Saturday, February 27, 2021

मूर्ख बनाउन खोज्ने नेता

 प्रतिनिधिसभामा चिकित्सा शिक्षा विधेयक पारित गराइँदा सभामुख कृष्णबहादुर महराले ‘हुन्छ’ को साटो ‘हुन्न’ भन्ने शब्द उच्चारण गरे अन्यथा हुनगयो भनी सम्बन्धित कर्मचारीले भन्दासमेत सभामुखले गल्ती सच्याउन तत्परता देखाएनन्

त्यसको भिडियो टेप भाइरल भयो विधेयकलाई पारित गराउने जस्तो विशुद्ध प्राविधिक काममा समेत असक्षमता प्रदर्शन हुनु सामान्य घटना होइन

नेता र उनका अनुयायीमा हुने एउटा तात्त्विक भिन्नता ‘प्रत्युपन्न बुद्धि’को अंश धेर र थोर हुनु हो भैपरी आएको परिस्थितिमा दूरगामी प्रभाव छाड्न सक्ने निर्णय बिजुलीको चमकमा गर्ने नेताले नेतृत्वको ठाडो भर्‍याङ चढ्न सक्छ सभामुखको कमजोरीले अर्थको अनर्थ हुनगयो यो अनर्थ घटनाबाट नेपाली राजनीतिका मियो हुनचाहनेले के सिक्न सक्छन्? यस्तो संकट वा आकस्मिकता सामना गर्न अपनाइने नेतृत्व विज्ञानसँग जोडिएका केही रणनीतिबारे जानकारी राख्न जरुरी हुन्छ

न्युयोर्क सहरका पूर्वमेयर र हाल अमेरिकाका राष्ट्रपतिका लागि महान्यायाधिवक्ता रुडी जुलियानीले ‘संकटमा नेतृत्वको भूमिका’ शीर्षकको आलेख लेखेका छन् उनका अनुसार हरेक नेतामा जोखिम मोल्ने काममा गल्ती भए जिम्मेवारी लिने इच्छाशक्ति हुन जरुरी छ संकटको घडीमा नेताले दिएको प्रत्युत्तरले कस्तो नतिजा निकाल्छ भन्ने विषयले विधि प्रक्रियामा गरिएको अभ्याससँग सिधा सम्बन्ध राख्छ नेपालमा नेतृत्व पङ्क्तिमा यस्तो संस्कार बसेको छैन

जोखिम पूर्वानुमान’, ‘गल्ती स्वीकारोक्ति’, ‘क्षति न्युनीकरण रणनीति’, ‘अपेक्षित नतिजाका लागि विधि–प्रक्रियामा अभ्यास’ जस्ता रणनीतिक महत्त्वका सवालमा न नेता, न तिनका सल्लाहकार नत कर्मचारी जानकार छन् उनीहरू यस्ता विषयमा विज्ञसँग सल्लाह लिन पनि अघि सर्दैनन्

नेपालका प्रधानमन्त्रीले एक लाख डलर बराबरको ‘लिडरसिप एन्ड गुड गभर्नेन्स’ पुरस्कार पाए पुरस्कार विवादास्पद एसिया प्यासिफिक शिखर सम्मेलनमा वितरण भएको थियो म्यानमार कम्बोडियाका सरकार प्रमुखहरूको समेत सहभागिता भएको उक्त सम्मेलनमा नेपालका पूर्वप्रधानमन्त्री लगायत ठूलो संख्यामा उच्च तहका नेतागण उपस्थित िए

सार्क वा बिमस्टेकजस्ता क्षेत्रीय महत्त्वका सम्मेलनहरू आयोजना हुँदा महिनौंदेखिको पूर्वतयारी र प्रचार–प्रसार देखेसुनेका जनताले विश्व शान्ति स्थापनाको हौवा पिटेर आयोजना गरिएको सम्मेलनको औचित्य र आधिकारिकतामा औंलो ठड्याउनु स्वाभाविक थियो विश्व शान्ति, जलवायु परिवर्तन र शासकीय सुधारजस्ता विषयमा छलफल चलाएको भनिएको उक्त सम्मेलनको औपचारिक गठनादेशमा प्रश्नचिन्ह लाग्यो

