आधुनिक
घरका वैठक कोठामा कस्ता सजावट सामग्री राखिन्छन् ?
यो प्रश्नको उत्तर दिँदा
विकसित देश र नेपालको तुलना गर्दै कसैले भनेका थिए ‘उनीहरुको बैठक कोठामा पुस्तकहरु राखिएका
हुन्छन् । आगन्तुकले त्यहाँ राखिएक पुस्तकहरुमध्ये कुन कुन नपढिएका
रहेछन् भन्ने जानकारी पाउँछ छन् । हाम्रा सभ्रान्तहरुका बैठक कोठामा भने
मदिराका बोतलहरु सजाएर राखिएका हुन्छन् । आगन्तुकले त्यहाँ
राखिएकामध्ये कुन कुन जातका मदिराको स्वाद लिन बाँकी रहेछ भन्ने चाल पाउँछन् ।’
एउटा
‘ब्ल्याक लेबल’
मदिराको बोतलको दाम पचास डलर अर्थात पाँच
हजार रुपैयाँ पर्दो हो । अहिलेका नाम चलेका पुस्तक किन्ने हो भने त्यही रकमले अंग्रेजीमा
लेखिएका चारवटा वा नेपालीमा लेखिएका दशवटा किताब पाइन्छन् । साझाले निकालेको
‘मुनामदन’ वा ‘जय भुँडी’ जस्तो हाँस्यव्यँग्य निबन्ध सँग्रह हो भने
पचास वटा नै पाइएला । तर मान्छे मदिरा दिल खोलेर किन्छ । किताब किन्दैन ।
अहिले
विदेश आईजाई गर्ने नेपालीको लर्को लामो छ । सरकारी कर्मचारी होस वा कुनै
पढे लेखेका सभ्रान्त नयाँ दिल्ली, बैँकक
वा दुबई नपुगेको छैन । त्यहाँको ‘ड्युटि
फ्रि’ क्षेत्रमा उ ‘रेड लेबल’ ‘ब्ल्याक लेबल’ वा ‘ब्ल्यु लेबल’ किन्छ । तर ‘ह्वाई नेशन फेल्स’, ‘दि क्यापिटल’ वा ‘थिङ्किङ्ग फास्ट एण्ड स्लो’ किन्दैन ।
प्रश्न
‘तिमीलाई कस्तो
किसिमको भोक लाग्छ ?’ भन्ने
हो । अनि त्यो भोक शान्त पार्न के औषधि गरिन्छ भन्ने पनि हो । ‘बाबा, यो के हो ?’ भनेर विदेशबाट आएको आफ्नो बाउलाई कुनै
सानो बच्चाले सोध्यो
भने ‘यो रक्सी हो । खायो
भने मातिन्छ । माते पछि चुरोट तान्न मन लाग्छ’ भन्ने मदिरा सँग जोडिएको सत्य तथ्य
भन्ने आँट सायद कुनै पनि बाउलाई हुँदैन । तर यसको विपरित ’ब्ल्याक लेबल’को ठाँउमा उसले ‘गीता’ को किताब किनेर ल्यायो र बच्चाले त्यसरी नै
सोध्यो भने बाउलाई उत्तर दिन कति सजिलो हुँदो हो । त्यो सानो बच्चालाई कति दुरगामी
मनोवैज्ञानिक असर पर्दो हो ।
एक
वर्ष अघिको कुरा हो । जेठी सासु ‘कमला दिदी’ को घर हिलेमा पुगेको थिएँ । साडु दाइले
संकलन गरेर दराजमा राखेका पुस्तकले मेरो ध्यानाकर्षण गर्यो ।
शास्त्रीय ग्रन्थहरु तेर्सो ढल्काएर खात लगाएर राखिएका थिए । ‘महाभारत’ को कथा केन्द्रित एक पुस्तक निकालेर सरसर्ति आँखा दौडाउन
थालें । एउटा नीति वाक्यमा पुगेर टक्क अडिएँ ।
‘सबैभन्दा
उच्च श्रेणीको स्वादिष्ट भोजन सवैभन्दा विपन्नले खान्छ ।’
यो
वाक्यले गहन अर्थ बोकेको छ भन्ने लाग्यो । एकातिर विशिष्टता बोकेको भोजन,
अर्कातिर विपन्नताको भुईं चट्टानमा उभिएको गरीव जन ।
एकातिर हिमालय पर्वतको टाकुरा अर्कोतिर कालिगण्डकीको पाताल छुने गल्छी । एक दक्षिणपन्थी ।
अर्को उत्तरपन्थी । ’भोजन’
र ‘आर्थिक हैसियत’ का प्रकारहरु समेटेर समानान्तर वर्णक्रम
बनाउने हो भने एउटाको पुच्छरतिर अर्काको टाउको हुन्छ ।
खाने मान्छेको आर्थिक हैसियतले उसको गाँसको स्वादिष्टता निर्धारण गर्ने । म
यस विषयमा घोरिन थालेँ ।
स्वादिष्टतालाई
भोकले परिभाषित गर्ने हो । किनभने त्यही परिकार । उति नै मिहिनेत
गरिएको । एउटै ताउलोमा पकाईएको । उही भान्सेले पस्केको । कसैलाई मीठो
लाग्न सक्छ । कसैलाई सामान्य । कसैलाई नमीठो । कारण के हो त ?
