्षेत्रमा पर्छ ।  

तेस्रो, विश्वविद्यालयमा विद्यमान थिती र प्रणालीको  सूक्ष्म अध्ययन गरी त्यसमा भएका विसँगति र अप्ठ्याराहरुको पहिचान गर्ने हो । जडसुत्रवादी प्रवृति र विद्यमान सँरचनामा अन्तरनिहित जड तत्वहरुलाई चिरेर त्यसलाई अग्रगामी दिशामा डोर्‍याउने कार्य पक्कै पनि कठिन हुन्छ भन्ने सवाललाई आत्मसात गरी यस दिशामा सशक्त दृष्टिकोण, रणनीति र कार्यनीति निर्माण गरी त्यसै अनुरुप अघि वढ्नु अत्यावश्यक हुन्छ ।

चौथो, आफ्नो मातहतका वेतनभोगी सेवकहरु सँग सम्बन्धित छ ।  अब्बल दर्जाका सक्षम शिक्षक र कर्मचारीको पहिचान गर्ने, खुला प्रतिस्पर्धा मार्फत नियुक्ति गर्ने, तिनीहरुको क्षमता अभिवृद्धि गर्ने अक्षमलाई पदवाट हटाउने दायित्व पनि उपकुलपतिकै हो । राजनैतिक सँरक्षण, स्थानिय समुदायको वा युनियनको दवावमा विश्वविद्यालयको दुरदृष्टि विपरीत स्वार्थ केन्द्रहरुको निहित  फाईदाका लागि काम गर्ने वा निकम्मा र अनुत्पादक कर्मचारी भर्ना नगर्ने र तिनलाई पोषण नगर्ने, जागिरे मनोवृतिले समय कटाउन विश्वविद्यालय धाउनेहरुलाई प्रश्रय नदिने नीति वनाई त्यसको अक्षरस पालना गर्ने उपकुलपतिको कार्यसूचीभित्रै पर्छ ।  

कार्य सूचिको पाँचौ विषय विश्वविद्यालयको दिगो विकासका लागि सवल आर्थिक सँयन्त्रको खोजी गर्ने हो । खासगरी विद्यार्थीको शुल्क र दाताको अनुदानमा सिमित भएको विश्वविद्यालयको आयश्रोतलाई कर्पोरेट क्षेत्र र पूर्व विद्यार्थीको सन्जाललाई प्रयोग गरी थप आयश्रोतहरुको खोजी गर्नु अपरिहार्य हुन आउँछ ।     

छैँटौ,  उत्तराधिकारीहरुको चयन प्रकृयालाई वस्तुनिष्ट वनाउने । उपकुलपति लगायत अन्य विशिष्ट पदाधिकारीहरुको चयन र नियुक्तिमा हाल देखिएको अनिश्चितता र पूर्वानुमान गर्न नसकिने परिस्थितिलाई अन्त्य गर्नका लागि उत्तराधिकारीहरुको छनौट गर्ने, उनीहरुको क्षमता अभिवृद्धि गर्ने र पदभार हस्तान्तरण पूर्व निश्चित समयावधि सम्म समानान्तर कार्य गर्ने प्रणालीको विकास गर्ने कार्य पनि उपकुलपतिकै दायित्वभित्र पर्दछ । 

अव प्रश्न के उब्जिन्छ भने कार्यसूचीका यी माथी उल्लिखित विषयहरुलाई सहजताकासाथ सम्बोधन गर्न सक्ने उम्मेदवारमा कस्ता कस्ता विशेषताहरु हुन जरुरी छ ?  

सामान्यतया विश्वविद्यालयमा प्राप्त हुने सबैभन्दा विशिष्ट उपाधि विद्यावारिधिको डिग्री हासिल गरेको र आफ्नो विधामा उत्कृष्टता हासिल गरेको व्यक्ति मात्र उपकुलपतिको उम्मेदवारको रुपमा चयन गर्नु जरुरी छ । तर यहाँ स्मरणिय प्रसँग के छ भने जागिर खाने मनोवृति भएको वर्षौ देखि एउटै पाठ्यक्रममा केन्द्रित भई आफूलाई कर्मकाण्डिय दर्शन मा सिमित राखेको व्यक्ति पनि उपयोगी हुदैन् ।

पौराणिक कथाहरुमा उल्लेख भए झै तत्कालिन परिस्थितिमा उत्पन्न प्रलयलाई नाश गर्न या एउटा विशिष्ट प्रकृतिको एतिहासिक अनुष्ठान सम्पन्न गर्न अवतारको प्रार्दुभाव भए जस्तो उपकुलपति पनि निर्धारित समयमा विश्वविद्यालयलाई एउटा निश्चित कोशेँढुगामा पुर्याउन सक्ने एक आदर्श व्यक्तित्व हुनु जरुरी छ । उपकुलपति भनेको विश्वविद्यालयको राजनेत  हो, अगुवा हो, नाईके हो जसको मार्गदर्शनलाई अनुयायीहरुले अनुसरण गर्छन् ।  