जलवायु परिवर्तनजस्ता विश्वव्यापी रूपमा वैज्ञानिक र राजनीतिक कित्ता ओगटेका विषयहरूमा सम्मेलन गर्ने र सर्वमान्य अवधारणा सिर्जना गर्ने काममा वर्षौंदेखि संयुक्त राष्ट्र संघजस्ता वैधानिक निकायहरू संलग्न छन् नेपालका कतिपय सरकारी निकायमा यस्ता कार्यका लागि औपचारिक एकाइहरूसमेत गठन गरिएका छन्

प्रधानमन्त्रीलाई १ करोडको पुरस्कार दिलाउन राज्यकोषबाट १५ करोड खर्च गरियो।’ ‘होली वाइन पिएर नेताहरूले क्रिस्चियन धर्म अँगाल्ने दिशामा पहिलो चरण पार गरे।’ यस्ता हल्ला आशंका निवारण गर्न औपचारिक पहल भएन सम्मेलनमा सहभागी भएका उच्चपदस्थ नेतागण प्रधानमन्त्रीका सल्लाहकारले सम्मेलन आयोजनाले ‘विश्वमा सकारात्मक सन्देश गएको’ भनी ठाडो बचाउ गरे

यहाँनिर विख्यात नेता अब्राहम लिंकनको भनाइ सान्दर्भिक ठहर्छ, ‘सबै जनतालाई केही समय मूर्ख बनाउन सकिन्छ, केहीलाई सधैंका लागि सबै जनतालाई सधंैका लागि मूर्ख बनाउन सकिन्न।’

जनतालाई मूर्ख बनाउन खोज्ने नेताको ढिलो–चाँडो राजनीतिक अवसान हुन्छ यसकारण सफलताको शिखर चुम्ने नेताले ‘कौशलताको अस्त्र’ प्रयोग गरी सदैव राजनीतिक पुँजी वृद्धि गर्ने दिशामा अहोरात्र ध्यान केन्द्रित गर्छन्

विगत केही दशकमा ‘नेतृत्व कौशलता’ विषयमा बृहत अनुसन्धान भएको छ व्यवस्थापन लगायत धेरै विधामा उच्चशिक्षाको तहमा यी विषयको अध्यापनसमेत हुन्छ लाखौं जनतालाई प्रेरित गरेर चामत्कारिक काम कसरी गर्न सकिन्छ, कस्तो व्यक्तिले अर्बौंको कारोबार हुने व्यापार व्यवसाय र हजारौंको संख्यामा कर्मचारी भएको प्रतिष्ठान हाँक्न सक्छ, उसले ‘गर्न हुने’ र ‘गर्न नहुने’ कामकारबाही के–के हुन् जस्ता विषयको अन्तरवस्तु विश्लेषण गरी विभिन्न सर्वमान्य सिद्धान्त निर्माण गरिन्छ

अध्ययनले भन्छ, सर्वोच्च नेता वा प्रमुख कार्यकारीले गर्नुपर्ने दुई प्रमुख कार्य हुन्– परिणाम निकाल्ने र अनुयायी वा कर्मचारीलाई प्रेरित गर्ने यी दुवै काममा विशिष्टता हासिल गर्न लरतरोले सक्दैन यसकारण विभिन्न किसिमका नेतृत्वको वर्णक्रममा निरंकुुशदेखि उदारवादी नेतासम्म पर्छन् परिणाममुखी नेताको कित्तामा सैनिक प्रमुख वा इमानदार तानाशाह पर्छन् भने उदारवादीको कित्तामा जननेता वा सार्वजनिक संघ–संस्थाका प्रमुख पर्छन्

चीनका नामुद व्यपारी ज्याक माको सम्पत्ति ३६ अर्ब अमेरिकी डलर छ, जुन नेपालको अहिलेको कुल गार्हस्थ्य उत्पादनभन्दा डेढ गुणा बढी हो मा स्नातक तहको पढाइ सकेपश्चात अंग्रेजी पढाउने शिक्षकका रूपमा काम गर्थे सरी गरे उनले यो चमत्कार? सामान्य शिक्षकबाट चीनको सबभन्दा धनी व्यक्ति बनेका मा लगायतका सफल नेताहरूको नेतृत्व यात्रालाई पाठ्य–पुस्तकमा ‘लिडरसिप लेबिरिन्थ’को उपमा दिएर व्याख्या गरिन्छ लेबिरिन्थ भनेको भुलभुलैयाजस्तो प्रतित हुने कठिन मार्ग हो, जसको अन्तिम बिन्दुमा उच्चकोटीको सफलता हुन्छ