कारण
स्पष्ट छ, भोजनको स्वाद भोकमा
निहित छ ।
भोक छैन भने चौरासी व्यन्जन नै पस्केर दिए पनि केही अर्थ छैन । टाइफाइडले रन्थनिएको
बिरामीले ताकत भर्नका लागि पनि खान सक्दैन । तर भोकले रन्थनिएको भरियाले गुन्द्रुकको सितन नै
किन नहोस स्वादिष्ट मानेर खान्छ । यसैले नेपाली जनजिब्रोले भन्छ, भोक मिठो कि भोजन मिठो ? पक्कै पनि पहिलो नै मिठो हुन्छ । यसैले
नीति शास्त्रले भनेको कुरो सर्वमान्य हिसाबले सत्य नै हो भन्न सकिन्छ ।
भोकसँग
जोडिएको महाकविको कविता अँशले भन्छ
छ भोक मीठो, रसिलो छ प्यास
छ अन्तमा व्यन्जनको सुवास ।
छ अन्तमा व्यन्जनको सुवास ।
महाकविको
भनाईलाई चरितार्थ गर्ने केही प्रसँगहरु मेरै जीवनका कुइनेटाहरुका रुपमा स्थापित
भएका छन् ।
जागिरे
जीवनको पहिलो अनुभव । छयालिस सालको चुनाव । मतदान अधिकृतको पगरि भिरेर
जाजरकोटको सीमा गाविसमा खटाईएको थिएँ । चुनाव सकेर मतपेटिकाहरु साथै लिएर
सदरमुकाम पुग्नु पर्ने आदेश थियो । तर राती हिँड्ने कुरो भएन । हामी छेडा खोला
किनारमा बास बस्यौँ । त्यहाँ ‘नुन खोर्सानीको सितनसँग ‘रोटो’ अर्थात मोटो रोटी खानु पर्ने बाध्यता
हाम्रो सामु
थियो । तर अहिलेसम्म पनि त्यसको स्वाद जिब्रोमा झुण्डिएको छ । जापान र थाईल्याण्डका भव्य
रेष्टुरेन्टमा हजम पारिएका पिज्जाहरुको कुनै विशेष सम्झना छैन । तर छेडा खोलाको ‘रोटो’ अझै बिर्सेको छैन ।
म
जापानमा बस्दा सुनेको थिएँ, त्यहाँ
हरेक वर्ष
प्रत्येक व्यक्तिले एक दर्जन पुस्तक पढ्छ । रोचक कुरा त के हो भने उसले सातवटा पुस्तक
पुस्तकालयबाट लिएर पढ्छ भने पाँचवटा नयाँ आफूले किन्छ । पुस्तक पढ्नु भनेको जापानमा मात्र नभएर
सँसारमा नै प्रत्येक व्यक्तिको एक आवश्यकता हो । यसैले पुस्तक लेखन,
प्रकाशन र बिक्रिको बिशाल बजार छ ।
बजारमा
निस्केको कुनै नयाँ किताब पढ्न मान्छे किन लालायित हुन्छ त ?
