Sunday, May 13, 2018

अँह ! मैले नेपालमा नेपाली भेटिन

अमेरिकामा बस्ने एक नेपालीको अमेरिकन साथी नेपाल घुम्न भनेपछि हुरुक्क हुँदो रहेछ । उ पहिलो पटक नेपाल आएर अमेरिका फर्केपछि उसले नेपाली मित्रलाई रात्रीभोजमा निमन्त्रणा गरेछ ।

कस्तो लाग्यो तिमीलाई नेपाल ?”

कुरै नगर । वाह त्यो भुगोल, वाह त्यो विविधता, वाह त्यो प्राकृतिक सुन्दरता । यात्रामा आँखा झिमिक्क पार्दा अर्कै सँसारमा पुगे जस्तो लाग्छ । अन्य कतिपय मुलुकमा सयौँ किलोमिटर गुड्दा पनि उही भूगोल, उही भू-धरातल, उही रहनसहन । हिमालै हिमाल । नदीनालाले भरिपूर्ण । तिम्रो मुलुक त हिमालयको कुवेत हो कुवेत ।”

अनि तिमीले नेपालीहरुसँग कुराकानी पनि गर्‍यौ ।

को नेपाली ? कस्तो नेपाली ? मैले त नेपालमा कोही नेपाली भेटिन ।

कस्तो पागल जस्तो कुरा गर्छौ यार । तिमी नेपाल गयौ अनि कोही पनि नेपाली भेटेनौ ?

हो मैले नेपालमा कोही पनि नेपाली भेटिन । "

" पुर्बको प्रदेश नँ  १ गएँ । त्यहाँ राईलिम्बु भेटेँ । दक्षिणको प्रदेश नँ २ मा मधेसी भेटेँ । यस्तै ३ मा तामाङ बाक्लै भेटेँ । प्रदेश नँ ४ मा गुरुङ् र मगर भेटेँ । प्रदेश ५ मा अधिकाँश थारु भेटेँ भने ६ मा ठकुरी र वाहुन भेटेँ । प्रदेश नँ ७ मा डोटेली हरु भेटेँ ।

डि. भि. भर्ने तम्तयार भएका सरकारी कर्मचारी भेटेँ । पुर्खाले आर्जेको सम्पति बेचेर नक्कली विवाहको नाटक रचि अष्ट्रेलिया उड्न ठिक्क परेका युवा भेटेँ । अहिलेको युगमा पनि विदेशी सेनामा भर्ति हुन जाने तालिम लिईरहेको युवकहरु भेटेँ । सरकारी मन्त्रालय र विभागका सूचना पाटीमा ट्रेड युनियनका सूचना टाँस्दै गरेका तर सचिव भन्दा पनि शक्तिशाली सुब्वासाहेबहरु भेटेँ । अख्तियारले समातेर जेल हालेका कारण बाबुको काज किरिया नगर्ने प्रतिज्ञा गरेका सन्तान भेटेँ । "

"प्राध्यापक सँघको राजनीति गरेर सालमा एउटा कक्षा पनि नलिने तर सिनेटमा हाजिरी अनुमोदन गराएर पारिश्रमिक हजम पार्ने दाउमा बसेका प्राध्यापक भेटेँ । सँसद भवनमा गएर फेसबुक चलाई समय व्यतित गर्ने मनशाय बोकेका सभासदहरु भेटेँ । एउटा मिनीबसबाट दिनको रु ६०० निजी राजस्व असुल गरेर अकुत सम्पति कमाएका सिण्डिकेटवालाहरु भेटेँ । आफ्नै राज्य सत्ता सन्चालन गरी पहाड फोरेर ढुँगा बेच्ने डनहरु भेटेँ, सोझा साझा नारीहरुलाई बाध्यात्मक परिस्थितिको दास बनाई यौन उत्पिडन गर्ने सन्यासी भेटेँ ।" 

" परिस्थितिलाई अनिर्णयको बन्दी बनाउन सक्ने उस्ताद नेता र पदाधिकारी भेटेँ । आफ्नो उदेश्य परिपुर्ति गर्न नक्कली समस्या सिर्जना गरी सत्ता सन्चालन गर्ने मठाधिस भेटेँ । घुम्ने मेचमा बसेका अन्धा मान्छेहरु भेटेँ । "

"तर आमा कसम ! मैले तिम्रो सुन्दर, प्यारो मातृभूमीमा एउटा पनि नेपाली भेटिन ।" 

"माफ गर मित्र मैले तिम्रो नेपालमा कुनै नेपाली भेटिन ।

-     अनुदित एवँ सम्पादित    

No comments:

Post a Comment