त्यस रात म धुलिखेलमै वसेँ । गुरु पुर्णिमाको रात भए पनि आकाशमा
जूनको उज्यालोको नामोनिशाना थिएन । बादलको बाक्लो उपस्थिति थियो । काठमाण्डौ
विश्वविद्यालयको धुलिखेल केन्द्रिय क्याम्पस हातामा थिँए म । बेलुकीको खाना विद्यार्थीहरुको क्यान्टिनमा भयो
। विश्वविद्यालय परिसरमा हिँडडुल गर्दा उकाली ओरालीको आनन्द लिन पाईन्छ ।
म क्यान्टिनलाई ताकेर तल ओर्लदै थिँए । एक हुल
छात्राहरु माथी उक्लदै रहेछन । मेरो उनीहरु सँग जम्काभेट भयो ।
उनीहरुले अभिवादन गरे ।
“गुड ईभिनिङ्ग सर । ”
“गुड ईभिनिङ्ग एण्ड ………….।”
अभिवादन फर्काउँदै उनीहरुलाई अलिकता अन्यौल पस्किदिँए । मेरो
स्वभाव यस्तै छ । सिर्जित परिस्थितीको भरपुर उपयोग गर्ने । उनीहरु एक अर्काको
अनुहार हेर्न थाले । मैलै मेरो “अनि” लाई कायम राखेँ ।
“ एण्ड ? ”
“ एण्ड ? ”
उनीहरुले मेरो प्रश्न बुझे । त्यो दिन केही विशेष हो भन्ने उनीहरुलाई
पर्यो । पछिल्तिरको समूहकी एक छात्राले आत्तिएको स्वरमा भनिन् ।
“ह्याप्पी बर्थ डे सर
! ”
कौतुहलताको भावलाई एकाएक बेजोडको हाँसोले विस्थापित गर्यो । मैले “मिलेन” भने । सरले सोधेको
प्रश्नको उत्तर सकेसम्म मिलाउन पाए हुन्थ्यो भन्ने उनीहरुलाई लाग्छ । त्यस कारण सही
परिस्थितिमा सही प्रश्न सोध्न पनि विशेष कौशल चाहिन्छ । यसरी परिस्थितिलाई
प्रसँगमा बदल्न सक्ने कला चानचुने हुँदैन । जुन शिक्षकसँग त्यो कला हुन्छ त्यो
भविष्यमा गुरु बन्न सक्छ भन्ने मेरो मान्यता छ । कक्षाकोठामा पनि यही हुन्छ । म सकेसम्म
उनीहरुवाटै सही जवाफ निकाल्ने अभियानलाई टुँगोमा नपुगुन्जेल प्रश्न सोधि रहन्छु । उनीहरुको
मष्तिष्कको शान्त तलाउमा ढुँगा हानेर हलचल ल्याउने प्रयास गर्छु । उनीहरुका
अन्दाजी उत्तरहरुमा छलफल चलाउँछु । सृष्टिको
नियम नै यही छ । हरेकको सोच्ने तरिका अलग अलग छ । हरेकको उभिएको धरातल फरक छ । पृष्टभूमि
फरक छ । दिईएको परिस्थिति वा प्रश्नलाई उनीहरु कुनै न कुनै पृष्टभूमि सँग जोडेर
सही उत्तर निकाल्ने प्रयास गर्छन् । म सँग भएको गुरुत्वको सानो अँश त्यसैमा रमाउँछ
। सिर्जना त्यँही फुल्छ । ज्ञान त्यही
फुल्छ ।
फेरी मौन तर त्यो झाँगिन पाएन । हुलमध्येको एक जनालाई फुरेछ ।
उनले तिव्र गतिमा हाँस्दै भनिन्-
“ ए ! ह्याप्पी गुरु पुर्णिमा सर । ”
“ हाउ वन्डरफुल ! थ्याङ्क यू सो मच !”