अनुयायीहरुका लागि आदर्श व्यक्ति भनेको आफू सँलग्न भएका गतिविधिमा अग्रपङ्कतिमा देखिएका अगुवाहरु हुने हुनाले सकेसम्म विश्वविद्यालयका गतिविधिमा उपकुलपतिले आफूलाई ‌औपचारिक रुपमा प्रदर्शन गर्न सक्नु पर्छ । सार्वजनिक समारोहमा उपस्थिति भई वा ईमेल,  नियमित प्रकाशन, वा सार्वजनिक वक्तव्य मार्फत विश्बविद्यालयका दृष्टिकोण वा उपलब्धिहरुलाई प्रसारण गर्नु पर्छ । उपकुलपति जति नतिजामूखी वा उत्पादनमुलक हुन्छ त्यसले अनुयायीहरुलाई प्रेरणा मिल्छ । यसकारण यसो गर्नकालागि उपकुलपतिको व्यक्तिगत समय व्यवस्थापन चुस्त र दुरुस्त हुन जरुरी छ ।

अवको उपकुलपति हुने व्यक्तिको लागि काठमाण्डौ विश्वविद्यालयको चार वर्षको पदावधि भनेकै उस्को जीवनकालको सवैभन्दा गरिमामय कालखण्ड हुन सक्छ । त्यसकारण उसमा विशिष्ट ईच्छा शक्ति, उच्च आत्मविश्वास वा नतिजामुखी सँकल्प गर्न सक्ने सामर्थ्य हुन जरुरी छ । म कुनै पनि परिवेशमा पलायनवाद तिर लाग्दिन् । पेशागत आदर्शलाई मुल मन्त्र मानेर काम गर्छु । व्यक्तिगत स्वार्थ, नीजि फाईदा र थिति विगार्ने पहलका विपक्षमा उभिन्छु भन्ने सँकल्प गर्न सक्ने व्यक्तित्व हुनु पर्छ । कुनै पनि समस्या वा चुनौतिको सामना गर्नका लागि मौलिक समाधानको कल्पना गर्न नसक्ने र शक्ति केन्द्रहरुको आडमा विवेकहिन उन्मादको प्रदर्शन गर्ने व्यक्ति उल्लेखित पदको लागि घातकसिद्ध हुनेछ ।  

उपकुलपतिमा चामत्कारिक हिसाबको सर्वमान्य अवधारणमा आधारित निर्णय लिन सक्ने क्षमता हुन जरुरी छ । जस्तोसुकै प्रतिकुल अवस्थामा होस या सामान्य अवस्थामा होस उसमा यस सन्दर्भमा विलक्षण प्रतिभाको नै रुप हुन जरुरी छ । आवश्यक परेमा आफ्ना परामर्शदाताहरु वा पेशाविदहरु सँग तुरुन्नै सम्पर्क गरी निचोडमा पुग्ने कला पनि उसमा हुनु जरुरी छ । समस्या पर्दा वा चुनौतिको सामना गर्दा प्रतिकृयात्मक टिप्पणी व्यक्त नगर्ने, नैराश्यले छोएको या हतोत्साही भएको झलक कहिले पनि नदिने, आगन्तुकका कुरा सुन्ने वा मर्का बुझ्ने, औपचारिक वा अनौपचारिक भेटघाटलाई उत्पादनमुलक र वस्तुनिष्ठ वनाउने खुबी भएको उपकुलपतिका लागि सुहाउँछ ।   आफूले विश्वविद्यालयमा अर्पेको समयको कुनै पनि अवसर मुल्य वारे सचेत हुने पनि हुनु पर्छ ।        

उपकुलपतिमा व्यक्तित्व चिन्ने गुण हुनु पर्छ । साझा लक्ष्य प्राप्तिका लागि के काम गर्नु आवश्यक छ र त्यो कसले के गर्न सक्छ भन्ने प्रश्नको उत्तर निमेषभरमानै दिने र कसैलाई कार्यादेश दिई सकेपछी उसबाट उच्च गुणस्तरको नतिजा प्राप्त गरेरै छोड्ने कौशलत समेत उनमा हुनुपर्छ । विश्वविद्यालयको प्रणाली भित्र प्रवेश गरीसकेका कामचोर र नीजि स्वार्थको पछि हिड्ने व्यक्तिहरुको पहिचान गरी तिनीहरुको प्रवृतिमा समेत व्यापक सकारात्मक परिवर्तन ल्याउन सक्ने विशेषता उपकुलपतिमा हुनु जरुरी छ ।  

भावनात्मक स्थायित्व अर्को महत्वपूर्ण विशेषता हो । एउटा राजनेता जसरी भावनात्मक रुपमा अविचलित हुन्छ र आफ्नो विचार प्रवाहमा चिन्ता, पिडा,  नैराश्यता, वैरभाव वा ईर्ष्या का अँशहरुलाई प्रदर्शन गर्दैन त्यस्तै विशेषता पनि उपकुलपतिमा हुनु जरुरी छ । शास्त्रले यस्तो व्यक्तिलाई स्थितप्रज्ञ सन्तको रुपमा कल्पेको छ ।

दु:खेष्वनुद्विग्नमना: सुखेषु विगत स्पृह:

