घोष्ट
राईटिङ्ले आयोजना गरेको सिर्जनात्मक लेखनको कक्षा सकेर धुलिखेल जाने वस समात्न म
नयाँ वानेश्वरको वस बिसौनी आईपुग्दा विहानको साढे नौ वजेको थियो । प्राय यो रुटको
वस भीड हुन्छ । तर आज भने लगभग आश्चर्य भएको थियो । आधा जति सिट खाली थिए । खाली
सीट पाए पछि म कुन सिटमा वस्ने भनेर केही न केही तर्क गर्छु आफ्नै मनमा । दाहिने
तिरको घाम लाग्ने सिट खोज्दै म वसको पछिल्लो भाग तिर लम्किएँ । अन्तिमका तीन सिट
मेरा रोजाईमा परेका थिए । तर पहिलो, चक्का
माथी थियो । दोस्रो, अलि साँघुरो थियो । तेश्रो, अन्तिमको लामो सिट थियो । मेरा रोजाईमा यि तिनवटै परेनन । म पु:न अघिल्तिर लम्किएँ र दाहिने तिरकै सिटमा एक युवती सँग वस्न पुगेँ । उनी
झ्याल तिर थिईन । म सिटमा वस्दा वस्दै उनी नै पहिले वोलिन ।
“ओहो हजुर पो हुनु हुँदो रहेछ । म
पनि कहाँ देखेको देखेको जस्तो लागेर सोच्दै थिँए । ”
मैले उनलाई
नियालेर हेरेँ । निलो कोट लगाएकी थिईन । कोटको सतहमा उनका केश राशीहरु नदीका दुई
भँगाला जस्ता भएर सपक्क वसेका थिए । हिँउदको नदीको पानीमा देखिएको जस्तो चमक उनको
केशमा देखिएको थियो । अनुहार थियो उज्यालो र प्रसन्न । उनी मँगोलियन मूलकी जस्ती
देखिन्थिन । अधवैशे युवती थिईन । वाटुलो चेहरामा थेप्चो नाक र मझौला आकारका आँखा
विछट्टै शोभायामान देखिएका थिए । निधारमा टिको लगाएकी थिईन । मैले केही दिन अघि
धुलिखेलवाट काठमाण्डौ जाँदा उनीसँगै सिटमा परेको र लामो कुराकानी भएको प्रसँग
सम्झिएँ ।
“त्यैत
मलाई पनि अनुहार परिचित जस्तो लाग्यो । अस्ति हामी सँगै कुरा गर्दै धुलिखेलवाट
आएका थियौ नि होईन त ।”
“हो त नि सर ! कस्तो रमाईलो कुराकानी भयो । त्यस दिन म कति तनावमा थिँए तर हजुरको कुराले
मलाई ठूलो सान्त्वना मिलेको थियो ।“
उनले एकदमै
आदरका साथ सरको नाता जोडिन । त्यो “सर” भित्र विश्वविद्यालयमा पढाउने व्यक्तित्व लुकेको थियो । तनाव भएका वेला
पनि उनले मन भुलाउने विषयहरु मेरो गफमा उनले पाएकी थिईन । उनलाई मैले अस्तिको
भेटमा मेरो पेशाको वारेमा पनि भनेको थिँए । उनले पनि उनको व्यक्तिगत कुराहरु धेरै
भनेकी थिईन । धुलिखेलको एक सरकारी कार्यालयमा काम गर्दिरहिछन । काठमाण्डौ
उपत्यकाको पश्चिम पट्टिको ग्रामिण ईलाकावाट हरेक दिन सार्वजनिक यातायातमा धुलिखेल
आउने जाने गर्दिरहिछन ।
म वनेपा
पुगिसकेको थिँए। घरिघरि वसको झ्यालवाट छिरेको घामले ल्यापटपको स्क्रिन एकदमै धमिलो
वनाई दिएको थियो । यसैले मैले बाध्यतावश मेरा औलाहरुलाई विश्राम दिनु पर्यो । ल्यापटपमा
एकै छिन अघि भेटिएकी युवतिको अधुरो कथा कैद भएको थियो। अहिले म झ्याल पट्टि नै
वसेको थिँए जहाँ केही समय अघि उनी बसेकी थिईन । यति तात्तातो लेखन पस्किने ईच्छा
शक्ति शायद उम्रने थिएन । यदि आज विहान डा.