भए भरका सवैले एकै स्वरमा भने- “ह्याप्पी गुरु
पुर्णिमा सअअअअअर ।”
म सुत्रधारको भुमिकामा थिँए । रगँमन्च तयार भै सकेको थियो । मैले
रँगमन्चकी नायिका तिर हत्केलालाई ठाडो पारेर हात वढाएँ । उनको हात त्यसै गरेर मेरो
हात तिर आयो । आकाशमा “हाई फाईभ” को सिर्जना भयो ।
स्यावासी पाएकोले उनको अनुहारमा चमक थपियो । खुशीको सीमा आकासियो । एकाएक अरु
वेलाको जस्तै सामान्य परिस्थितिमा रोचक प्रसँगको पहाड उभियो । समूहमा प्रश्न
सोध्नुको आनन्द यही छ । विलक्षण प्रतिभा भएको कोही न कोही निस्कन्छ र खोजेको जवाफ
प्रस्फुटन हुन्छ । सही जवाफ दिनेलाई हौसला दिँदा प्रेरणाको थप श्रोत हुन्छ । यसरी
विद्यार्थीहरु सँगको भेटले यो पालाको गुरु पूर्णिमाको दिन साँच्चि नै रमाईलो भएको
थियो ।
भोलिपल्ट विहान म एकै छिन
घुम्न निस्के । बाहिरको मौसम एकदमै राम्रो भेटियो । आकाशमा बादल, जमिनमाथी कुहिरो, पातलो घनत्वमा
बर्सिरहेको जुम्रे पानी र कागको काँकाँको सँगीत । अस्ताउन
लागेको आषाढ । उदाउन लागेको श्रावण तर रँगमन्चमा त्यो रमणीय क्षणलाई रसास्वादन
गर्ने नरनारी एकाध दुई मात्र थिए । उनीहरु आनन्दमा हराउने भन्दा पनि काम
विशेषमा लीन थिए । काठमाण्डौ विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थी वा अध्यापन
गराउने प्राध्यापक कोही बाटोमा भेटिन्छ कि भन्ने आशा त्यतिकै बिलायो । विहान
ढिलो उठ्ने सँस्कृतिको नतिजा यही हो । कागको काँकाँको सँगीत अझ प्रखर भयो । योग साधना केन्द्रमा
धेरै जना सहभागी भएर एकै साथ ॐ को उच्चारण गर्दा जुन उचाईको आनन्द प्राप्त हुन्छ सायद सृष्टिकर्ताले कागहरुको सामूहिक बोलीमा पनि त्यही प्रकृति पस्केका होलान्
भन्ने कल्पना मेरो मनमा पलायो । म विश्वविद्यालय परिसर छिचोलेर व्यक्तिगत घर र
पसलहरु भएको स्थानमा पुगेँ । दारी खौरने क्रिम किन्ने विचार आयो तर आश्चर्य ! एउटा पनि पसल खुलेको थिएन् । सेवाग्राही नभएकोले
सेवा प्रदायकहरु जाग्ने कुरै भएन । काग र अन्य चरा उठेर नित्य कर्ममा लागिसकेका थिए । राति चराहरु पनि बास बस्छन् । मध्य रातमा त्यसरी एक तमासले काग
कराएको कसैले सुनेको छैन होला । ईश्वरले यो सब मिलाएर बनाएका छन् । रातको समयमा
मान्छे लगायतका अन्य प्राणीहरुको गतिविधि शून्य प्राय हुन्छ । यसलाई मिलाउन निद्राको आविष्कार गरेका छन् ती विशिष्ट चित्रकारले ।
केही समय अघि लामटाङ उपत्यका घुमेर आएका वातावरण विज्ञान र
ईन्जिनियरिङका केही विद्यार्थीलाई मैले सोधेको थिँए-
“ तिमीले यस भ्रमणवाट
सिकेको सबैभन्दा विशिष्ट कुरा के हो ? “