 

नेतृत्व यात्रा’ सामान्यजनको ‘चियाको कप’जस्तो विषयवस्तु होइन आइफोन आइप्याडजस्ता आधुनिक विद्युतीय उपकरण भित्र्याउने व्यापारिक क्षेत्रका वादशाह स्टिभ जब्स वा आधुनिक सिंगापुर बनाउने ली क्वान युलाई पनि चामत्कारिक नेताका रूपमा विश्वले चिन्छ

अर्को दृष्टान्त विवेकशील साझा पार्टीको फुट हो ‘विवेकशील साझा’का उच्चपदस्थ नेतागणले मतभेद हुनमा फुटेर गएको समूहको दोष भएको जनाएका छन् फुटेर ‘विवेकशील नेपाली’को नाम दर्ता गरेको नयाँ दलका अगुवाले माउ समूहको दोष देखाएका छन् कुनै पनि समूहले ‘यो हाम्रो नेतृत्व असफलता हो’ भनी स्वीकारेका छैनन् विश्लेषकहरूले समेत पार्टी फुट्नुको कारणमा राजनीतिक विचार नमिल्नु सत्ताको बाँडफाँडमा चित्त नबुझ्नु आदिमात्र उल्लेख गरेका छन् विवेकशील साझा फुट्नुको चुरो कुरो नेतृत्व कौशलसँग जोडिएको वैकल्पिक शक्तिका रूपमा उदाएका दुई दलको समायोजनपछि दुई संयोजकले नेतृत्व सम्हालेका थिए

नेतृत्व विज्ञानमा एकैपटक एकभन्दा बढी व्यक्तिले वा पालैपालो संगठन वा संस्थाको प्रमुख हुने पद्धतिलाई ‘साझेदारी नेतृत्व’को सिद्धान्तले व्याख्या गरिन्छ एकल नेतृत्वमा व्यक्तिगत स्वार्थ प्रधान भए पनि सफलता हात पर्न सक्छ बहुल नेतृत्वमा साझा गन्तव्य वा उद्देश्य प्रधान भएन भने अन्तिम नतिजासम्म पुग्ने कार्य असम्भवप्राय: हुन्छ ‘साझा उद्देश्य’लाई केन्द्रभागमा राखेपछि व्यक्तिको व्यक्तित्व गौण हुनजान्छ त्यो उद्देश्य प्राप्तिका लागि जो तुलनात्मक रूपमा बढी सक्षम छ, उसले अगुवाइ गर्नुपर्ने हुनसक्छ विवेकशील साझाका दुई संयोजकका आआफ्नै किसिमका सबल पक्ष थिए

एकले आफ्नो हतियारका रूपमा कलम अघि सारेका थिए भने अर्कोले ‘तन्नेरी हाँक्ने कौशलता’ तर उनीहरूमा साझा दुर्बलताका रूपमा ‘आफ्नोजस्तो कौशल अर्कोमा नहुँदा अगुवाइ गर्न सकिन्न’ भन्ने भ्रम सिर्जना भयो यो समस्याको जड भएर निस्कियो ‘साझेदारी नेतृत्व’को महत्त्वपूर्ण पाटो भनेको अर्काको दोषलाई होचो बनाएर उसको गुणवत्ताको कवच सिर्जना गरी संगठन हाँक्ने शक्ति निकाल्नु हो

उल्लिखित तीन घटनाक्रममा एक साझा वस्तु छ– सामान्य परिस्थितिमा दुर्घटनामा परेको नेतृत्व

हरेक दिन नयाँ प्राविधिक चमत्कार हुने अहिलेको जुगमा नेतृत्वको सगरमाथा आरोहण गर्न चाहने व्यक्ति वा दलका केही महत्त्वपूर्ण विषय छन् अगुवाइ गर्न चाहनेमा ‘सम्बन्धित विषयमा मभन्दा जानिफकार धेरै छन्’ भन्ने स्वीकारोक्ति हुन जरुरी छ परम्परागत सोच आफ्नैमात्र अहंकारले अहिलेको जमानामा जननेताको कुरै छोडौं, निरङ्कुश तानाशाहसमेत हुन असम्भव छ

लेखक नेपाल विकास अनुसन्धान प्रतिष्ठानसँग आबद्ध छन्

फाल्गुन ८, २०७५ ०८:०८

कान्तिपुर दैनिक