दयाराम श्रेष्ट “सम्भव” ले कथा कसरी
लेख्ने भनेर नसिकाउनु भएको भए । ति युवती सँग छुट्टिना साथ उनी सँग भएको भेटलाई
विषय वनाएर कथा लेख्ने सुर चढि सकेको थियो
। आजै कथा सक्न पाए भोलि प्रशिक्षणमा सहभागी साथीहरुलाई मेरो रचना वाँड्न
सकिन्थ्यो । कथाकी नायिकाको वास्तविक नाम मलाई थाहा थिएन । मैले सोधिन पनि । सोधेकै
भए पनि वास्तविक नाम राख्ने कुरा पनि भएन । यसैले अहिले म उनको काल्पनिक नाम
सोचिरहेको छु । यस्ता नारी पात्रलाई दिईने नाम मध्ये मलाई एकदम मन पर्ने एउटा नाम
सिमा हो । मैले थाईल्याण्डको फि फि टापुमा भेटिएकी ‘सिमा”
को वारेमा पनि एउटा नियात्रा लेखेको थिँए । तर दयाराम गुरुले दिनु
भएको ज्ञान अनुरुप त्यो नियात्रा होईन “कथा” नै हो । साँच्चिकै निर्णय गरेँ यहि नाम राखिदिन्छु । तर चिन्ताको विषय
भने अव कथामा ज्यान कसरी भर्ने भन्ने छ । मलाई
यो कथा लेखन आजै सक्न मन छ ।
सिमासँग कुरा
अघि बढ्यो ।
“मैले
हजुर सँग भएको कुराकानी दाईहरुलाई पनि सुनाएँ । मेरो कस्तो भाग्य रहेछ कस्ता
राम्रा मान्छेहरुसँग भेट हुन्छ वस यात्रामा भने ।” उनले
हाम्रो पहिलो भेट र मेरो कुराकानीले उनीमाथी पारेको प्रभावलाई आँकलन गर्दै भनिन ।
“ए
! साँच्ची ! कसरी सुरुवात भयो त्यो दिन हाम्रो
कुरा ? ” मैले साँच्चि नै विर्से छु त्यो पहिलो भेटमा
कुराकानी शुरु भएको प्रसँग । मौका परे म त वोल्न खोज्दछु मेरा यात्रामा भेटिएका
छिमेकी सँग । तर सधै परिस्थिति अनुकुल हुँदैन । पात्र पनि सिमा जस्ता विरलै
हुन्छन् ।
“हजुर
छेउ तिर अलि अप्ठेरो सँग वसेको जस्तो लागेर मैले वस्न सजिलो भएन कि हजुरलाई भनेकि
थिँए ।” उनले सम्झिईन ।
शायद मेरो
शरिरको आकारको कारण हो या साँघुरो सिटको कारण हो त्यस्तै भएको थियो । उनले आफूलाई
सकेसम्म सानो वनाएर मलाई सिट छोडिदिएकि थिईन । यात्रामा यस्ता छिमेकी शायदै
पाईन्छन् । अरुको दु:ख देख्ने अनि आफूले
सकेको सहयोग गर्ने भावना धेरै कममा हुन्छ । मनमा भए पनि कतिपयले व्यक्त गर्न
सक्दैनन् ।
“त्यही
त हजुरको पनि अरुको अप्ठेरो देख्ने आँखा र सहयोगी भावना भएको मन भएर नै हाम्रो
कुराकानी भयो । यसरी भावना मिल्यो भने त हो नि फेरी भेट हुँदा पनि वोल्न मन लाग्ने
। अनि त्यो व्यक्ति प्रति श्रद्धा पनि जाग्ने होईन त ।” मैले
पनि मन फोरेँ ।
हाम्रो
पहिलो यात्रामा उनको मोवाईल पटक पटक बजेको थियो । उनकी आमा एकास्सी वेहोस भएकीले
उनले कार्यालय पुग्ना साथ काठमाण्डौ फर्किनु परेको थियो । चक्रपथ भन्दा धेरै