उनीहरुले सामान्य उत्तर दिए । शायद नयाँ ठाँउमा पुग्ने पर्यटकले
पनि त्यही देख्छ । त्यस ठाँउको मौलिकपन, भूगोल र प्राकृतिक सुन्दरता देख्छ र त्यही भन्छ
तर म चाहान्थे शैक्षिक भ्रमणमा उनीहरुका विज्ञान र ईन्जिनियरिङ आँखा खुलुन र उनीहरुले
यस्तो उत्तर दिउन्-
“ मैले प्रकृतिको
विधानलाई नजिक वाट नियाल्ने मौका पाँए सर । वाह ! त्यो
ईन्जिनियरिङ । वाह ! त्यो कलाकारिता । चट्टानमा चट्टान खप्टिएर पहाड बनेको छ ।
प्रत्येक कण कण नियमले वाँधिएको मात्रै छैन त्यहाँ विचित्रको जादु छ । चट्टानमाथि माटो छ । माटोमाथि घाँस छ ।
एउटाले अर्को लाई धानेको छ । अनौठा नियमहरु छन् । पानी तल वग्छ । तातो वायु माथि ।
माटोको आफ्नै नियम छ । पानीको आफ्नै विधान छ । वनस्पतिको आफ्नै शास्त्र छ । जरा
पातलिन्छ । वोट आकाशिन्छ । किट पतङ्ग, पुतली, चरा, प्राणी हरेकको आफ्नै विज्ञान छ । एउटा डाँडोको रुप अर्कोसँग मिल्दैन् । पाखाहरु फरक छन् । जँगलहरु फरक छन् । कसरी भयो त्यो सिर्जना ? कसरी
त्यति धेरै विविधतालाई सुत्रबद्ध गरिएको छ ? कसरी समेटिएका छन् यी हरेकका जीवन
कथाहरु ? कागको आवाज अर्कै छ । भँगेराको चिँचिँ अर्कै छ ।
बाह्य रुप, शरिरको बनावट, जन्मने तरिका, बाँच्ने तरिका सबै फरक फरक छन् । फरक हुनुको पनि कारण
छ । त्यो कारणको पनि विधान छ । विज्ञानले
ठेलीका ठेली पुस्तक निकालेको छ यिनै प्रकृतिले सिर्जना गरेका ज्ञान समेटेर । मैले पुस्तकमा पढेको र त्यँहा देखिएको दृष्य र त्यसको सँरचना भित्रको
तत्वज्ञानमा समानता देँखे । यसले मेरो मन प्रसन्न भयो सर ! मैले आफ्नो ज्ञानभण्डारमा थुप्रेको कितावी ज्ञानलाई
आफ्नै आँखा अगि देखिएको त्यो वास्तविकता सँग दाँज्ने अवसर प्राप्त गरेँ । लामटाङ
भ्रमणको उपलब्धि यही हो सर ! “
केही बर्षअगि म चितवनको देवघाटमा पुगेको थिँए । काली गण्डकी र
त्रिशुलीको विशाल जल प्रवाह एक अर्कामा त्यति सहज र शालीन तरिकाले मिसिएको देखेर
मलाई लागेको थियो- “वाह ! प्रकृति ! विराट अनुष्ठान भनेको यही हो त ?“
एउटा अम्खोराको पानी अर्कोमा खन्याउँदा आवाज आँउछ । सानो धारोको पानी पनि धरर गर्दै बग्छ । तर हजारौ क्युबिक मिटर प्रति सेकेण्डको बहाव बोकेर सयौ किलो मिटर यात्रा तय गरेर आएका ती जलप्रवाहहरु कति शान्त पाराले मिसिएका छन् । जलप्रवाहको परिमाणकै तुलनाको आवाज निस्कने हो भने कस्तो हुन्थ्यो होला ? यसरी मेरा कल्पनाका तरङ्ग हरु अगि बढेका थिए । यहि प्रकृतिलाई गुरु थापेर विज्ञान यहाँ सम्म आईपुगेको छ । प्रकृतिमा भएकै ज्ञान समेटेर ईन्जिनियरिङको ढोका खोलिएको छ । चट्टानको खातले खपेको भार देखेर धैरै तला भएको भवन वनाउने ज्ञान पलायो । भुईँमा खसेको स्याउले रकेट जन्मायो । आकाशमा उडेको चिलले हवाईजहाज वनाउने प्रेरणा दियो तर प्रकृतिमा उपलब्ध ज्ञानको तुलनामा हाम्रो बुझाई अझ अल्प छ । हाम्रै जीवन कालमा या हाम्रा सन्ततिका समयमा अझ कस्ता कस्ता आविष्कार होलान ? कल्पना गर्न समेत चर्को छ ।