यो
प्रश्नको सिधा जवाफ हुन्छ ‘भोक
वा धोको मेटाउन
। तर यसमा थप केही कारणहरु पनि हुन सक्लान ।’ बजारमा नयाँ निस्कन लागेको पुस्तक वा
मोवाइल वा आइपोड जस्तो उपकरण किन्दा पनि उस्तै मनोविज्ञानले काम गर्छ । यस्ता
सामग्रीका ग्राहकहरु तीन किसिमका हुन्छन अरे । पहिलो समूहमा कुनै पुस्तक वा उपकरण
बजारमा निस्कँदै छ भन्ने जानकारी राख्ने र निस्कनासाथ घण्टौ लाम लागेर भए
पनि खरिद गर्ने । यस्ता ग्राहकहरु कुल सँख्याको दश पन्ध्र प्रतिशत मात्र
हुन्छन् । दोस्रो समूहमा समीक्षा पढेर वा अरु कसैको सिफारिशमा खरिद गर्ने
पर्छन ।
तेस्रो
समूहमा पर्ने ग्राहकहरु भने बाध्यात्मक परिस्थिति आईलाग्यो वा लोकको
लाजबाट बच्नुपर्यो भने मात्र सामाग्री खरिद गर्छन । सम्भवत पहिलो
समूहमा पर्नेको भोक वा तलतल अत्यधिक हुन्छ । यस्ता व्यक्तिहरुको जीवनका अन्य
पाटाहरु पनि सामान्य व्यक्तिका भन्दा फरक हुन्छन ।
केही
विशिष्ट पाठकलाई पढ्ने भोक लागे जस्तै केहीलाई लेख्ने भोक लाग्छ ।
कहिलेकाहीँ त्यो भोक कुनै भवितव्यले उदाएको घटना, प्रसँगले सिर्जना गर्छ । भूँईचालो गएर
सुख्खाग्रस्त क्षेत्रमा पनि पानीको मूल उम्रे जस्तो । हाम्रो
कालखण्डमा सर्वाधिक बिक्रिको कीर्तिमान तोड्न सफल भएको एउटा पुस्तक
भक्तराज बुढाथोकीको ‘ड्राईभिङ शिक्षा’
हो । दुई वर्ष अघि
उनीसँग एउटा तालिमको सिलसिलामा भेट भएको थियो ।
‘सवारी
साधन चलाउन सिक्दा म ठूलो दुर्घटनामा परेँ । त्यसले मेरो चेत
खोलिदियो । अरु सिकारुलाई मलाई जस्तो नपरोस भनेर किताव लेखेँ ।’ बुढाथोकीले भने ।
यतिसम्म
भएछ कि उनको किताबको हुबहु नक्कल गरी उनकै नाममा अरुले पनि त्यही पुस्तक
छापेछन् । दुर्घटनामा पर्नु अघि पुस्तक लेख्ने उनी भित्रकी सरस्वतीको
नामो निसाना थिएन ।
निएल
पसरिचा नामक एक सामान्य व्यक्ति एकाएक सँसार प्रसिद्ध भए । लाखाै डलर कमाए । उनले ‘तिम्रो जीवनका १००१ अद्वित्तिय चिजहरु’
नामक पुस्तक लेखे । पुस्तक लेख्नुअघि
त्यही विषयको वेवसाईट
बनाए । यो सब गर्नको लागि उनको प्रेरणाको श्रोत वन्यो ’श्रीमतीको उनीसँग पारपाचुके गर्ने निर्णय ।’
अन्य
खाले भोकहरुमा नेतृत्व लिएर समाजमा परिवर्तन ल्याउने, अमूल्य सेवा दिएर कसैको भलो गर्ने वा
दान दिएर पुण्य कमाउने पनि पर्छन ।
सात
आठ महिना अघि मेरो पूर्व विमान परिचारिका उमा गुरुङ्सँग परिचय भयो । केही दिन अघि
उनले एकाएक फोन गरिन ।
‘नक्खु
कारागारमा बन्दी जीवन बिताई रहेका दाजुभाईले लेखेका साहित्यिक रचनाको
मुल्याँकन गरी पुरस्कार दिने कार्यक्रममा हजुरको सहयोग चाहियो ।’
मैले
सहर्ष स्वीकारेँ । कविता, निबन्ध
र चित्रकलामा उत्कृष्ट ठहराईएका एक दर्जन बन्दीलाई पुरस्कृत गरियो ।
कहाँको
विमानमा यात्रुहरुलाई सेवा गर्ने उमा ? विमान भित्रको कहाँको त्यो सुविधा
सम्पन्न व्यवस्था ? कहाँको
कारागार भित्रको
हेर्दैमा कहालीलाग्दो वातावरण ? उमाजीलाई सेवा गर्न लागेको ’भोक’ देखेर मलाई उदेक लाग्यो ।
उनले
कार्यक्रमको समीक्षा गर्दै भनिन्
‘भित्री
घाउमा मल्हम लगाउने त साहित्य पो रहेछ ।’
मैले
मन मनमा भने
‘बन्दीहरुको
घाउमा कति मल्हम लाग्यो त्यो त समयले बताउला । तर यो अनुष्ठानले पूर्व
परिचारिकाको सेवा गर्ने भोक भने भने अलिकति भए पनि मरेको हुनु पर्छ ।’
साभार : http://ujyaaloonline.com/news/58732/blog/
No comments:
Post a Comment