वाहिरवाट विरामी ल्याउनु पर्ने भएकोले ट्याक्सी पाईएको थिएन । उनको भाई पनि कहि
काममा गएको थियो । सिमा उनका वुवा सँग र भाई सँगै पटक पटक फोन सम्पर्कमा थिईन र
मलाई सुनाउदै पनि थिईन । उनका श्रीमान विदेशमा रोजगारी गर्न गएका रहेछन । उनी
माईतिमा सानो छोरा लिएर वसेकी रहिछन । धुलिखेल आसपास मा नै डेरा लिएर वस्ने सुर
उनको रहेछ । तर छोरालाई अहिले सम्म मनाउन नसकेकि रहिछन । मैले म सँग भएका धुलिखेल र वनेपाका केही विद्यालयहरुका वारेमा
पनि उनी सँग चर्चा गरेको थिँए ।
“आज
पनि हजुर सँगै कुरा गर्दै जानु हुन्थ्यो तर म कोटेश्वरमा ओर्लिएर वाईकमा जानु
पर्ने छ ।“ उनले म सँग कुरा गर्ने अवसर गुमाउनु पर्ने
बाध्यतालाई ईगित गर्दै भनिन ।
“ए !
हो र ! तर त्यो पनि मेरो लागि राम्रै हुने भयो
।” मैले परिस्थितिलाई नजिक वाट नियाले । त्यसमा ठाडो, सकारात्मक र रोमान्चक भर्याङ् लगाएँ । उनले म वाट त्यो अपेक्षा गरेकी
थिईनन् ।
“ए !
तपाईले गफ गर्नुको सट्टा केही पढ्न पाउने हुनु भयो हो ? यसैले राम्रो भन्नु भएको हो ।” मैले सँकेत गरेको ‘राम्रो’लाई अनुमान गर्दै सीमाले भनिन ।
“होईन
। म झ्याल तिर वस्न पाउने भएँ र घाम ताप्दै जान पाउने भएँ भनेर हो ।”
उनी हाँसिन
। हिमालमा घाम लागेको जस्तो भयो । वान्की परेका सेता दाँत देखिए ।
“कस्तो
मनासिव कुरा गर्नु भयो । यसरी नै त हो नि मान्छेले खुशी प्राप्त गर्ने । खुशी ठूलै
हुनु पर्छ भन्ने के छ र । कति मान्छेहरु छन यस्ता स साना कुराले दिने आनन्दको
वारेमा विचार नै गर्दैनन् ।“ उनले पनि मेरो अभिव्यक्तिमा
भर्याङ् लगाईन ।
मैले म
स्नातक पढ्दा एक जना मित्र सँग पदयात्रामा गएको वेला भेटिएका एक सहयात्रीले भनेको
कुरा सँझिए । उनले भनेका थिए- मान्छे खुशीको
ठूलो नदी प्राप्त गर्न चाहान्छ । त्यसकै खोजीमा भौतारिन्छ । यात्रामा निस्कन्छ ।
यस क्रममा उ कैयन स-साना खोल्सी र खोलाहरु पार गर्छ । उसलाई
त्यो ठूलो नदीको नशा लागेको हुन्छ र खुशीका ति स-साना खोल्सी
र खोलाहरु तरेको अनुभूति नै गर्दैन । आखिर तिनै स-साना
खोल्सीहरु मिलेर नै नदी बन्ने त हो ।
उनी जाँदा
जाँदै मैले यो खुशीको आकारको वारेको मेरो मष्तिष्कमा रहेको अनुभूति सुनाउन भ्याँए
। अनि विदाईका हात हल्लाउदै भनेँ-हाम्रो
दैनिकीमा एउटै रुट छ । फेरी अवश्य नै भेट होला ।
अपरान्ह ३:००
वजे
काविवि पुस्तकालय
धुलिखेल
पौष १४, २०७१
No comments:
Post a Comment