वीतरागभयक्रोध: स्थितधीर्मुनिरुच्यते ।।

( गीता २/)

यसको विपरित कुनै प्रसँग या परिस्थितिमा सन्दर्भ मिलाएर रमाईलो पन थप्न सक्ने कौशलता उपकुलपतिमा हुनु जरुरी छ ।

उल्लेखित कार्य सूचिमा सँलग्न गरिएका वुँदाहरु र तीनका आधारमा प्रस्तुत गरिएका विशेषताहरु पक्कै पनि एउटै व्यक्तिमा पूर्ण रुपमा उपलब्ध नहुन सक्छन् । तर यसका आधारमा हाल चर्चामा रहेको वहसको विषय काठमाण्डौ विश्वविद्यालयको उपकुलपति चयन मा पाठक वर्गले एक अवधारणा वनाउन सक्ने छन् भन्ने विषयमा दुई मत नहोला । यस्तै अन्य विशेष दायराको वा छनौट प्रकृयाका सन्दर्भ ग्रन्थ या सर्वमान्य दस्तावेजहरुको उपलब्धता नहुँदा छनौट समितिले समेत यस लेख वाट केही सहयोग लिन सक्ने छ भन्ने अपेक्षा गरीएको छ ।

(डा. खतिवडा काठमाण्डौ विश्वविद्यालयका सह प्राध्यापक हुन भने डा. आचार्य टोकियो स्थित नेसनल ग्रयाजुयट इन्स्तीत्युत अफ पोलिसी स्टडिज (ग्रीप्स)का अतिथी प्राध्यापक हुन् । )

लेखक: डा. नवराज खतिवडा / डा. सूर्यराज आचार्य

प्रकाशक : कान्तिपुर दैनिक

प्रकाशित मिति: बिहिवार, १४ मँसिर २०६९

 

Saturday, December 5, 2020

उज्यालोको खोजी

चारवटा गाडीमा एघार जना यात्रु र चार जना चालकले हाम्रो यात्रा टोलीको संरचना बनेको थियो । यात्राको गन्तव्य सूचीमा थिए, मर्स्याङ्दी नदीमा बनेका तिन र खुदी खोलाको एक गरी चार वटा जलविद्युत्केन्द्र । बाटामा पर्ने, अध्ययनकोचरणमा रहेको, बहुचर्चितबुढीगण्डकी जलविद्युत् परियोजना स्थलको पनि अवलोकन गर्ने योजना पनि थियो ।

कलङ्कीमा भेटेर चारैवटा गाडी एकै साथ जाने सल्लाह काम लागेन । यसको एक मात्र कारण थियो- कलङ्की देखि नैकाप सम्ममा सहज तरिकाले गाडी रोकेर पर्खने ठाउँ कतै नभेटिनु । यस्तो बेलामा मोबाइल फोनले गज्जबको काम दिन्छ । को-कता पुग्यो, कसलाई कतिबेर पर्खनुपर्छ, कसैलाई केही समस्या पर्‍यो कि, तुरुन्त थाहा हुन्छ ।

एघार जनाले एक अर्काको अनुहार हेर्दै बोल्ने अवसर पाउन नौबिसेबाट केही किलोमिटर अगाडि रहेको ह्याम्लेट रेस्टुरेन्ट नै पुग्नु र्‍यो आफैले परिकार पस्केर, चाहेको परिमाणमा लिन मिल्ने खाजा र तातो चियाले हाम्रो भोक शान्त पार्ने र बिहानको तलतल मेटाउने काम गर्‍यो । चमेना गृह भरिभराउ थियो । विदेशीहरु पनि प्रशस्तै । यो गतिविधिले पृथ्वी राजमार्गमा पर्यटन सेवाको व्यावसायिकता बढेको सङ्केत गर्थ्यो ।

ह्याम्लेटबाट अघि बढ्ना साथ 'पहिलो गाँसमानै ढुङ्गा' लागेको अनुभूति हुने एउटा अनौठो घटना भयो । हाम्रो एउटागाडीलाई ट्राफिक जवानले सिटी फुकेर रोके । सिधै चालकको लासेन्स मागे रउनलाई सडक किनारमा रहेको ट्राफिक कार्यालयमा केरकार गर्न लगे ।

"किन विदेशीलाई गाडीमा बोकेको ? जरिवाना नतिरी जान पान्न ।" केरकार गर्ने प्रहरी अधिकृतले निर्णय सुनाए ।

"वहाँ विदेशी होन । नेपाली नागरिक हो ।" चालकले सफा दिए ।

विदेशीलाई निजी गाडीमा लान नपाने ! विदेशीले हवाई यात्राको भाडा बढी तिर्नु पर्ने ! विदेशीले शौचालय प्रयोग गरेको बढी शुल्क तिर्नु पर्ने ! यी अलौकिक नियम र प्रचलनहरु सर्वमान्य सिद्धान्तमा आधारित छैनन् । विगतमा कसैले गरेको कुनै अदुरदर्शी निर्णयको आडमाकेही स्वार्थ केन्द्रको फाइदाका लागि यी जड भएर बसेका छन् । सहीनेतृत्वको फेला परे परिवर्तन गर्न असम्भव छैन । आफ्नो अघि उत्पन्न प्रतिकूलपरिस्थितिमा हामीले कुनै प्रतिकृया जनाएनौँ तर मन थामेर सकारात्मक सोचकोकित्ता सिर्जना गर्नेतिर लाग्यौँ   