एउटा अम्खोराको पानी अर्कोमा खन्याउँदा आवाज आँउछ । सानो धारोको पानी पनि धरर गर्दै बग्छ । तर हजारौ क्युबिक मिटर प्रति सेकेण्डको बहाव बोकेर सयौ किलो मिटर यात्रा तय गरेर आएका ती जलप्रवाहहरु कति शान्त पाराले मिसिएका छन् । जलप्रवाहको परिमाणकै तुलनाको आवाज निस्कने हो भने कस्तो हुन्थ्यो होला ? यसरी मेरा कल्पनाका तरङ्ग हरु अगि बढेका थिए । यहि प्रकृतिलाई गुरु थापेर विज्ञान यहाँ सम्म आईपुगेको छ । प्रकृतिमा भएकै ज्ञान समेटेर ईन्जिनियरिङको ढोका खोलिएको छ । चट्टानको खातले खपेको भार देखेर धैरै तला भएको भवन वनाउने ज्ञान पलायो । भुईँमा खसेको स्याउले रकेट जन्मायो । आकाशमा उडेको चिलले हवाईजहाज वनाउने प्रेरणा दियो तर प्रकृतिमा उपलब्ध ज्ञानको तुलनामा हाम्रो बुझाई अझ अल्प छ । हाम्रै जीवन कालमा या हाम्रा सन्ततिका समयमा अझ कस्ता कस्ता आविष्कार होलान ? कल्पना गर्न समेत चर्को छ ।
मलाई कहिलेकाहीँ लाग्छ, यस चराचर जगतका
सम्पूर्ण प्राणी र वनस्पति ती जगत पिता प्रभु अर्थात प्रकृति आमाप्रति अनुगृहित
छन् जसको कल्पना, सिर्जना र ओतले
हरेकको अस्तित्व र श्री यस जगतमा फुल्न पाएको छ । गुरु जनहरु प्रति अनुगृहित हुने
यो विशेष तिथिको साईत पारेर म तिनै चमत्कारिक सर्जकलाई स्मरण गर्न चाहान्छु-
“ हे प्रकृती ! हे प्रभु ! गुरु पुर्णिमाको यस
पवित्र अवसरमा कोटी कोटी नमन ! “
---------------------------------------- समाप्त--------------------------------------------
साभार : शब्दाङ्कुर (साहित्यप्रधान मासिक), वैशाख २०७३, अङ्क १७५
नोट-
नोट-
धुलिखेलमा रात विताएको दिन- शनिवार, आषाढ २८, २०७१
लेखन शुरु भएको दिन- कोटेश्वर, आईतवार, आषाढ २९, २०७१
विट मारिएको दिन- सौराहा, साउने सोमवार, श्रावण ०५, २०७१
मष्तिष्कको शान्त तलाऊमा ढुंगा ...........👍👍👍👍👍👍👍👍👍👍
ReplyDeleteआध्यात्मिक समिश्रण यूक्त लेख ।
कलमको मसीले कागजका टल्कीएका पाताहरूमा पोतिरहून । शुभकामना सर !
Sir you are not only Guru of those Girls at KU but also Guru of those who believes/blis in Nature !!!
ReplyDeleteSir you are not only Guru of those Girls at KU but also Guru of those who believes/blis in Nature !!!
ReplyDelete