पक्राउ परेको गाडीको अग्रसिटमा यात्रासंयोजक रूपाजी थिइ । उनको व्यक्तित्व, रूप र लावण्य गैर-नेपालीको जस्तोभएकोले ट्राफिकको शङ्काको बाकस उघ्रिएको थियो । बाकस रित्तो देखेर उनीहरुले 'दिनभरीको सिकार कान्छा बाउको अनुहार' भन्ने उखान सम्झिए होलान् । हामीलाई भने आश्चर्य र हाँसोले भरिएको वार्तालाप गर्ने टेको प्राप्त भयो।

"ल ! हाम्रो यात्राकी हिरोइनको त टुङ्गो ट्राफिकले लगा दियो ।" रूपालाई लक्षित गर्दै कुनै मित्रले टिप्पणी गरे ।

"हिरोको टुङ्गो भने त्यति सजिलै नलाग्ला ? कडा प्रतिस्पर्धा हुने छाँट छ ।" अर्का मित्रलेथपे ।

हाम्रो एघार जनाको हाम्रो टोलीमा दुई जना मात्र महिला थिए । ट्राफिकको ठम्याइलाई आधार नबनाए पनि दुईबाट एक छान्ने काम धेरैकठिन थिएन । अर्कातिर पुरुषहरुको बिचमा पनि 'को भन्दा को कम' को स्थितिथियो । विज्ञता, अनुभवर व्यक्तित्वको हिसाबमा एउटा माछापुच्छ्रे जस्तोलाग्थ्यो भने अर्को अन्नपूर्ना । यसरी यात्रा टोलीको सहभागिताको विशिष्टताएकातिर थियो भने अर्कातिर नेपाल विकास अनुसन्धान प्रतिष्ठानका कार्यकारीनिर्देशक डा.जयकुमार गुरुङको प्रत्यक्ष निर्देशनमा तय गरिएको उच्चकोटिकोयात्रा-प्रबन्ध । यसैले यो यात्रा हरेक दृष्टिले अविस्मरणीय हुनेछभन्नेमा हामी विश्वस्त थियौँ ।

बेनीघाट पुगेपछि हाम्रा सवारी साधनहरुत्रिशूली नाघेर गोर्खा जिल्लाको आरुघाट जाने सडक तिर लागे । बुढीगण्डकी र त्रिशूलीको दोभानको निकट गल्छीमै नै निर्माण गर्नेयोजना भएको जलविधुत्परियोजनाको सेतुबन्ध अर्थात् ड्याम निर्माण हुने स्थलको अवलोकन गर्‍यौँ ।

" त्यो झ्याम्म परेको रुखसम्म पानीको सतहपुग्ने अनुमान छ ।" बुढीगण्डकी जलविद्युत् परियोजनाका अध्यक्ष डा.लक्ष्मीप्रसाद देवकोटाले रुख देखाउँदै भन्नु भयो ।

"यो त पत्याउनै हम्मे पर्ने विषय पो भयो त ।" कसैले टिप्पणी गरे । देखाइएको रुख हामी उभिएको ठाउँबाट एक सयमिटर जति माथि थियो ।   

'त्यसै न्जिनियर । कुलेखानीमा पनि ड्यामन्नु अघि यसै भन्थे होला ।" अर्का मित्रले सटिक जवाफ दिए । अब पनिनपत्याउनुको कुनै अर्थ थिएन ।    

मनकामना दर्शन गर्ने केबुलकार स्टे, कुरिनटार पुग्नु अघि सडकको दायाँ किनारामा रहेको रिभरसाड रिसोर्टमा हाम्रो दिवा-भोजनको प्रबन्ध थियो । सुन्तला पाने मौसम । गोर्खा जिल्लाको सामीप्य । रिसोर्ट परिसरमा खुला आकाश मुनि कौसीमा बसेर पारिलोघाम ताप्दै सुन्तलाको ताजा जुसले भोजन शुरु भयो । पृष्टभूमिमा त्रिशूली नदी बगेको दृश्य र सुसाएको आवाज थिए । यसरी मिहिन रूपले समायोजनगरिएका कृयाकलापका कारण आनन्द र हर्षको मर्करी आकासिएको थियो ।

दिवा भोजन पश्चात् हाम्रा सवारी साधनहरुपृथ्वी राजमार्गको सीमारेखामा नै जोडिएर रहेको मर्स्याङ्दी जलविद्युत्केन्द्र परिसरमा पुगेर रोकिए । यो जलविद्युत् केन्द्रको सिरानतिर अन्यदुईवटा नयाँ जलविद्युत् केन्द्रको निर्माण भएकाले यसले अहिले 'तल्लो' कोउपमा पाएको छ । त्यहाँका पदाधिकारीहरुसँगको अन्तर्क्रिया पश्चातहामीले निचोड निकाल्यौँ-यो त मर्स्याङ्दी नदीको 'जेठो' मात्र होन अहिलेसम्म अनवरत रूपमा अत्यधिक सामर्थ्यले विद्युत् उत्पादन गर्ने सर्वोत्कृष्टपूर्वाधारको नमुना पो रहेछ ।

"बाघ बुढो र स्याल तन्नेरी हुँदैन ।" मैले लोकोक्ति स्मरण गरेँ ।

कारण नभई कारक हुँदैन । केन्द्रको सफलताकोएक कारण रहेछ-पदाधिकारी र कर्मचारीको दृढ मनोबल र उच्च आत्मविश्वास । वर्तमान परिप्रेक्ष्यमा जलविद्युत् केन्द्र विभिन्न प्राविधिक कठिनाकाबाबजुद पूर्ण क्षमतामा सञ्चालन गर्न सक्नु नै साहसिक र प्रशंसनीय काम भएकोहाम्रो ठम्या रह्यो ।  यस काममा जुटेका त्यहाँका कर्मचारीकोकर्तव्यपरायणता र हामीलाई प्रदान गरिएको आतिथ्य सत्कारको मुक्त कण्ठलेप्रशंसा गर्‍यौँ

नदीको पानीको धार परिवर्तन गरी सुरुङमा पठाउन निर्माण गरिएको सेतुबन्ध र थिग्य्राउने पोखरीको अवलोकन सक्दा नसक्दासाँझ पर्नै लागेको थियो । हामीले केन्द्रका कर्मचारीसँग बिदाका हात मिलायौँबेसीशहरको लागि प्रस्थान गर्‍यौँ

डुम्रे पुग्नुअघि नै हाम्रा गाडीका हेडलाइट बलिसकेका थिए । डुम्रे - बेसीशहर सडक खण्डको चार पाँच स्थानमा मदिरा पिएर लठ्ठ भएका व्यक्तिले हात उठाएर गाडी रोक्ने प्रयास गरे । मादक दार्थ सेवन (मापसे) को राष्ट्रिय रोग बडो विचित्रको छ । रोजगारी, जीविकोपार्जन, वृत्तिविकास, बन्धुत्व, पारिवारिक सामाञ्जस्य देश निर्माण आदि सबै विषयलाई मापसे प्रवृत्तिले गौण बनादिएको छ । सम्भवत: नेतृत्वपङ्तिका लागि कौशल देखाउन मिल्ने अथाह अवसर भएको अर्को महत्वपूर्ण क्षेत्र मापसेको नियमन गर्ने काम हो ।    

राको साढे सात बजे बास बस्ने होटलमा पुग्यौँ । पहाडको भित्ता हलुका हिसाबले सम्याएर ठुलो क्षेत्रफलमा बनाएकोहोटल आकर्षक थियो । हामीमध्ये अधिकांशलाई बेसीशहरले पहिलो पटक स्वागत गरेको थियो तर होटल व्यवस्थापनको लापरबाही र आतिथ्य सत्कारमा देखिएका कमीकमजोरीले हाम्रो मन जित्न सकेन ।

मलाई कोठा देखाउने ठिटाको रूप सामान्यथिएन । उसले होटलमा काम गर्दा सामान्यतया लगाने औपचारिक पोसाक लगाएको थिएन । उसको अघिल्तिरको कपाल फेदै देखि काटिएको थियो भने पछिल्तिर जुरेलीको जस्त पुच्छर थियो । मेरो कोठामा बत्ती बलेन । मेरो गुनासोलाई ठिटालेसम्बोधन गर्ने बाचा त गर्यो तर मलाई उभ्याएर दश मिनट जति हरायो । कोठाकोबत्ती बाल्ने क्रममा म उसको नजिकै पुगेँ । मुख ह्वास्स गनायो । मापसे गरेकोयो पात्र सँगको मुठभेडले सावधानीको छैटौँ इन्द्रिय जागरुक भयो ।

खानाको परिकार छनोट गर्ने क्रममा अर्को आश्चर्य पदार्पण भयो । रेस्टुरेन्टमा कागती थिएन । होटलको बारमाअन्र्तराष्ट्रिय स्तरका महँगा चार पाँच थरीका मदिरा बिक्रीमा थिए तर लमजुङस्तो पर्यटनको बिँडो थामेको पहाडी जिल्लामा अवस्थित होटलमा जाबो कागती थिएन । मेनुमा लेखिएका र हाम्रो टोलीको पहिलो छनोटमा परेका केही परिकार नबन्ने सूचना बोकेर जुल्फे र उसका साथीहरु उभिएका थिए । त्यहाँ प्रतिकृयात्मक हुनुको कुनै अर्थ थिएन । यसैले मैले कुशल व्यवस्थापनको सिद्धान्त अनुरूप उलब्ध साधनश्रतमै चल्ने निधो गरेँ । बिहानचाँडै उठेर ध्यान गर्ने र सूर्यदय सँगै सूर्य नमस्कार गर्ने धोको थियो । मैले जुल्फेलाई हौस्याएर छतमा ओछ्याउने म्याट व्यवस्था गर्न अराएँ ।

नभन्दै म बिहान साढे चार बजे छतमा पुग्दाम्याट बेरेर राखिएको पाएँ । जुल्फेलाई मनमन धन्यवाद दिएँ । आधा घण्टासम्म मौन ध्यान गरेँ । आकाशमा तारा स्पष्ट देखिएका थिए । दृष्टिरेखाको अन्त्यमा भीमकाय पर्वत श्रृङ्खला थिए । दिशाबोध हुन सकेन । अनुमानित पूर्व दिशातिर फर्केर बसेँ । यो जीवनकालमै अनुभूति गरेको एक विशिष्ट मिर्मिरे बिहान थियो । चिसो हावाको स्पर्श । परबाट आएकोमर्स्याङ्दीको स्वाँ: को प्राकृतिक आवाज । आकाश छोएर उभिएका डाँडाले मनलाईरोमाञ्चक बनाए । बिस्तारै उज्यालोको मात्रा बढ्दै गयो । साढे पाँचतिर डा. दिवस वस्नेत मेरो कित्तामा मिसिन आउनु भयो । हामी दुईले ध्यान सम्बन्धी एक अडियो सुन्यौँ । हर्षको सगरमाथा त्यसवेला सिर्जना भयो जब एकाएक दुई पहाडको बीचमाहिमालको सेतो चुली देखियो । म हत्तपत्त मोबाइठिक पारेर हिमालको दृश्य कैदगर्न लागेँ ।

यो अवर्णनीय मनोहर दृश्यको तस्बिर लिनेक्रममा मेरो मोबाइलको क्यामेराको सीमा थाहा भयो । हिमालमा फोकस गरे नजिककोवस्तु स्पष्ट नदेखिने । नजिकको वस्तुमा फोकस गरे हिमाल नदेखिने।

"भेटिस् ! बडो राम्रो तस्बिर खिच्छुभनी फुर्ती लगाउँथिस् नि ।" मैले कल्पना गरेँ । यदि मोबाइल चेत भएको जीवित प्राणी भएको भए म यस्तै भन्थेँ होला ।

कतै पढेको स्मरण भयो-

"आँखाले देख्ने पनि एउटा दायरा हुन्छ । यिनले धेरै टाढाको वस्तु देख्दैनन् । यसैले हेर्दै गरेको हवाईजहाज एकाएकहराउँछ । आँखाले धेरै नजिकको पनि देख्दैन । न त परेला देख्छ न त गाजल ।"

आफ्नो तस्विर खिच्नुको खासै अर्थ थिएन । यसर्थ हिमाल र सूर्योदयको अघाउन्जेल खिचियो । उदाउँदो सूर्यलाई सूर्य नमस्कार पनि गरेँ ।

खाजा खाएर आठ बजे निस्कने सल्लाहथियो तर धारामा पानी नै आएन । धारो बल्ल बल्ल रसायो । अझै पनि तातो पानी आएन । बाल्टीमा जम्मा गरेर नुहाउने विचार गरेँ । स्नान कक्षमा बाल्टी थियो तर मग थिएन । आगन्तुक कक्षमा फोन गरेर मग मगाएँ । जुल्फेको साथीले स्टिलको कचौरा ल्यायो । यस्तो चर्तिकला देख्दा मलाई होटल व्यवस्थापन प्रति दयालागेर आयो । यस्तो ठाउँमा पनि ग्राहकलाई सेवा दिन नसक्नु लाजमर्दो नैहो । कल्पना गरेँ-

न् पर्यटकको हालत के हुन्छ होला ?”

बिहानको खाजामा सुन्तलाको ताजा जुस पिउने विचार थियो । होटलको ताल देखेर त्यो पाएला भन्ने कुरामा शङ्कालाग्यो । नभन्दै त्यही भयो । ताजा जुस हुने कुरो थिएन । जुसको सट्टा दुध भने पायो ।  

हाम्रो टोली निर्धारित समयमा मित्रराष्ट्र चिनको सिनो हाड्रो कम्पनीले हालै निर्माण सम्पन्न गरेको "उपल्लो"अर्थात् "कान्छो" मर्स्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् गृहमा पुग्यो ।एक नेपाली न्जिनियरले हाम्रो स्वागत गरे ।  मर्स्याङ्दीलगायतनेपालकाप्राय नदीमा द्रुत गतिमा जलविद्युत् केन्द्रहरुको निर्माण भरहेको छ । यस हिसाबले यो केन्द्रको "कान्छो" उपाधि खोसिएर केही समय पछि नै 'साहिँलो' हुने यथार्थ हाम्रा अघि थियो । मेरो मनमा भने साबिकको "कान्छो" केन्द्रकोबारेमा कौतुहलको रूपमा एक प्रश्न थियो ।

"पचास मेगाबाट क्षमताको यो आयोजना निर्माण तिन र्षम कसरी सम्पन्न भयो ? जबकिरूले जस्तै यसले पनि भुइँचालो र नाकाबन्दीको सङ्कट बेहोर्नु परेको थियो ।"

विद्युत् गृहको कन्ट्रोल रुममा चिनियाँप्राविधिकहरुको सहयोगीकारूपमा भेटिएका नेपाली प्राविधिकले मुस्कुराउँदैमेरो प्रश्नको उत्तर दिए ।

"यसको चुरो कुरो एउटै छ । नेपालीहरु पहिला विवाद गर्छन् काम पछि । चिनियाहरु भने पहिला काम गर्छन् विवाद पछि ।"

विद्युत् उत्पादन गृह पश्चात् सेतुबन्ध रनौलो प्रविधि प्रयोग गरिएको थिग्य्राउने पोखरीको निरीक्षण गर्न गयौँ । पोखरीको डिजानमा नौलो प्रविधि प्रयोग गर्ने डा. हरि पण्डित हाम्रै यात्राटोलीमा हुनुहुन्थ्यो । भर्खर मात्र सञ्चालनमा आएको आयोजनाको तात्तातो भ्रमणगर्न पाउँदा हामी सबै मन्त्रमुग्ध भएका थियौँ ।

त्यस दिनको दोस्रो गन्तव्य थियो चारमेगाबाट क्षमताको खुदी जलविद्युत् केन्द्र । विद्युत् गृहको अवलोकन पश्चात्हामी करिब २ किलोमिटर पैदल हिँडेर यसको सेतुबन्ध स्थलको निरीक्षणमा गर्‍यौँ ।खुदी खोलाको झोलुगे पुल तरेर पारिलो घामको मजा लिँदै खोला किनारमा पेनस्टकपापको समानान्तर भएर हिँड्यौँ

ञ्चन पानी बगिरहेको खोलाको मनमोहक दृश्यले मोहित भएर डा. जयकुमारले एक विशिष्ट परिकल्पना गर्नु भयो ।

"जापानमा तातो पानीमा नुहाउने ओनसिन जस्तै हामीले पनि खोलामा नुहाउने क्रीडा स्थल बनाए के होला ?"

मलाई वहाँको परिकल्पना सिर्जनात्मक रअर्थपूर्ण लाग्यो । वास्तवमा हामीले पर्यटकहरुलाई लोभ्याउने र आनन्द दिनेआधुनिक सुविधायुक्त क्रीडास्थल नगण्य मात्र बनाएका छौँ । डा. जयकुमारकोयो अवधारणाको मैले उच्च मुल्याङ्कन गरेँ । भोलिपल्ट बन्दिपुरको दृश्यावलोकनस्थलबाट सूर्योदयको आनन्द लिँदा पर्यटक खासै देखिएनन् । जबकि हामी बसेकैहोटेलमा उल्लेखनीय सङ्ख्यामा पर्यटक थिए । शायद सूर्योदयको रसास्वादनगर्ने आनन्ददायक सुविधा नभएर हो कि भन्ने शङ्का मेरो मनमा उब्जियो । टोकियोको समुद्रीकिनारमा एक टावरको टुप्पामा २ सय ७० डिग्रीको दृश्यावलोकनगर्न सकिने रेष्टुरेन्टमा पुगेको थिएँ । बन्दिपुरको टाकुरामा त २ सय ७०मात्र होईन ३ सय ६० डिग्रीकै दृश्यावलोकन गर्न मिल्ने अवलोकन कक्ष वा रेस्टुरेन्ट बनाउन सकिने सम्भावना मैले देखेँ ।    

यो यात्रामा नेपालमा द्रुत गतिमा आर्थिक विकास हुन नसक्नुका कारणहरु बारे यात्रा सहभागीका खारिएका अवधारणा सुन्न पायो ।

"थोडा खाना, बनारसमे रहना ।" जे पाएकोत्यसैमा सन्तोष गर्ने हाम्रो संस्कार नै विकासको अवरोधको रूपमा रहेको छभन्ने सागरजीको सूत्रवाक्य थियो । 

रत्नमणीजीले "किन सोधिएको प्रश्न गलत पनिहुन सक्छ" भन्ने मान्यताको विकास हाम्रो समाजमा हुन सकेन भन्ने प्रश्नमाथि आफ्नो विचार यसरी राख्नु भयो-

 "कनिष्ठ कर्मचारी, कारिन्दा, विद्यार्थीवा शिष्यले प्रश्न गर्ने हैसियत राख्दैनन् ।"

चार मेगावाटको खुदी जलविद्युत् केन्द्रपश्चात् "माहिलो" अर्थात् "मध्य" मर्स्याङ्दी जलविद्युत् आयोजनाको पनिनिरीक्षण गरेका थियौँ । त्यस दिन बास बस्न बन्दिपुर पुगेका थियौ । बेसीशहरको तुलनामा बन्दिपुरले गरेको स्वागत उत्कृष्ट थियो । बिहान सुन्तलाको जुस पिउने मेरो रहर भने बन्दिपुरले पनि पूरा गर्न सकेन ।

एघार जनाको हाम्रो टोलीलाई तिनवटा भवनमा राखिएको थियो । हामीले ढिलो खबर गरेको हुनाले यसमा हाम्रो गुनासो थिएन । ताज जुसको अभाव लगायतका अन्य केही कमजोरी भने बन्दिपुरको होटलले पालेकोपायो । सागरजीको कोठाको ताला खुलेनछ वहाँले मोवाईलको टर्चले उज्यालो बनाएर ताला खोल्ने कोसिस गर्दा मोबाइल खसेर नराम्रोसँग चर्किएछ । त्यसपछि वहाँ मतका लागि आगन्तुक कक्षमा आउनु भएछ ।

"कुन ? ४११ नं. को कोठाको हो ? त्यसको हत्तपत्त खुल्दैन ।" होटलकी एक महिला कर्मचारीले टिप्पणी गरिछिन् ।

यसको मतलब व्यवस्थापनलाई समस्याको अग्रिमजानकारी थियो । मुस्किलले एकसय रुपैयाँ पर्ने तालाका कारण वहाँको हजारौँ पर्ने मोबाइल दाउमा परेको थियो ।

बन्दिपुर बजारका दुई मौलिक दृश्यले भने मेरो ध्यानाकर्षण गरे । पहिलो, मध्यबजारमा सवारी साधनको आवागमनमा लगाएको रोक । दोस्रो, २००१ सालमा स्थापना गरिएको बन्दिपुर पद्म पुस्तकालय । पुस्तकालय अहिले पनि सञ्चालनमा रहेको यथार्थले मेरो मन फुरुङ्ग भयो ।

बन्दिपुरबाट प्रस्थान गर्ने साबिहानकोनौ बजे प्रस्ताव गरिएको थियो । काठमाडौँर्किँदा भने हाम्रो साथमा तीनवटामात्र गाडी थिए । मलेखुमा केही कोसेली किनेर अघि बढ्यौँ । म चढेको गाडीमा तीनजना यात्रु थियौँ । चुलिएको हाम्रो गफगाफ मोवाईलको घण्टीले बिथोल्यो । मेरा अनन्य मित्र सूर्यमान सरको कल रहेछ । मैले हाम्रो यात्रा रसहभागी टोलीको विवरण सुनाएँ । अरूको नाम सुन्दा सामान्य प्रतिकृया जनाएपनि सागरजीको नाम सुने पछि वहाँ एकाएक चर्को स्वरमा बोल्न थाल्नु भयो ।

"ए सागरजी पनि हुनुहुन्छ । फिल्ममा हिरो खेल्न जानु पर्ने मान्छेलाई तपाइँहरुले अलमल्याउनु भएको सुन्दा विस्मात लाग्यो ।"

सूर्य सरलाई विस्मात लागे पनि हामीलाई भनेत्यसले हौस्यायो । यात्रा चलचित्रको अन्त्यमा भए पनि हिरोको छनोट भएकोथियो । हिरोनको छनौट गर्न ट्राफिक प्रहरीले सघायो भने हिरोको छनोट गर्नसूर्य सरले । मैले नागढुङ्गा नजिकैको रिसोर्टमा दिवा भोजन गर्दा यो प्रसङ्गनिकालेर सबैलाई हसाएँ । यसले यात्रा टोलीको क्यामेराको काम सम्हालेका बिजयभा र गीता बहिनीलाई हौस्याएछ । उनीहरुले चलचित्रकै सुटिङ् जस्तो गरी हाम्रो यात्राका अन्तिम दृश्यहरु क्यामेरामा कैद गरे ।  

रिसोर्टमा पनि होटलको सेवा प्रदायककोव्यवहारले हामीलाई हर्षित बनाउन सकेन । बेसीशहरको होटलको जुल्फे औपचारिक पहिरनमा थिएन । मापसे गरेको थियो तर उसको अरु व्यवहार सामान्य थियो । तर रिसोर्टमा भने एक सेवकले असभ्य व्यवहार समेत देखाए । परिकारको गुणस्तरदेखि रिसोर्टका अन्य सुविधा प्रशंसनीय थिए ।  सम्भवत: पर्यटनव्यवसायीहरुले सेवा प्रदान गर्दा मूल्य अभिवृद्धि गर्नु पर्ने यस्तै विषय हुन् । नेपालको द्रुत आर्थिक विकासका बाधकहरुको सन्दर्भमा कतै मैलेनै उल्लेख गरेको एक सूत्रवाक्यको स्मरण भयो-

"शीसा छ तर अलिकति फोहोर छ ।"

त्यो शीसा ढाकेको कसिङ्गर हरेक क्षेत्रमा छ। हामीले यसपालीको भ्रमण ताका जलविद्युत् केन्द्रहरुबाट उल्लेखनीय रूपमा उत्पादित उज्यालोको सहाराले सिसामा थुप्रिएको तर अन्धकारमा रहेको कसिङ्गर नियाल्ने सम्भावना देख्यौँ । यो नै मर्स्याङ्दी यात्राको सबैभन्दामहत्वपूर्ण उपलब्धि भयो ।

कार्तिक २७, २०७३

कोटेश्वर, काठमाडौँ   

साभार : उज्यालो अनलाईन